अन्जु भईन एसएलसी प्रिन्सेज २०१५की विजेता

अन्जु भईन एसएलसी प्रिन्सेज २०१५की विजेता

  • सोमवार, असार २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौं, असार २१ । ‘टिभिएस् जुपिटर एसएलसी प्रिन्सेज २०१५ पाचौं सास्करण’ को उपाधि कपन काठमाडौंकी १६ वर्षीया अन्जु भण्डारी ले हाासिल गरिन् । शनिवार सााझ राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा सम्पन्न सो प्रतियोगितामा आफ्ना ४७ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । एयुत्सु स्कुल वाट एसएलसी परिक्षा उच्च श्रेणीमा पास गर्न सफल भण्डारीले ग्लोवल कलेज लफ म्यानेजमेन्ट मा उच्च शिक्षाको लागि भर्ना भइ सकेकी छिन । एसएलसी प्रिन्सेजको उपाधि जितेबापत उनलाई सुरेश रायमाझीले टिभिएस जुपिटर स्कुटर प्रदान गरे । भने क्याम्पीयन एकाडमीको तर्फवाट रु चार लाख वरावरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाइन भने , फेशन सेन्टर भाट भटेनीद्धारा १० हजार वरावरको साडी ,फ्लाइ स्काई एयरहोस्टेज एकाडमीको तर्फवाट रु २५ हजारको निसुल्क तालिम उनले विभिन्न उपहार प्राप्त गरिन् साथै अन्य उपहारहरु पनि हात पारिन ।

उत्कृष्ट पााचको चयन पछि अन्तिममा सोधिएका यदि    भुकम्प पछिको अवस्थामा एसएलसी प्रिन्सेजको विजेताको नाताले तपाइको भुमीका कस्तो हुनु पर्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर अन्जुले यो उपाधि जितेकी हुन् । यो उपाधिले आफुलाई जीवनमा अझ धेरै सफलता हाासिल गर्ने प्रेरणा मिलेको उनले बताईन् ।

सिजन मिडियाद्धारा आयोजित सो प्रतियोगितामा ‘फस्ट रनर अप’को उपाधि हाडीगोकी १५ वर्षीया तेजस्वी कोइरालाले जितिन् । त्रिभेनी स्कुलवाट एसएलसी परिक्षा पास गरेकी कोइरालाले उपाधिसागै चिर्योस च्वाइस अवार्ड पनि हात पारिन भने ल्यापटप विभिन्न फ्लाइ स्काई एयरहोस्टेज एकाडमीको तर्फवाट रु २५ हजारको निसुल्क तालिम उनले विभिन्न उपहार प्राप्त गरिन् साथै अन्य उपहारहरु पनि हात पारिन ।

कार्यक्रममा सेकेन्ड रनरअपको उपाधि वालाजुकी १६ वर्षीया सुद्धता थापाले हाासिल गरिन् । उनले उपाधिसागै विभिन्न उपहार प्राप्त गरेकी थिईन् । थापाले ‘ डिस्टीङसन अर्वाड ’को उपाधि पनि सो प्रतियोगितामा हाता पारिन ।

त्यस्तै थर्ड रनरअप सुवानी कर्मचार्य मिस पपुलरअवार्ड सहित विजेता भइन भने फोर्थ रनरअप सिम्रन श्रेष्ठले मिस पर्सनालीटीको अवार्ड सहित जित हासिल गरिन भने विभिन्न उपहारहरु प्राप्त गरिन ।

‘टिभिएस् जुपिटर एसएलसी प्रिन्सेजको पाचौं सास्करण’मा अन्य विभिन्न उपाधि पनि राखिएको थियो । जस अन्तर्गत ‘व्युटिफुल आईज’को उपाधि अलविना सुवेदीले हाासिल गरिन् । ‘फेसबुक मल्टिमिडिया’को उपाधि खुस्व’ आलेले प्राप्त गरिन । ‘अर्गनाईजर च्वाईस अवार्ड’ प्रतिक्षा लामाले जितिन् । यस्तै ‘वेष्ट ड्रेस र वेष्ट हेयरको उपाधि असीना देउला ले  हाता परिन् ।

यसै गरी सो कार्यक्रममा ‘मिस डिसिप्लेन’को उपाधि अलिसा वज्रचार्यले  प्राप्त गरिन भने ‘मिस फेन्डसिप’को सिम्रन श्रेष्ठले हाासिल गरिन् । ‘बेष्ट वाक’को उपाधि मनिसा लामाले पाईन भने ‘मिस स्माइल’को उपाधि सिजु श्रेष्ठले हाासिल गरिन । यस्तै ‘मिस फोटोजेनिक’को उपाधि पुजा गदालले प्राप्त गरिन् । ‘मिस फिजिकल’को उपाधि सताव्दीका गिरिले पाईन् । भने

एजुकेशन अर्वाड सुरक्षा श्रेष्ठले हात पारिन ,वेष्ट स्कीन सितल साहले हात पारिन भने मिस ट्यालेन्टको अर्वाड करिष्मा लामाले हात पारिन ।

एसएलसी उतिर्ण गरेका र अव कलेज पढ्ने तरखरमा लागेका  किशोरीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि सिजन मिडियाले गत ५ वर्ष देखि निरन्तर  यो प्रतियोगिता गर्दै आएको आयोजक सास्थाका अध्यक्ष प्रदीपराज वन्तले कार्यक्रममा बताए ।

यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । सो कार्यक्रममा मनोरञ्जन प्रधान तुल्याउन विभिन्न कलाकारले नृत्य एवा गीत समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको निर्णायकमा चलचित्र निर्देशक आकाश अधिकारी, सञ्चारकर्मी विजय पौड्याल, मेगा वैककि विजनेश डेभलपमेन्ट अफिसर रभिना देशराज श्रेष्ठ, नामी कलेजका फाउण्डर याङ्कीला नामी र शुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी