शुल्क फिर्ता नगर्ने विद्यालयलाई क्रान्तिकारीले कारवाही गर्ने

शुल्क फिर्ता नगर्ने विद्यालयलाई क्रान्तिकारीले कारवाही गर्ने

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

 काठमाडौं, २० असार ।

नेकपा माओवादीसम्बद्ध अखिल क्रान्तिकारीले भूकम्पका बेला विद्यालय बन्द भएको समयको शुल्क फिर्ता नगर्ने विद्यालयलाई कारबाही गर्ने भएको छ ।

बपजष्क्रिान्तिकारीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सहमतिका विरुद्ध लाग्ने र कार्यान्वयनमा आलटाल गर्ने विद्यालयहरुलाई अघोषित कारवाही संचालन गर्ने घोषणा गरेको हो ।

शुल्क फिर्ता नगर्ने र शुल्क वृद्धि गर्ने विद्यालयहरुलाई कालो सूचीमा राखी सार्वजनिक गरिने क्रान्तिकारी अध्यक्ष रत्न ढकालले बताउनुभयाने । पटक पटक भएका निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन तथा सरकारसँग भएका सहमतिहरु कार्यान्वयन नगरेको भन्दै संघर्षको कार्यक्रम तय गरिएको पनि ढकालले बताउनुभयो ।

संघर्षको कार्यक्रम अन्तर्गत १० बुँदे सहमति र ५ बुँदे प्रतिवद्धता पत्र सबै विद्यालयहरुमा वितरण गर्ने, १५ दिनको शुल्क फिर्ता गर्न एकहप्ते अल्टिमेटम दिने तथा अटेर गर्ने विद्यालयहरुको लेखा शाखामा तालावन्दी गर्ने लगायत छन् ।

चैत ६ गते शिक्षा मन्त्रालय र संयुक्त विद्यार्थीबीच शुल्क सम्वन्धी भएको १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै साउन पहिलो हप्ताबाट आन्दोलनमा जाने निर्माण गरिएको अध्यक्ष ढकालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी