भुकम्प पीडितका लागि सहयोगार्थ नेपाल भाषाको चलचित्र “तापलाय्”को विशेष प्रदर्शनी हुने

भुकम्प पीडितका लागि सहयोगार्थ नेपाल भाषाको चलचित्र “तापलाय्”को विशेष प्रदर्शनी हुने

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

भक्तपुर ,२० असार ।

नेपाल भाषाको मौलिक कथा बस्तुमा निर्माण भएको चलचित्र तापलय् को विशेष प्रदर्शनी नयाँ थिमी चोक स्थित अमर हलमा साउन आठ र नौ गते गरिने भएको छ ।

रफत सञ्चार क्लवमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र निर्माण टोलीले भुकम्प पिडितहरुको सहयोगका लागि सो चलचित्र प्रर्दशन गर्न थालिएको जानकारी दिएको हो ।

झन्डै दुई सय वर्ष अघि भक्तपुरका प्रजापति(कुमाले) समुदाय व्यवसायका लागी परदेश जाने क्रममा भोग्नु परेका दुःख कष्ट तथा तात्कालिन अवस्थाको प्रेम कथा र आध्यात्मिक पक्षलाई समेटेर चलचित्र निर्माण गरिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि बरिष्ठ कलाकार रामशेखर नकर्मीले पछिल्लो समयमा चलचित्रको विकाससँगै परम्परागत ख्याल नाट्य र प्रहशन जस्ता विषयहरु ओझेलमा परेकाले सबैले संरक्षण र प्रवर्दन तर्फ ध्यान दिन आग्रह गर्नु भयो ।

उहाँले भन्नु भयो नेपाल भाषामा निर्माण गरिएका थुप्रै चलचित्र मध्ये तापलय् सिलु, राजमती पछिको उत्कृष्ट चलचित्र निर्माण गर्न सफल भएकोमा निमार्ण पक्षलाई धन्यवाद ब्यक्त गर्नु भयो ।

चलचित्रको निर्मार्ण नेपाल साँस्कृतिक उत्थान परिषद गरेको हो भने, यसलाई बालमुकुन्द प्रजापतीले निर्देशन गर्नुभएको छ । कथा श्याम श्रेष्ठले गरेका हुन् भने सम्पादन तथा एनिमेशन प्रदिप खड्गी रहेको छ ।

चलचिलमा नेपाल भाषाका ख्याती प्राप्त कलाकार हरिकृष्ण दुवाल, राजकुमार चक्रधर, विष्णु श्रेष्ठ, स्वस्थानी बैद्य, श्रीभा जोशी, श्रृजना श्रेष्ठ, राजु मानन्धर, महेश हाडा, प्रदिप विष्ट लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

पछिल्लो समयमा नेपालमा भित्रिएको भिडियो एनिमिशेन मध्ये लाईभ एक्शन र कम्पुटर जेनेरटेड् प्रविधि प्रयोग गरिएको आयोजकले जनाएको छ ।

नेपाल भाषाको सम्भवत आधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको पहिलो चलचित्र समेत भएको आयोजकले बताएको छ । चलचित्रको लगानी झन्डै बीस लाख रहेको तथा अधिकाशं छायाँकन भक्तपुरमै गरिएको जानकारी गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी