काठमाण्डौ,२० असार ।
द्धन्दका समयमा पत्रकारीता गर्दा आफ्नो बिभिन्न खालका धम्की तथा असुरक्षाको सामना गर्नुपर्ने बिभिन्न सन्चारमाध्यममा कार्यरत पत्रकारहरुले धारणा राखेका थिए ।
स्थानीय शान्ति समितिको आयोजना र नेपाल पत्रकार महासङ्घ ललितपुरको संयोजनमा शनिवार ललितपुरमा सम्पन्न द्वन्द्व सम्बन्धी पत्रकारितामा सहभागी पत्रकारले द्धन्दका समयमा काम गर्नु ठुलो चुनौति भएको बताएका हुन् । उनीहरुले प्राकृतिक विपत्ती र द्धन्दको समयमा पत्रकारीता गर्ने तरीका फरक हुने भएकाले संवेदनशीलतालाई बिशेष ध्यान दिनु पर्नेमा पनि उनीहरुको जोड छ ।
सो तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत ४२ जना पत्रकारको सहभागिता रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थीलाई महासंघका पूर्व अध्यक्ष शिव गाउँले र उपाध्यक्ष गोविन्द आचार्यले प्रशिक्षण दिएका थिए । द्वन्द्वको समयमा पत्रकारहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा प्रशिक्षण केन्द्रित थियो ।
प्रशिक्षणपछि सहभागी पत्रकाररलाई प्रमाणपत्र पनि वितरण गरीएको थियो । कार्यक्रममो उद्घाटन गर्दै स्थानिय शान्ति समिति ललितपुरका संयोजक तथा नेपाली काग्रेसका जिल्ला सचिव रविन्स शर्माले समाजमा हरेक प्रकारको न्द जहिलेपनि रहिरहने भएकाले सबै पत्रकारहरुलाई यस बिषयमा जानकबारीको आवश्यक पर्नेमा जोड दिनुभएको थियो ।
यस्तै ,नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण वेन्जनकारले पत्रकारले समाज तथा राष्ट्रका हरेक बिषयबस्तु उठाउनुपर्नेमा जोड दिदै त्यसमा पत्रकारले सधै व्यालेन्समा समाचार प्रकाशन प्रशारण गर्नुपर्ने बताउनु भयो ।
यसैगरी एमाओवादिका ललितपुर ईन्चार्ज हरि दाहालले पत्रकारले सधै शंवेदनशिलताको ख्याल गरी रिपोर्टि« गर्नुपर्ने धारणा राख्नुभएको थियो । पत्रकार महासंघ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले पत्रकारहरूलाई प्रदान गरिने यस्ता तालिमले उनीहरूको दक्षता एवं क्षमता अभिवृद्धि हुने बताउनु भयो ।
नेपाल पत्रकार महासंघकी सचिव संगीता खड्काले द्वन्द्वको समयमा जनतालाई सही सूचना दिनका लागि पत्रकारको ठूलो जिम्मेवारी रहेको धारणा राख्नुभयो ।

