यो साता दुई वटा कम्पनीले साधारण सेयर जारी गर्दै

यो साता दुई वटा कम्पनीले साधारण सेयर जारी गर्दै

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ २० असार । साढे ८ मेगावाट विद्युत उत्पादन क्षमताको अपि हाइड्रोपावर र रिलायवल माइक्रो फाइनान्सले यो साता ३१ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेका छन ।

प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ३१ करोड ५० लाख रुपैयाँ बराबरका साधारण सेयरमा सर्वसाधारणले लगानी गर्न पाउने बताइएको छ ।

रिलायबल डेभलपमेन्ट बैंकको सहायक संस्था रिलायबल माइक्रोफाइनान्सले असार २२ गतेदेखि १ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्दैछ ।

कूल निष्काशित सेयरमध्ये ७ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि तथा ३ हजार कित्ता कर्मचारीको लागि छुट्याएको छ ।

त्यसैगरी, दार्चुलाको नौगाढ खोलामा साढे ८ मेगावाट विद्युत उत्पादन गरेको अपि हाइड्रोवार कम्पनीले आगामी असार २४ गते ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ ।

निष्काशन गरेको उक्त सेयर छिटोमा असार २८ गते ढिलोमा साउन ७ गते बिक्री बन्द गरिने कम्पनीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी