पर्यटकीय नगरि फुङलिङ पर्यटक बिहीन

पर्यटकीय नगरि फुङलिङ पर्यटक बिहीन

  • शनिबार, असार १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडा,१९ असार ।

विदेशी पर्यटकको ओईरो लाग्ने हिमाली जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङ वैशाख दोस्रो हप्तादेखि सुनसान बनेको छ ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा र कुम्भकर्ण हिमालको काखमा अविस्थित उक्त जिल्ला पर्यटकीय मौसममा पनि पर्यटक बिहीन बनेको हो ।

गत वैशाख १२  को विनाशकारी भूकम्पका कारण अघिल्लो वर्षको तुलनामा यस पर्यटकको संख्यामा गिरावट आएको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाका सचिव तेन्जिङ शेर्पाले बताउनुभयो ।

असार महिनासम्ममा विदेशी पर्यटकको घुईंचो लाग्ने यस क्षेत्रमा यस वर्ष पर्यटक आगमनमा ठूलो गिरावट आएको छ ।

जिल्लामा रहेको एक मात्र विमान स्थल मर्मत तथा धावन मार्ग कालोपत्रे गर्न भनी २ वर्षदेखि उडान नहुँदा यस क्षेत्रमा पर्यटकको कमी आएको शेर्पाको भनाई छ ।

पर्यटकीय क्षेत्र सुनसान बनेपछि कञ्चनजंघा क्षेत्रको घुन्सा, ओलाङचुङगोला, ग्याव्ला, फले क्षेत्रका होटल व्यवसायी निराश बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी