राजधानी सहित देशभर बर्षा

राजधानी सहित देशभर बर्षा

  • बुधबार, असार १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाण्डौ ,१६ असार ।
राजधानी उपत्यका सहित देशका बिभिन्न स्थानमा  पानी परिरहेको छ । आज बिहान केहि समय घाम लागेको भएपनि अचानक बर्षा सुरु भएको हो ।

उपत्यका सहित देशका बिभिन्न स्थानमा अहिले भारी बर्षा भइरहेको जल तथा मौसम पुर्बानुमान महाशाखाले जनाएको छ ।

पूर्वका मोरङ ,विराटनगर , ईलाम , लाप्लेजुङ लगायतका स्थानमा मेघ गर्जनसहित बर्षा भईरहेको धरानबाट पत्रकार गणेश तिम्सिनाले जनाएका छन् ।

झापामा भने पानी नपरेको उनले बताए । अबिरल बर्षा सँगै पूर्वका खोलाहरुमा बाढी आएपछि सो आसपासका बासिन्दा समस्यामा परेका छन् ।

केही दिन सक्रिय मनसुन कमजोर भएकाले पानी आज साझ बाट भने कम पर्नेे सम्भाबना रहेको मौसम बिद शान्ति कडेलले जानकारी दिनुभयो ।

यसअघि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका पश्चिम क्षेत्रमा भारी वर्षा भएको थियो ।

एक हप्ताअघि सक्रिय भएको मनसुन फेरि कमजोर हुन लागेको मौसमविद् कँडेलले बताउनुभयो ।

मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा सामान्य ठाउँमा बस्न लागेकाले मनसुन कमजोर देखिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साझबाट बर्षा कम हुने छ । पूर्व र मध्यका धेरै ठाउँमा मेघगर्जनसहित पानी परीरहेको छ । पश्चिमको केही ठाउँमा क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी