Bonjour ( नमस्ते ) ! कुनै फ्रान्सेली साथीहरु आफ्नो घरमा चिया खान या भेटघाट गर्न आउदा भगवती यसरी फ्रेन्च भाषामा प्रष्ट रुपले संवोधन गर्छिन् ।सजिलोसग‘ फ्रेन्च भाषा बोल्न सक्ने भगवती उप्रेतीले स्वर्गीय राजा महेन्द्र र वीरेन्द्रको पालामा राजदरबारका लागि आवस्यक फ्रान्सेलीहरुको भेटघाटमा दोभाषेको रुपमा काम गर्न सफल भएकी थिईन् ।तर उनले त्यति सजिलो बोल्न सक्ने फ्रेन्च भाषा सिक्न कति दुख: र मेहेनत् गरिन त्यो धेरैलाई थाहा छैन ।
सानैमा बिबाह, माईतैमा पढाई
विं स. १९९४ साल मंसिर ९ गते काठमाण्डौंमा पिता मणिराम ओझा र माता पार्वती ओझाको कोखबाट जेठो सन्तान र जेठी छोरीको रुपमा जन्मिएकी भगवतीको ९ बर्षकै उमेरमा आफू भन्दा ९ वर्ष बढी उमेरका डिल्लीबजारका डिल्लिराज उप्रेतीसाग उनको बिवाह भयो ।
- सुव्वा मुरलीधरले चन्द्र शमशेरको पालामा निर्माण गरेको कालिकास्थानको यो घर जहा भगवति ९ वर्षकै उमेरमा बुहारी भएर प्रवेश गरेकी थिईन् ।
उनलाई विवाहमा नया लुगा लगाएर डोली चढ्दा सम्म पनि आफ्नो विवाह भएको भन्ने थाहा थिएन । नया लुगा लगाउन पाउदा मात्र निकै खुसी भएको तर विवाह भएको भन्ने थाहा थिएन उनी भन्छिन् ।
- आफ्नो घरमा राखिएका तस्वीरहरु देखाउदै
परम्परागत मान्यता अनुसार रजस्वला हुनु अघि नै छोरीको बिवाह गरिदिने चलन भएकै कारणले उनको सिउादोमा पनि सिन्दुर भरियो जुन समयमा उनलाई त्यसको महत्व नै थाहा थिएन । भगवतीले कलम समाएर नाम लेख्न जानेको धेरै भएको थिएन, उनी आमाको काखमा लुट्पुटिदै, बाबाको लाड–प्यारमा रमाउदै बाल्यकाल बिताउन चाहन्थिन् । तर उनको सपना र अधिकार दुवैलाई नेपाली समाजले खोसिदियो, नियतिले उनलाई पछाऱ्यो , सामाजिक परम्परा र परिवेशले भगवतीलाई ठगे पनि भाग्यले भने उनको साथ दिएको थियो । सानैमा बिवाह भए पनि इमानदार र पढेलेखेका श्रीमान् पाईन् उनले त्यसैले बिवाह पश्चात पनि पढ्नकै लागी १५ बर्षको उमेरसम्म माईतमै बस्ने अनुमति मिल्यो । पढ्नैको लागि भारत गएका श्रीमान् घर फर्किदा उनले पनि १० कक्षा पढिसकेकि थिईन् । लैनचौरको शान्ति विद्या हाईस्कुल पढेकी उनी फुटवल खेल्ने , साईकल कुदाउने जस्ता क्रियाकलापमा निकै रमाउने गर्थिन् । जब श्रीमान् फर्केसागै उनी पनि घर फर्किन् । त्यसपछिका दिनहरु उनले सोही घरको चौघेरा काट्दै गईन । काही‘ बाहिर जानका लागी पनि अनुहार घुम्टोले छोपेर साथी लैजानु पथ्र्यो । भगवतीले विगतलाई सम्झदै भनिन् “अहिले जस्तो सहज कहा थियो र ! अनुमति बिना घरबाट एक्लै निस्कीएर हिड्ने कुरा सोच्न पनि सकिदैन थियो ।”
दुई बच्चालाई कोठामा थुनेर भाषा सिक्दा……..
सारीको फन्कोमा बेरिएर घुम्टोभित्र आफ्नो अस्तित्व कैद गरी हिड्नुपर्ने परम्परागत सामाजिक संस्कार विद्यमान रहेको बेला समाजलाई चुनौती दिादै छुट्टै पहिचान बनाउन सफल नेपाली नारी हुन्, काठमाण्डौ डिल्लीबजारकी भगवती देवी उप्रेती ।
- पेरिसमा फ्रेन्च भाषा सिक्ने विदेशी विद्यार्थीहरु सहित भगवति
आफू पनि देश बिदेशमा परिचित हुन्छु र आफ्नो छुट्टै अस्थित्व बनाउन सक्छु भन्ने उनलाई शायद लागेको थिएन होला । तर आाटिली र हक्की स्वभावकी भगवतीले आफ्ना अगाडी आएको मौकालाई सदुपयोग गरिन् । जस्ता सुकै चुनौती आए पनि उनका खुट्टा डगमगाएनन् । उनी सतिसाल झै अडिग रहिन् । परिवन्ध र समस्याका दर्जनौं पर्खालहरुलाई उनले भत्काईन् । त्यति मात्र होईन चुनौतीलाई बरु उनले नै चुनौती दिईन् । आत्मविश्वासको त्यो हतियारले उनलाई अरु वलियो बनायो । अरु शसक्त अनि आाटिली बनायो ।
माईतबाट घर फर्किएपछि भगवतीको पढाईमा पनि पूर्णबिराम लागेको थियो । उनका दुई सन्तान भईसकेका थिए । यसरी नै दिनहरु बित्दै थिए । सोहि बेला उनका श्रीमान् (UNESCO) युनेस्को को जागीरे भए र फ्रान्स गए । फ्रान्स पुगेको केही महिनामा भगवतीलाई पनि उतै आउन आग्रह गरे । उनी भन्छिन् काठमाडौं छाडेर बीरगन्ज सम्म नपुगेकी मेरो लागि देशै छाडेर जानु त्यति सहज थिएन । त्यसमा पनि काखमा साना दुई सन्तान र गर्भमा अर्को थियो । तर उनले साहस जुटाईन् र एक सन्तानलाई आमासागै छाडेर फ्रान्स प्रस्थान गरिन् । उनी भन्छिन् जब म फ्रान्सको एयरपोर्टमा झरे पागल जस्तै बनेकी थिए ,नत भाषा नै आउाछ ,न त रहनसहन र लवाई खवाई नै मिल्दो छ । म कुर्कुच्चा सम्म पुग्ने गरि फन्को बेरेर सारी लगाउने र अनुहार घुम्टोभित्र राखेर सहयोगीका साथ हिड्ने त्यो परीवेशमा जन्मे हुर्किएकि मान्छे त्यहा त छोटा छोटा लुगा, लगाएका मान्छेहरु हेर्दा कपडा नै लगाउन बिर्सिएर पो हिडिरहेका छन् कि जस्तो । के गर्नु ? कसो गर्नु भयो, होसै गुमाए जस्तो भयो । उनी सम्झन्छिन त्यो मेरा लागी कल्पना बाहिरको छुट्टै दुनियाा थियो ।
श्रीमान् लिन आएकाले केही राहत पुगेको महसुस गर्दै उनकै पछि लॉगे भन्छिन् भगवति । बस्नका लागी त श्रीमान्लाई अफिसले नै घर दिएको थियो तर गर्भवती थिएा, काखमा सानी छोरी पनि, केही किन्न पऱ्यो, कॉही जान परयो कसैसाग बोल्न पऱ्यो ,इच्छा लाग्यो भने पनि भाषा नजानेका कारण सम्भव हुदैन थियो । सोही कारण बच्चा जन्मने बेला अमेरीकन अस्पतालमा भर्ना गरिएको थियो उनलाई । सोही अस्पतालमा पुन: छोरी जन्माईन् ।
अग्रेजी भाषाको समेत प्रयोग नहुने हुादा झन् समस्या भएपछि फ्रेन्च भाषा सिक्ने निर्णयमा पुगे उनले भनिन् । सुरुमा घरमै आफै assimil disc भन्ने कार्यक्रमबाट भाषा सिके । त्यसबेला २ सय पाना घोकेर सिकेकि थि‘ए । भााडा माझ्दा ,कुच्चो लगाउदा होस् या त भात पकाउदा एउटा हातमा किताव हुन्थ्यो । क्यासेटमा रेकर्ड गर्यो सुन्यो पढ्यो । त्यसबेला सम्म छोरी तीन महिनाकी भएकी थिईन् । आफुले कन्ठ गरेको दुई सय पाना फ्रेन्च भाषाका शब्दहरुले काम चलाउन सक्ने भएपछि alliaue fraucaise भर्ना भएर भाषा सिक्न जान थाले । भगवति सम्झन्छिन् ।
उनका लागी त्यो काम पनि सहज थिएन । कोठाभित्र ठूलो खाट ,खाटभित्र तीन महिने र चार बर्षे छोरी, वरिपरि खेलौना राखेर बाहिरबाट ताल्चा लगाएर पढ्न जान्थीन् । दैनिक साढे तीन घण्टा यसरीनै ढोकामा ताल्चा लगाएर हिड्नु उनको दैनिकी थियो । यसरी नै उनले तीन बर्ष बिताईन् । उनका लागी यो रहर नभएर बाध्यता थियो, बच्चा हेरिदिने कोही थिएन । श्रीमान् आफ्नै काममा, आफुले पनि नपढी नहुने त्यसैले छोरीलाई सधै कोठामा थुनेर क्लास गयो अनी आएर खानपान गरायो ।
भनिन्छ आमा शिक्षित भए पुरै परिवार शिक्षित हुन्छ ,त्यसलाई व्यवहारमै देखाई दिईन्, उनले आफुमात्र हैन आफ्नी ठूली छोरीलाई पनि फ्रेन्च भाषाको राम्रो ज्ञान दिईन् । त्यहि बिद्यालय भर्ना गरिदिएर जेठी छोरी सोमाको भाषा सिकाई सुरु गराएकी थिईन् भगवतिले ।
श्रीमान्को जागिर निरन्तर चलिरहेको थियो साथै आफुपनि राम्रोसाग भाषा बोल्न लेख्न जान्ने भएकाले फ्रान्स बसाई सहज र रमाईलोसाग बित्दै थियो ।
- बच्चा अवस्थामा आफ्नाी आमा र बाबाका साथ भगवति
पेरिसबाट राजा महेन्द्रले बोलाउदाको क्षण
अचानक यस्तो मोड आयो, जुन दिन राजा महेन्द्रको फ्रान्स भ्रमणका बेला भगवतिका श्रीमान् डिल्लिराजसाग भेट भयो । महेन्द्र पेरिस पुगेका बेला त्यहॉ दुतावास पनि थिएन । लण्डनमा युवराज वीरेन्द्र पढ्दै थिए । सोही क्रममा राजाले यस्तो व्यक्ति नेपालमै बसेर काम गर्नुपर्छ । स्वदेश फर्कनुस् भनेपछि डिल्लिराजले युनेस्कोको जागिरबाट राजीनामा दिएर परिवार सहित नेपाल फर्किए । उनले सन् १९६० देखि १९६६ सम्म जागिर खाए । आफ्नो देशका राजाले भने पछि नआउने कुरै थिएन । त्यस पछि दुवै जना नेपाल फर्किए । श्रीमान्सागै म पनि नेपाल फर्किए भगवतिले भनिन् । नेपाल आएपछि एक दिन त्जष्चम भथभ तयगच भन्ने एक ट्राभल एजेन्सीबाट फोन आयो । फ्रेन्च भाषा बोल्ने मान्छे चाहियो, पेरिसबाट एक टोली नेपाल भ्रमणमा आउदैछ । सहयोग गर्नुपऱ्र्यो भन्ने कुरा आएपछि श्रीमान्ले सक्छौ, हिम्मत गर्छाै भने काम गर भन्नु भयो । भगवतीले त्यो दिन सम्झिईन् , घर परिवारमा सबै त्यसको बिरुद्धमा थिए । सुब्बा मुरलीधरकी बुहारी, घरबाट बाहिर निस्किएर काम गर्ने ? यस्ता प्रश्नहरु घर परिवार तथा छिमेकीबाट प्रसस्तै आए तर श्रीमान्को पूर्ण समर्थन रहेकाले झन् प्रेरणा मिल्यो ,हिम्मत पनि बढ्यो त्यसपछि काम सुरु गरे । भगवतिले सम्झिन् ।
सुरुमा दोभाषेको काम गर्दा विशेष सुविधा, सवारी सबै दिईएको थियो । पछि टुरिष्ट गाईडको रुपमा ट्रेनिङ लिएर लाईसेन्स समेत लिन सफल भईन् । भैरहवा, धुलिखेल, पोखरा ,काठमाडौंका बिभिन्न स्थानमा एक्लै गएर पर्यटकलाई घुमाउने ग‘र्थे । उनले भनिन्, साना छोरा छोरी घरमै छाडेर बिहान ६, बजे हिडेको सॉझ ७ बजे सम्म पनि घर आउन सकिंदैन थियो तर पनि काम छाडिन, निरन्तर अघि बढी रहे । दिन दिनै फुर्ति आयो । गरियो भने सकिदो रहेछ है भन्ने लाग्यो । त्यसपछि राजदरवारबाट मलाई दोभाषेका लागी बोलाईयो । फ्रान्सका त्यतिखेरका राष्ट्रपति :ष्ततभचचबलम आउादा राजा वीरेन्द्रले बोलाएका थिए । त्यसबेला मेरा लागी सम्मान तथा सफलताको अर्को खुड्किलो थियो जसलाई स्वीकार गरि दरवार पुगे ।
मोरक्कोको राजदुत दुतावास नभएका कारण सो बेला दिल्लीमा बस्ने गर्थे । उनी आउादा नेपालमा बस्ने खाने, मिटिङ, पार्टी सबैको व्यवस्था आफैले गरिदिनु पर्दथ्र्यो । त्यसका लागी भारतको दिल्लीबाट नै सिधै फोन आउथ्यो उनले सम्झिईन् । त्यो समयमा दुतावासले आफ्नो देशको राष्ट्रप्रमुखको जन्मदिन मनाउने गर्थे । त्यो कार्यक्रममा नेपालको राजपरिवारका केही सदस्य जानुपर्ने चलन थियो । एउटा रमाईलो अनुभव छ भगवतिसाग । श्रीमान् डिल्लराज उप्रेती टुरिष्ट डाईरेक्टर थिए । आफु दरबारमा पनि दोभाषेको काम गर्ने । बेलुका एउटा पार्टीमा जानु थियो । श्रीमान्साग बेलुका घर आएर सागै जाने कुरा भएको थियो । मोरक्कोको राजदुत आएर दुतावासले आफ्नो देशको सरकार प्रमुखको जन्मदिन नेपालमा मनाएको थियो । त्यो बेला धिरेन्द्र शाह र प्रेक्षा राजपरिवारका प्रतिनिधिका रुपमा गएका थिए । आफु निस्कन खोज्दा दरवारवाट पनि दोभाषेका लागी आफै बस्नुपर्ने भनेपछि घर फर्कन पाईन् । श्रीमान्लाई फोन गरेर आफु आउन नसक्ने जानकारी गराईन् । उनले भनिन्, दुबै देशको राष्ट्र धुन बजीरहेको बेला श्रीमान् डिल्लीराज पुगे । त्यो बेला धिरेन्द्र र प्रेक्षाको पछाडि उभिएको देखेपछि उनी छक्क परे । उनलाई त्यही पार्टीमा भगवती दोभाषेका लागी काम गर्दैछिन् भन्ने पछि मात्र थाहा भयो ।
- राजदरबारमा प्रेक्षा शाहसग कुरा गर्दै
पेरिसमा दोस्रो बसाई र फ्रान्सेली राष्ट्रपतिको बधाई
डिल्लीराज उप्रेती पुन: सन् १९८५ मा फ्रान्सका लागी शाही नेपाली राजदूत बनेर पेरिस जाादा आफुपनि उतै गईन् भगवती । भगवतिको पेरिस बसाई यो दोस्रो थियो । पहिलो बसाई उनको दुख:दायी , बच्चाहरुलाई ढोकै लगाएर थुनेर पढ्न जान पर्ने अवस्था सहितको थियो भने यस पटक राजदुत परिवारको रुपमा उनको हैसियत र प्रतिनिधित्व फरक थियो । त्यस बखत छोरीहरु पनि सागै गएका थिए । जेठी छोरी सोमाले पनि पेरिसमै पेढेकी थिईन् । त्यस समयमा भाषाको समस्या थिएन । सोही कारण श्रीमान्साग हिड्दा राजदुतकी श्रीमती भएर हिड्ने र अरुबेला नेपालका बारेमा स्लाईडहरु बनाएर बिभिन्न कार्यक्रम गर्दै हिड्थे । चिनेका कतिले त राजदुतको श्रीमती किन यसरी हिडेको भन्ने पनि गर्थे तर उनको जवाफ एउटै हुन्थ्यो, म श्रीमान्साग हिड्दा राजदुतकी श्रीमती त्यसपछि नेपाली नागरिक मेरो आफ्नो छुट्टै अस्तित्व र परिचय छ । त्यसैले मैले देश छाडेपनि नेपाललाई चिनाउन आफुले सक्दो प्रयास जारी राख्नेछु उनको जवाफ यस्तै हुन्थ्यो ।
फ्रान्सका राष्ट्रपति :ष्ततभचचबलम ले राजदूतलाई कृडेन्सीयल दिादा फ्रेन्च भाषा बोलेपछि खुशि भई पहिलो राजदूत रहेछौ हाम्रो भाषा बोल्ने भन्दै प्रशंसा पनि गरेका थिए, उनले संझिन् । नेपाली भएर पनि भगवतिको भाषामा परिपक्क देख्दा फ्रान्सेलीहरुनै छक्क पर्थे र उनको प्रशंसा गर्न पछि पर्दैन थिए ।
फ्रान्स र नेपालको लगाउने कपडाको डिजाईन फरक भएकै कारण पनि कतिपय स्थामा आफ्नो प्रशंसा हुनेगरेको भगवतीको अनुभव छ । भाषा सिक्न जाादा सधै आफुलाई पढाउने टिचरले अगाडी राख्ने गर्थे । सारी र चोलोमा सधै क्लास जाने गर्थे उनले भनिन त्यसैले मेरो कपडाको प्रशंसा सधै हुन्थ्यो र क्लासमा अगाडी बस्थे ।
जब उनी नेपाल आईन् । जेठी छोरी शोमाले फ्रेन्च भाषामा नै पढेकी र नेपालमा त्यो भाषामा पढाई नहुने हुदा सिडि तथा पुस्तकहरुको सहायतामा निरन्तरता दिने प्रयत्न उप्रेती दम्पतीले गरे । घरमा पनि छोरीसाग फ्रेन्च भाषामा नै बोल्ने गर्थे । त्यही कारणले उनको भाषा अहिले पनि निख्खरता पाईन्छ । फुर्सदको समयमा उनी पनि साना बालबच्चालाई भाषा सिकाउन पछि पर्दिनन् ।
श्रीमान् गुमेपछिको समय
“ उ ( श्रीमान् ) नभएको भए शायद आज मैले यत्रो धेरै काम गर्न सक्दिन थिए होला । ” पङिक्तकारसग कुरा गर्दा गहभरी ऑशु बनाउदै भगवतिले सम्झिन् । राणा कालका चर्चित पात्र सुव्वा मुरलीधर खानदानमा हुर्किएका भए पनि डिल्लीराज असाध्यै सबैलाई माया गर्ने, नरम स्वभावका र दयालु भावका थिए । उनले आफ्नो घरमा काम गर्ने मानिसहरुलाई समेत शिक्षा दिक्षा दिएर सहयोग गरे । ती मध्य केही राजदुत हुदा पेरिस पुगेका केही नेपालीहरु अझै पनि पेरिसमा होटल व्यवशाय गरेर बसिरहेका छन् जसले अहिले पनि डिल्लीराज उप्रेतीको तस्वीरहरु सजाएर राखिरहेका छन् ।
- भगवतिका स्वर्गीय पति तथा पूर्व फ्रान्सेली राजदुत डिल्लीराज उप्रेती
मासु, बदाम जस्ता खानाहरु असाध्यै मन पराउने डिल्लीराजले २०६५ साल कार्तिक १६ गते भगवतिलाई एक्लै छाडेर गए । त्यस पछि जीवनकै ठूलो पीडा भयो उनलाई तर पनि उनी एउटा सम्मानित र जिम्मेवारीमा बसेर काम गरेका कारण श्रीमान्को निधनमा रोएर बस्ने अवस्था थिएन र उनले विदेशीहरु उच्च पदस्थ अधिकारीहरु आउदा व्रिफिङ गर्ने र भेटघाट गर्ने काम गरिन् ।
अहिले पनि श्रीमा्नले रोपेका रुख विरुवा र बगैचामा हेर्दै घुम्दै बस्छिन् भगवति । श्रीमान्ले रोपेका ऑप, अंगुर जस्ता फलफुलहरु सधै पाके पछि सम्झनाकै रुपमा खाने र बाड्ने गर्छिन् उनी । घर वरपरको जग्गामा आफै खनेर तरकारी लगाउने गरे पनि श्रीमान्को निधन पछि भने त्यसमा तरकारी लगाउने काम अहिले अरुले नै गर्दै आएको छ ।
मानिसको भौतिक शरीर सधै भरी जीवीत रहदैन । तर डिल्लीराजको योगदान राष्ट्र , उप्रेती परिवार र समाजका लागि आज पनि अमुल्य छ ।
कसरी भईन् छोराछोरीकी आन्टी ?
हामी सबै आफ्ना बाबा आमालाई ममि, बाबा, ड्याडी आदि भन्दछौं । तर चार सन्तानकी आमा भगवतिलाई आफ्नै तीन छोरी र एक छोराले पनि आन्टी जी नै भन्दछन् अहिले पनि ।
- आफ्नै आमा , आफ्नी जेठी छोरी , नातिनी र पनातीका साथमा भगवति
१५ जनाजतिको स‘युक्त परिवार भएको र उनी साईली बुहारी भएकाले जेठो, माईलो का छोराछोरीहरुले आन्टी भन्न थाले पछि आफ्ना छोराछोरीले पनि आन्टी भन्न थाले । यसरी अहिले सम्म पनि भगवतिलाई छोराछोरी नातागोता र नाति नातिनाले सम्म आन्टी जी भनेर संवोधन गर्ने गर्दछन् । हाल दुई छोरी नेपालमै छन् भने एक छोरी र एक छोरा अमेरीकामा बस्दै आएका छन् भगवतिका । अहिले पनि अक्सर घरमा धेरै छोरीहरु आउदछन् र आन्टी जी भनेर सवोधन गर्दछन् ।
चाचीसग लुकिलुकि फिल्म हेर्न जॉदा ………
अहिले सबै उप्रेती परिवारका आफन्तले चाची भनेर बोलाईने माधुरी उप्रेती भगवतिकी काईली देउरानी उमेरले पनि सग‘ सगैका र व्यवहार पनि सग सगै हुने गरेको छ अहिले पनि । माधुरी भारतको उत्तर प्रदेशकी हुन् । उनीहरुका सासु एकदमै बुहारीहरुलाई माया गर्ने खालकी र धर्मकर्ममा ज्यादै सक्रिय हुने र स्वयपाकी अर्थात आफैले मात्र पकाएको खाने हुुनुहुन्थ्यो । धेरै बुहारी भएकाले उमेरले साना बुहारीहरु उनीहरु थिए र संगत पनि बढ्यो । चाची र आन्टीलाई खाना पकाउने सामान तयार गर्ने जस्ता कामहरु सासुले छुट्याईदिएकी थिईन् साझ बिहान पालै पालो । सासु र श्रीमान् अनि दाजुभाईले खाई सके पछि मात्रै बुहारीहरुले खाना खाने पालो आउथ्यो ।
भगवतिलाई आफ्नो आमाले चाची अर्थात माधुरीलाई पनि छोरी नै मानेर अति नै माया गरेर बोलाउने गर्थिन् । आन्टी र चाची सासुले अह्राए खटाएको काम सकेर गणेश मन्दिर जाने भनी विदा मागेर विभिन्न फिल्म हलमा गएर फिल्म हेर्ने गरेको सम्झना उनीहरुको छ । न्यूरोड देखि भक्तपुर सम्मका विभिन्न हलमा फिल्म हेरेर उनीहरु फर्किए पछि डिल्लीबजार कालिकास्थानको मन्दिरमा गएर ढोगेर टिका र फुल प्रसाद बोकेर लगेर सासुलाई दिने गरेको उनीहरुको सम्झना छ । कहिले काही माईत पनि गणेश मन्दिर जाने भनेर पुग्ने गरेको भगवतिको अनुभव छ ।
अहिले पनि उनीहरु दुवै जना बिहान बेलुका हिड्डुल गर्दा सग सगै जाने गर्दछन् । वल्लो पल्लो घरमा बस्ने उनीहरुको सम्बन्ध र व्यवहार हेर्दा नाताको साईनो भन्दा बढी साथीको सहकार्य जस्तो लाग्छ ।
उत्प्रेरणाको स्रोत
धेरै कम महिलाहरु यस्तो दुख: गरेर सफल भएका छन् । त्यसैले उनको सफलताको कथा र संघर्षका चरणहरुको अध्ययन हामी सबैको लागि उत्प्रेरणाको स्रोत हुन सक्छ । जीवनमा आईपरेका थुप्रै उतार चढाव पार गर्दै दश कक्षासम्म मात्र पढे पनि एउटा छुट्टै अस्तित्व र परिचय बनाउन सफल ब्यक्तित्व हुन् भगवती उप्रेती । उनले यस्ता थुप्रै मोडहरु पार गरीन् जसको बयान सायद शब्दमा उल्लेख गर्न सकिदैन ।
उनी भन्छिन् महिला भएर केहि गर्न सकिदैन भन्ने धेरैमा भ्रम होला त्यो गलत हो, अवसर पाए भने महिलाहरुले पनि धेरै विकास गर्न सक्छन् । भगवतिको सुझाव छ । उनी भन्छिन् “हाम्रो समाज जहॉ नारीलाई बेकार सम्झन्छन् , खाली घरको काम मात्र गर्न सक्ने भन्छन् यो धारणा बदल्न जरुरी छ । लोग्ने मान्छे जति बाहिर काम गर्न सक्छन् मौका पाए स्वास्नी मान्छे त्यो भन्दा बढी पनि गर्न पछि हट्दैनन् । मेरो बिचारमा लोग्ने मान्छे स्वास्नी मान्छे दुवै एक अर्काका पुरक हुन् र आजको जमानामा अगाडी बढ्न एक अर्काको सहारा जरुरी छ । लोग्ने स्वास्नी भनेको एक रथका दुई पाङग्रा हुन दुवैको बराबर अधिकार छ । ”
उनको सन्देश यो छ कि स्वास्नी मान्छेले आफूले आफैलाई कमजोर नठान्नु जति लोग्ने मान्छे काम गर्न सक्छन् हामी पनि त्यत्तिकै योग्य छौं , आफूमा विस्वास गरौं त्यो नै अति जरुरी छ ।
उनको यो प्रेरणादायी सफलताको कथाबाट धेरै युवा युवतीहरुले दुख: गरे सफलता हात लाग्छ भन्ने पाठ सिक्नु पर्छ । पहिलो नेपाली महिलाको रुपमा फ्रेन्च भाषा सिकेर देश विदेशमा नेपाललाई चिनाउन र आफ्नो पनि प्रगति गर्न सफल भगवतिको बाकी‘ जीवन पनि सुखमय र आरामदायी बनोस् शुभकामना छ उनीलाई ।
प्रस्तुति: सिर्जना तिम्सिना









