काठमाडौ १५ असार । नेपाल राष्ट्र बैंकले रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउन कडाइ गरेपछि गत वर्षको तुलनामा १० प्रतिशतले रेमिट्यान्स बढेको छ ।
हुण्डीको कारोबारमा कडाइ गरेपछि बैंकिङ च्यानलबाट रेमिट्यान्स आउने क्रम बढेको राष्ट्र बैंकले जनाएको छ ।
चालू आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्म वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुक पुगेका नेपालीहरुले ४ खर्ब ८९ अर्ब रुपैयाँ नेपाल पठाएका छन् । गत वर्ष यस अवधिमा ४ खर्व ४४ अर्व रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
बैदेशिक रोजगार विभागका अनुसार हाल झण्डै ४० लाखको हाराहारीमा नेपालीहरु वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline