मादल बनाउने पेशा संकटमा परेपछि अछामका बादी समुदाय चिन्तीत

मादल बनाउने पेशा संकटमा परेपछि अछामका बादी समुदाय चिन्तीत

  • शुक्रबार, असार ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

अछाम, ११ असार ।

बादी समुदायको प्रमुख पेशाका रुपमा परिचीत मादल बनाउने पेशा अछाम जिल्लामा अहिले संकटमा परेपछि उनीहरु चिन्तामा परेका छन् । मादलको बिक्री वितरण हुन छाडेपछि उनीहरुलाई बिहान बेलुकी छाक टार्न पनी धौ धौ परिरहेको छ ।

मादल विक्री वितरण र मर्मत गरेर आउने रकमबाट अछामका बादी समुदायले छोराछोरीको पढाई लेखाई र घर व्यवहार चलाउने गर्दै आएका भएपनि अहिले यो पेशा संकटमा पर्न थालेपछी उनीहरु संकटमा परेका छन।

मंगलसेन नगरपालिका वडा नम्वर ५ का टंकदेवी बादीले पहिलेका दिनहरुका आफुहरुले बनाएका मादलहरु लिनका लागी खोजी खोजी आउने गरेका भएपनी अहिले भने कत्ती पनी बिक्री बितरण नहुदा आफुहरु समस्यामा परेको बताइन ।उनले बाहिरबाटै तयारी मादलहरु आउन थालेपछि आफुहरुको मादल बनाउने तथा मर्मत गर्ने पेशा खोसीएको गुनासो गरीन ।

मंगलसेन नगरपालिकामै धेरै पहिले देखी बसेर मादल विक्री बितरण गर्दै आउनुभएका कर बादीले बाहीर बजारमा २ हजार देखी २ हजार ५ सय र ३ हजार सम्ममा बिक्री बितरण हुने गरेको भएपनी आफुहरुले १ हजार देखी १ हजार ५ सयको दाजोमा बिक्री बितरण गर्दा पनी बिक्री बितरण नभएको भन्दै चिन्ता व्यक्त गरे ।

बादी समुदायको पेशाका साथै लोकसंस्कृतिको जगेर्ना गर्न पनि मादल बनाउनेहरुलाई क्षमता बिकास गर्नुका साथै आवश्यक सहयोग सरकारले गर्नुपर्ने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अछाम शाखाका कोषाध्यक्ष भोजराज भाटको भनाई छ । उनका अनुसार अहिले आधुनिक खालका बाजागाजा बाटै विभिन्न सांगितिक कार्यक्रम र मेला महोत्सव गर्ने गरिएकाले पनि मादलप्रतिको महत्व घट्दै गइरहेको छ ।

महत्वपूर्ण लोकबाजा मादलको संरक्षण र सम्वद्र्धन गर्न सके मात्रै पनि यो पेशाले वादी समुदायको गुजारा चल्न सक्ने विभीन्न सस्कृत बिद्धहरुले बताएका छन् ।

अछाम जिल्लाको सदरमुकाम मंगलसेन बजार, जनालीवण्डाली, बिनायक बजार, साफेबगर लगायतका ठाउमा दर्जनौ बादीसमुदायहरु बस्दै आएका छन् । उनीहरु अहिले आफ्नो प्रमुख पेशाका रुपमा रहेको मादल बनाउने पेशा नै संकटमा परेपछी अरु के पेशा अंगाल्ने र के काम गरेर बिहान बेलुकी छाकटार्ने भन्ने बिकल्पको खोजीमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी