नमस्ते म गायिका एवं सञ्चारकर्मी कला किराती । मेरो जन्म भोजपुर जिल्लाको अति विकट गा.वि.स यू‘ मा २०४९साल बैशाख १९ गते भएको हो । सानी छ‘दा एकदमै पढाइमा रुचि थियो । साथै साथी सँगी धेरै बनाउने स्वभाव थियो मेरो र छ अहिले पनि । स्कुल पढ्ने क्रममा अलि चन्चल स्वभावकि थि‘ए तर सवैको प्रिय साथी भने बनेकै हुन्थे ।
१० वर्षकी कलिलो उमेर देखि गाउँको एक क्लबमा नाच्न जाने रहर जाग्यो घरमा बाबाको अनुमति पाउन निकै हम्मे पर्ने गथ्र्यो तर अन्तत: भागेरै भए पनि सामेल हुन पुग्थे । बाबा सँगीत क्षेत्र रुचाउनु हुन्न थियो क्लबको हार्मोनियम लिएर बजाउँदै गाउने गर्थें गाली पाइएला कि भन्ने मन भरि डर हुन्थ्यो तैपनि खाने मुखलाई जुंगाले छेक्दैन भने जस्तै ११ बर्षकि हुँदा एक गीतमा सँगीत गरेकी मैले त्यस पछि धेरै को माया ममता पाए प्रेरणा पॉए पनि आफ्नै बाबा देखि डर भएकोले बाहिर खुलस्त प्रस्फुटन गर्न सक्दिन थि‘ए । तर उत्तरदायी र नलजाउने अनि निडर स्वभावका कारण गाउघरमा कुनै सानोतिनो कार्यक्रम हरुमा सहभागी बन्न पुग्थे।
त्यस पछि झनझन् सँगीत प्रति मोह बढ्दै गयो जब म १७ वर्षकि हुँदा देखि साहित्य सिर्जना तर्फ मोहित हुन थाले । भोजपुर वास्तिम बाट प्रकाशित एक पत्रिकामा सिर्जना छपाउने मौका पॉए मैले अनुभुति ग‘रे । साँगीतिक क्षेत्र भन्दा अलग छैन साहित्य । “पहिलो जन्म धर्ती टेके पाए कर्म हारेको
आमा त्यागी पराई भए भन्छन् कर्म सारेको”।
२०६९ फागुण १४ गते कान्तिपुर एफ, एम,पि,के,जि,एस बाट १ मिनेटको गीत प्रतियोगितामा बिजेता बन्दा अत्यधिक खुसि भए‘ । त्यस पछि परिवार सँग बिद्रोह गरेर काठमाडौ प्रवेश जब २ महिनाको अन्तरालमा भोजपुरको दुङमाली भाषाको गीत गॉउन पाउने खुसियाली सायद साँगीतिक यात्राको पहिलो खुसि बनेको थियो ।
मैले लगभग २ दर्जन गीतमा आवाज दिइसकेकि छु । सर्व प्रथम मेरो सोलो एल्वम “अन्तरा” र “छिटोङ ढिटोङ” नामक भाषिक एल्बममा समेट समाहित अब पुर्वेली गीति एल्बम सँगै कलेक्सन एल्वम एकसाथ ल्याउने तयारीमा छु ।
कहाँ सँगीत सिक्नु भयो ?
नेपालकै पहिलो नम्बर १ सँगीत महाविधालय कलानिधी ईन्दिरा सँगीत महाविद्यालय पुलचोक ललितपुरमा शास्त्रीय सँगीत शिक्षा ग्रहण रहेकी छु ।
गीत सँगीतमा भावी दिनमा के के गर्ने योजना छ ?
सर्वप्रथम देशले मलाई के दिन्छ होइन देशलाई म के दिन सक्छु? भन्ने भावनाले म जे सक्छु त्यही‘ गर्छु सँगीतकै माध्यम बाट देस प्रति योगदान गर्नेछु । यात्रा नमोडने सँकल्प बोकेकी छु ।
सँगीतमा लागेर भबिष्य छ ?
सँगीत पेट पाल्नलाई नभइ मोक्ष प्राप्तिका लागि पनि ग्रहण गरिन्छ जब सम्म सँगीत बाट म अलग रहन्न तब सम्म म आनन्दी जीवन जिउँदै गरेकी हुनेछु ।
संगीत क्षेत्रमा दु:ख कष्ट कतिको हुन्छ ?
सँसारमा आरामदायी र सरल चिज के होला त्यो त थाहा भएन तर हैरानी सँगै मीठो रमाइलो भएको ठान्दछु गीत संगीतमा ।

