अब औषधिलगायत खाद्यान्नको मूल्य अनिवार्य तोक्नुपर्ने

अब औषधिलगायत खाद्यान्नको मूल्य अनिवार्य तोक्नुपर्ने

  • बिहिबार, असार १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, १० असार ।

सरकारले औषधिलगायत खाद्यान्नको मूल्य अनिवार्य तोक्नुपर्ने व्यवस्था गर्न लागेको छ ।

औषधिजन्यलगायत खाद्यान्नमा मनोमानी मूल्य असुल्न थालेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले यस्तो नियम लागू गर्न लागेको हो । विभागले पत्रपत्रिकामा सूचना निकालेर यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।

विभागका महानिर्देशक शम्भु कोइरालाका अनुसार बजार नियन्त्रण गर्न मूल्य अनिर्वाय तोक्न पर्ने व्यवस्था गर्न लागिएको हो ।

उहाले औषधि व्यवस्था विभागसँग भएको छलफलपश्चात यस्तो व्यवस्था लागू गर्न लागेको बताउनुभयो । पत्रपत्रिकामा सूचना एक–दुई दिनमै सार्वजनिक गरिने विभागले जनाएको छ ।

आयात हुने अधिकांश सर्जिकल सामग्रीमा मूल्य उल्लेख नगरिएको पाइएकोले सोहि मौका छोपी केही व्यवसायीहरूले बढी मूल्य असुल्ने गरेको भन्दै विभागले औषधिमा मूल्य उल्लेख भए मूल्य विश्लेषण गर्न पनि सजिलो हुने ठहर छ ।

यस्तै भूकम्पयता केही व्यवसायीले खाद्यान्न, औषधि र निर्माण सामग्रीलगायत उपभोग्य वस्तुहरूमा बढी मूल्य लिई बिक्री वितरण गरेको गुनासो आएकाले त्यस्तो कार्य नगर्न भनेको छ ।

बढी मूल्य लिएको फेला परे जफत गरी कानुनबमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी