असार ६ काठमाण्डौं ।
नेपाल स्टक एक्सचेन्ज नेप्से मा आईतबार पहिलो दिनको कारोबार ६.६३ अंकले घटेको छ । बजारमा किन्नेहरु भन्दा बेच्नेहरु धेरै भएपछि ६ अंकको गिरावट सँगै परिसुचक ९ सय १७ दशमलव ९ अंकमा झरेको हो ।
नेप्सेमा कारोबार भएका बैंक बिमा, तथा विकास बैंकहरुको सेयर मूल्य घटेपछि समग्र बजार सुचक नकरात्मक भएको हो ।
दिनभरमा कुल १५ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको बजारमा ११६ कम्पनीका तीन लाख ९१ हजार ५५२ कित्ता सेयर खरीद बिक्री भएका छन् ।
उत्पादनमूलक वाहेक सबै सुचक ओरालो लागेको छ ।
उत्पादनमूलक भने स्थिर देखिएको छ ।
हाईड्रो कम्पनीहरु तर्फ ४१, होटलमा ३१ र बीमा उपसमूहमा २५ अंकको उच्च गिरावट रहेको थियो ।
त्यस्तै पहिलो उपसमूह बैंकिङमा ५ अंकको गिरावट आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline