डोल्पा, ५ असार ।
शुक्रबार डोल्पा साहित्यक मञ्चे दुनै बजारको राजाचोकमा खुल्ला गजल वाचन कार्यक्रम गरेको छ ।
श्रष्ठाहरुको सम्मान सृजनाहरुको उत्थान भन्ने मुल नाराका साथ डोल्पाका साहित्यिक स्रष्टाहरुलाई जागरुक गराउनको लागि यो कार्यक्रमको आयोजना गरिएको डोल्पा साहित्यिक पञ्चका अध्यक्ष चिन्तन डोल्पालीले बताउनु भयो ।
निकै लामो समय देखि साहित्य क्षेत्रमा कलम चलाउदै आउनुभएका भौतिक मल्ल जँगलीको बिशेष उपस्थिति रहेको कार्यक्रम डोल्पा साहित्यक मञ्चका अध्यक्ष चिन्तन डोल्पाली सहायक प्रमूख जिल्ला अधिकारी डोल्पा साहित्यिक मञ्चका सस्थापक सल्लाहाकार दिप खड्गा निर्मोहि लगायत डोल्पा जिल्लाका बिभिन्न स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
पहिलो पटक आयोजना गरिएको कार्यक्रम दर्शको मनै लोभ्याउने गारी अत्यन्नत रामाइलोका साथ सम्पन्न भएको थियो ।
उक्त खुल्ला गजल वाचन कार्यक्रममा आफना गजल वाचन गर्दै भौतिक मल्ल जँगलीले डोल्पाली साहित्यिक श्रष्ठाहरुलाई गजल बाटै थप उत्साहा तथा हौसला प्रदान गर्दै कुनै पनी समाज बिकसित हुनुमा साहित्यिको बिशेष योगदान रहने बताउनु भएको थियो ।