काठमाडौं, ५ असार ।
यस वर्षको एसएलसीको पुरक परीक्षा आगामी साउन २० गतेदेखि सुरु हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि आगामी साउन २० गतेदेखि २७ गतेसम्म पुरक परीक्षा सन्चालन गर्ने तयारी भएको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
यसवर्षको एसएलसी परीक्षामा नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत र आंशिकतर्फ १३ दशमलव ८० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । यसवर्षको नतिजामा सामुदायिक विद्यालयतर्फ उत्तीर्ण सङ्ख्या गत वर्षाको तुलनामा पाँच प्रतिशतले बढेको छ ।
यता संस्थागत विद्यालयतर्फ भने एक प्रतिशत घटेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यसवर्षको परीक्षामा पनि विगतमा जस्तै गणितमा सबैभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् भने क्रमशः विज्ञान र अङ्ग्रेजीमा बढी अनुत्तीर्ण भएको परीक्ष नियन्त्रण कार्यलयले जनाएको छ ।