काठमाडौं, ४ असार ।
यसवर्षको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक हुदैछ ।
परीक्षाफल प्रकाशित गर्ने तयारी अन्तिम चरणमा पुगेको र साझ सम्ममा परीक्षफल सार्वजनिक हुने परीक्ष नियनत्रण कार्यलय सानोठिमीले जनाइएको छ ।
नतिजा सार्वजनिक गर्नका लागि आज बिहान बिहान ११ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्धारेले जानकारी दिनु भयो । परीक्षा नियन्त्रक द्धारेका अनुसार बोर्ड बैठक सकिए पछि अन्तिम रुजु गरेर साँझ ५ बजेसम्म परीक्षाफल सार्वजनिक हुनेछ ।
गत वर्ष जेठ ३० गते एसएलसीको नतिजा सार्वजनिक गरेको भएपनि यसवर्ष भूकम्पले कार्यालय भवनहरुमा क्षति र्पुयाएका कारण परीक्षाफल केही दिन ढिला सार्वजनिक हुन लागेको हो ।
यसवर्षदेखि सुरु भएको प्राविधिक तर्फको एसएलसीको नतिजा भने एकहप्ता ढिलो हुने भएको छ । प्राविधिक विषयको नतिजा ग्रेडिङ सिस्टममा प्रकाशित गर्नु पर्ने भएकाले एक हप्ता ढिलो भएको उहाँको भनाई छ ।
गत चैत्र ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको एसएलसी परीक्षामा नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ जना, एक्जाम्टेडतर्फ १ लाख ५४ हजार १ सय ८३ जना र प्राविधिकतर्फ ३ हजार २ सय ८८ जना परीक्षार्थी सहभागी भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline