एसएलसी नतिजा दुई दिनभित्र

एसएलसी नतिजा दुई दिनभित्र

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ३ जेठ ।

परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका ९एसएलसी० परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको छ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने, ुढिलोमा शनिबारसम्ममा नतिजा सार्वजनिक गर्छौं। काम छिटो सकियो भने शुक्रबार नै नतिजा निकाल्छौं।

पनिकाले अहिले सानोठिमीस्थित कार्यालय परिसरमा एक सातादेखि निरन्तर नतिजा प्रकाशनसम्बन्धी काम गरिरहेको छ।

नतिजासम्बन्धी गोप्य काम गर्नुपर्ने हुनाले सर्वसाधारणलाई कार्यालयको मूलगेटबाट भित्र जान दिइएको छैन।

अति जरुरी काम गरेर आउने सेवाग्राहीको सुविधाका लागि मूलगेटनजिकै अस्थायी डेस्क राखेर सेवा दिइरहेको छ। अस्थायी डेस्क वरपर रातो डोरी टाँगेर सुरक्षाकर्मीले पहरा दिइरहेका छन्।

यस वर्षको एसएलसीमा नियमित तथा आंशिक गरेर पाँच लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी थिए। जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र आंशिकतर्फ एक लाख ४५ हजार एक सय ८३ जना सहभागी थिए।

नियमिततर्फ छात्राको संख्या दुई लाख १३ हजार सात सय १० र छात्रको संख्या दुई लाख १२ हजार पाँच सय चारजना थियो। आंशिकतर्फ छात्र ५१ हजार दुई सय ५३ र छात्राको संख्या ८५ हजार नौ सय ३० थियो।

परीक्षा चैत २ गते सुरु भएको थियो। यो वर्षदेखि विद्यालय तहमा प्राविधिक धार पढेका विद्यार्थीका लागि छुट्टै परीक्षा सञ्चालन गरिएको थियो।

प्राविधिक धारतर्फ तीन हजार दुई सय ५० जना परीक्षार्थी सहभागी थिए। अन्नपुण पोष्टमा खबर छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी