काठमाडौ १ असार ।
नेपाल पत्रकार महासंघले पत्रकार र कर्मचारीलाई तलव नदिने सन्चार गृहमा आज धर्ना दिएको छ । राजधानीमा सन्चालित हिमालय टेलिभिजन र एभिन्युज टेलिभिजनले कर्मचारीलाई तलव नदिएको भन्दै दवाव स्वरुप महासंघले आज सम्बद्ध सन्चारगृहमा धर्ना दिएको हो ।
महासंघले बिहान हिमालय टेलिभिजनमा र मध्यान एभिन्युज टेलिभिजनमा १ घण्टा धर्ना दिएको हाम्रा सहकर्मी बुद्धसरण शाहीले जानकारी दिनु भयो । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले माग पूरा नभएमा आन्दोलनलाई अझ सशक्त र प्रभावकारी ढङ्गले अघि बढाउने चेतावनी दिनुभएको छ ।
लामो समय देखि तलव नदिएकाले समय मै तलव भुक्तनी एवम् श्रमजीवि पत्राकार ऐन कार्यन्वयन लगायतका माग सम्बोधन गर्न महासंघले हिजोसम्मको अल्टिमेटम दिएको थियो ।
अल्टिमेटमको समेत वेवस्ता गरेको भन्दै महासंघले धर्ना दिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

