सुन तस्कर कम गर्न विशेष सर्तकता अपनाइने

सुन तस्कर कम गर्न विशेष सर्तकता अपनाइने

  • मङ्लबार, असार १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं,१ असार ।
नेपाल राष्ट्र बैङ्कले सुन तस्कर हुन नदिनका लागि विशेष सर्तकता अपनाउने तयारी गरेको छ । राष्ट्र बैङ्कका प्रवक्ता मीन बहादुर श्रेष्ठले भूकम्पपछि सुन तस्करी बढेपछि नाकाहरूमा हुने चेकजाँचमा कडाई गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

राष्ट्र बैङ्कले तस्करी बढ्न थालेपछि सुनको आयातमा लाग्ने भन्सार दर केही कम गर्न सक्ने समेत बताएको छ । चालु आर्थिक वर्षमा यो सम्भावना नभए पनि आगामी आर्थिक वर्षमा भन्सार दर केहि घटाउन सकिने प्रवक्ता श्रेष्ठको भनाई छ ।

नेपाल र भारतको सुन आयातमा भन्सार दरलाई समायोजन गर्न बैङ्कले सुनको भन्सार महसुल केही कम  हुनुपर्ने उहाँले बताउनुभयो ।  हाल नेपालमा दैनिक ५० किलो सुन अवैध बाटोबाट आउने गरेको सम्बन्ध व्यक्तिहरुले बताउँदै आएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी