पहिरोमा परी बेपत्ताको हुनेको अवस्था अझै अज्ञात

पहिरोमा परी बेपत्ताको हुनेको अवस्था अझै अज्ञात

  • मङ्लबार, असार १, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

ताप्लेजुङ, असार १ गते ।

ताप्लेजुङमा बुधबार राती गएको पहिरोमा परी बेपत्ता हुनेको अवस्था अझै अज्ञात रहेको छ । पहिरोमा परी बेपत्ता हुने २२ जनाको अवस्था अहिलेसम्म पनि अज्ञात रहेको हो । प्रहरीका अनुसार सबैभन्दा बढी लिबाङ गाविसका चार बालबालिकासहित १६ जना बेपत्ता छन् । यस्तै खोक्लिङका पााच र लिङ्तेपका एक जना बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार बेपत्ता हुनेहरुमा लिबाङ १ का ६२ वर्षीय मिङ्मालामु शेर्पा, २० वर्षीय प्रेम शेर्पा, १३ वर्षीया दिक्षा लिम्बू, छ वर्षीया शिक्षा लिम्बू, १३ वर्षीया ईक्शा राई, ५१ वर्षीय सञ्चबहादुर लिम्बू, ९५ वर्षीया आइतमाया लिम्बू, २० वर्षीय प्रेम लिम्बू, २० वर्षीया अञ्जु लिम्बू रहेका छन् । यस्तै लिबाङ २ का ६५ वर्षीय रामचन्द्र घिमिरे, ६० वर्षीया उमादेवी घिमिरे, ४५ वर्षीया देउमाया गिरी, १८ वर्षीय घजिन्द्र गिरी, १४ वर्षीया चन्द्रमाया गिरी, आठ वर्षीय चित्र गिरी र ४५ वर्षीय नारायण अधिकारी रहेका छन् ।
त्यस्तै खोक्लिङ ५ की ४० वर्षीया चन्द्रकला विश्वकर्मा, उमेर नखुलेका निता र अञ्जना विश्वकर्मा तथा खोक्लिङ ७ की ३३ वर्षीया राधिका खतिवडा र आठ वर्षीय भीम खतिवडा बेपत्ता छन् । लिङ्तेप ५ का भीमबहादुर नाल्बो लिम्बू पनि बेपत्ता छन् । उनीहरुको खोजी कार्यलाई जारी राखिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताउनुभएको छ ।


यता पहिरोमा परी मृत्यु हुनेको संख्या १४ जना बालबालिकासहित ३७ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकमध्ये थिङ्लाबुका १५ जना, लिबाङ १२, खोक्लिङ तीन, लिङ्तेप चार र सान्थाक्राका दुई जना रहेका छन् । पहिरोबाट २३ जना महिला र १४ जना पुरुषले ज्यान गुमाएका छन् । मृतक सबैको सव आफन्तलाई बुझाइ सकिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।
यस्तै पहिरोमा परी विभिन्न गाउाका १८ जना सख्त घाइते भएका छन् । घाइतेहरु केहीको जिल्ला अस्पताल ताप्लेजुङमा र बााकीको बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको पनि प्रनाउ कोइरालाले जानकारी दिनुभयो ।
यसैबीच पहिरो पीडितलाई आइतबारदेखि राहत वितरण गर्न सुरु गरिएको जिल्ला दैवीप्रकोप उद्दार समितिले जनाएको छ । मृतकका परिवार, बेपत्ता परिवार र अन्य पीडितको वर्गीकरणका आधारमा खाद्यान्न, लत्ता कपडा, पाल, औषधी लगायतका राहत सामग्री वितरण गरिएको समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताउनुभयो । प्रजिअ निरौलाले सोमबार पनि खोक्लिङ नजिक हान्द्रुङलाई केन्द्र बनाएर पीडित परिवारलाई राहत वितरण गरिएको बताउनुभयो ।
यता पहिरोका कारण लिबाङका मात्रै तीन दर्जन बढी परिवार विस्थापित भएका छन् । लिबाङका विस्थापितहरु हाल खोक्लिङस्थित मोती उच्च माध्यमिक विद्यालयमा बस्दै आएका छन् । यस्तै लिङ्तेपका करिव अढाइ दर्जन परिवार विस्थापित भएका छन् । उनीहरु पनि हाल स्थानीय स्वास्थ्यचौकी र विद्यालय भवनमा आश्रय लिएर बस्दै आएका छन् । विस्थापितहरुमा खाद्यान्न, लत्ताकपडा, खानेपानी लगायतको समस्या रहेको बताइएको छ ।
बुधबार गएको पहिरोबाट जिल्लाका पश्चिमी क्षेत्रका लिबाङ्, खोक्लिङ, सान्थाक्रा, खाम्लुङ, लिङ्तेप र थिङ्लाबुमा ठूलो जनधनको क्षति भएको र पहिरोले दर्जनौ घरहरु बगाउादा चार सय बढीको संख्यामा विस्थापित भएका छन् । त्यस्तै पूर्वी क्षेत्रका ताप्लेजुङ नगरपालिकासहित हाङ्देवा, खेबाङ, मामाङ्खे, आम्बेगुदिन, पेदाङ लगायतका गाविसमा पनि बिहीबार र शुक्रबार गएको पहिरोले दर्जनौ घरहरु बगाएको प्रहरीले जनाएको छ । पूर्व क्षेत्रमा गएको पहिरोबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले विद्यालय, झोलुङ्गे पुल, बाटो लगायतका अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ । यस्तै नगदेबाली अलैंची, अम्रिसो, चिराइतो तथा अधिकांश गाविसमा रोप्ने बेलाको धानको व्याड बगाएको स्थानीय किसानले बताएका छन् । यसैगरी पहिरोले धेरै पशुचौपाया समेत बगाएको किसान बताउाछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी