विप्लव माओवादीको टोलि सिन्धुपाल्चोकमा

विप्लव माओवादीको टोलि सिन्धुपाल्चोकमा

  • आइतवार, जेष्ठ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

कञ्चनपुर, ३१ जेठ ।

विप्लव नेतृत्वको नेकपा माओवादीले तेस्रो चरणको अभियान अन्र्तगत भुकम्पबाट प्रभावित १७ जिल्लाहरुमा राहत वितरण तथा पुर्ननिर्माण कार्य सुरु गरेको छ ।

यसै क्रममा सेतिमहाकालीको टोलीले आज आइतबार देखि सिन्धुपाल्चोकको महांकाल गाविसमा स्थानिय जनताका घरटहरा निर्माण कार्य सुरु गरेको छ ।

सेतिमहाकाली बाट पोलिट व्युरो सदस्य ओमप्रकाश पुनको नेतृत्वमा सहभागि २५ सदस्यिय टोलि १० दिन सम्म सिन्धुपाल्चोकमा पुनर्निमाणमा सहभागि हुने टोलि नेता ओमप्रकाश पुनले जानकारि दिनुभयो ।

भुकम्पबाट सबैभन्दा बढि क्षति भएको सिन्धुपाल्चोकमा माओवादी पार्टी चरणबद्द रूपले उद्दार,राहत र पुनर्निर्माणमा सहभागि भईरहेको विप्लव माओवादी सिन्धुपाल्चोकका सेक्रेटरी कमल माझीले बताउनु भयो  ।

स्थानिय जनताका घर टहरा निर्माण गर्न आफ्नो टोलि उत्सापुर्वक सहभागि भईरहेको टोलिमा सहभागि माओवादी कैलालीका सेक्रेटरी महेश बडुवालले बताउनुभयो ।

सेतिमहाकाली व्युरोबाट पहिलो टोलि तनहू लमजुङ ,दोस्रो टोलि काभ्रे र तेस्रो टोलि सिन्धुपाल्चोक मा पुनर्निर्माणमा जुटिरहेको माओवादीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी