कञ्चनपुर, ३१ जेठ ।
विप्लव नेतृत्वको नेकपा माओवादीले तेस्रो चरणको अभियान अन्र्तगत भुकम्पबाट प्रभावित १७ जिल्लाहरुमा राहत वितरण तथा पुर्ननिर्माण कार्य सुरु गरेको छ ।
यसै क्रममा सेतिमहाकालीको टोलीले आज आइतबार देखि सिन्धुपाल्चोकको महांकाल गाविसमा स्थानिय जनताका घरटहरा निर्माण कार्य सुरु गरेको छ ।
सेतिमहाकाली बाट पोलिट व्युरो सदस्य ओमप्रकाश पुनको नेतृत्वमा सहभागि २५ सदस्यिय टोलि १० दिन सम्म सिन्धुपाल्चोकमा पुनर्निमाणमा सहभागि हुने टोलि नेता ओमप्रकाश पुनले जानकारि दिनुभयो ।
भुकम्पबाट सबैभन्दा बढि क्षति भएको सिन्धुपाल्चोकमा माओवादी पार्टी चरणबद्द रूपले उद्दार,राहत र पुनर्निर्माणमा सहभागि भईरहेको विप्लव माओवादी सिन्धुपाल्चोकका सेक्रेटरी कमल माझीले बताउनु भयो ।
स्थानिय जनताका घर टहरा निर्माण गर्न आफ्नो टोलि उत्सापुर्वक सहभागि भईरहेको टोलिमा सहभागि माओवादी कैलालीका सेक्रेटरी महेश बडुवालले बताउनुभयो ।
सेतिमहाकाली व्युरोबाट पहिलो टोलि तनहू लमजुङ ,दोस्रो टोलि काभ्रे र तेस्रो टोलि सिन्धुपाल्चोक मा पुनर्निर्माणमा जुटिरहेको माओवादीले जनाएको छ ।



