किन ताप्लेजुङ बारम्बार प्राकृतिक प्रकोपको शिकार बन्छ ?

किन ताप्लेजुङ बारम्बार प्राकृतिक प्रकोपको शिकार बन्छ ?

  • शनिबार, जेष्ठ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

प्राकृतिक विपद भनेको कुनै पनि बेला हुनसक्छ । यो प्राकृतिक विपद आउादा कुनैको पूर्व संकेत हुन्छ त कुनै प्रकृतिक प्रकोपको संकेत हुादैन । प्राकृतिक प्रकोले न त बिपन्न भन्छ, न सम्पन्न, केहि भन्दैन मात्र यसको सामना गर्न मात्र अर्को बिकल्प हो । राम्रोसाग अध्ययन गर्न सकियो र शक्तिलाई केन्द्रित बनाउन सकेको खण्डमा बच्न वा न्यूनिकरण गर्न सकिन्छ ।
ताप्लेजुङ जिल्ला नेपालको पूर्वी भूभागको अन्तिम जिल्ला हो । भौगोलिक दृष्टिले अति दुर्गम र पहाडी जिल्ला भएको हुनाले जस्तोसुर्क प्रकृतिक विपत आउदा पनि सरकारको उपस्थिति कमजोर देखिन्छ । ताप्लेजुङ जिल्ला पर्यटकीय हिसाबले निकै चर्चित भएपनि राज्यको कमजोर उपस्थितिका कारण पर्यटकीय क्षेत्रको विकास हुनसकेको छैन भने कतिपय स्थानहरू प्रचारप्रसार हुन सकेको छैन । प्राकृतिक विपतका कारण पटक पटक ठूलो जनधनको क्षति हुादा समेत यहाको प्रशासन र सरकारी निकाय औपचारिकतामा सिमित हुनु बाहेक अर्को बिकल्प छैन । यसको प्रत्यक्ष प्रभाव र असर सर्वसाधारणले भोग्नु परेको छ । यसलाई सरकारको लाचारी भन्ने या प्रणाली र जनशक्तिको अभाव ?
   ताप्लेजुङमा प्राकृतिक विपत्तिका घटना पटक पटक किन ?

ताप्लेजुङ जिल्ला १ नगरपालिका र ४८ ओटा गाविस भएको पूर्वी पहाडी विकट जिल्लामा पटक पटक प्राकृतिक विपत्ति आईसकेको छ ।
.२०६० साल चैत्र १९ गते फुङ्लिङ बजारको वीरेन्द्र चौकमा भीषण आगलागी हुदा ४१ ओटा घर जलेर नष्ट हुादा मानवीय क्षति नभएपनि बजारको मुख्य व्यापार केन्द्र भएकोले झण्डै एक अर्बको धनमाल जलेर नष्ट  
. २०६८ साल असोज ०१ गते ताप्लेजुङ जिल्लाको कञ्चनजंघा हिमाल आसपासमा केन्द्रविन्दु बनाएर . रेक्टर स्केलको भूकम्पले सयौा घरमा क्षति पुगेको थियो
. २०६९ साल माघ १६ गते ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको शेर्पा टोलमा मनोज लिम्बूको घरबाट आगो फैलिएर घर नष्ट हुादा, २४ घर परिवार विस्थापित, लाखौाको धनमाल जलेर नष्ट  
.२०७० साल कार्तिक १८ गते टुक्रे क्षेत्रमा केशरी मादेनको घरबाट आगो फैलिएर ओटा घर जलेर नष्ट हुादा लाखौाको क्षति भएको थियो, त्यतिखेर दिउासो आगलागि भएको हुनाले ठूलो क्षति भएको थिएन  
.२०७१ साल चैत्र गते बेलुकी पनि आगलागीको घटना दोहोरिएको थियो लगतार घण्टासम्म आगो नियनत्रण गर्न नसक्दा आधा अर्ब बराबरको धनमाल जलेर नष्ट भएको थियो
. २०७२ साल बैशाक १२ गोरखाको बारपाक केन्द्रविन्दु, २९ गते दोलखा सिन्धुपाल्चोक केनद्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पले आंशिक क्षति गरेपनि अधिकांश स्कुलका भवनमा क्षति पुगेको, भूकम्पका कारण माथिबाट पहिरो खस्दा सावादिनमा जनाको ज्यान गएको थियो  
.२०७२ साल जेष्ठ २७ गते बुधबार राती भिषण वर्षासागै सदरमुकामको पश्चिमी क्षेत्रमा खसेको हिरोपछि आएको बाढीपहिरोले बगाएर थूकिमा, खोक्लिङ, लिबाङ, सान्थाक्रा, लिङ्तेप थिङ्लाबुमा ज्यान गुमाउने संख्या अहिलेसम्म ३८ जना सबैको सनाखत भैसकेको, वेपत्ता संख्या २३ जना, बेपत्ताको खोजीकार्य जारी .सदरमुकामको पश्चिमी क्षेत्रको उद्धारकार्य नसकिदै पूर्वी क्षेत्र सुरुङखिम खेबाङमा बाढिपहिरो जाादा ओटा झोलुङगे पुल, करोड बढी अलौची नष्ट, परिवार विस्थापित भएको  
जिल्लाको सदरमुकाम फुङलिङ बजार लगायत सिङ्गो जिल्लाको विभिन्न क्षेत्रमा यतिका धेरै पटक आगलागी र प्राकृतिक प्रकोप आईलाग्दा पनि सम्बन्धित निकायले दक्ष जनशक्तिको तयारी र एउटा दमकल समेत व्यवस्था गर्न सकेको थिएन तर सार्वजानिक खरिद ऐन अन्र्तगत २०७२ साल जेष्ठ महिनाको १३ गते एउटा दमकलको व्यवस्था भने गर्न सफल भएको छ । दमकलले मात्र जिल्लाको प्राकृतिक प्रकोपको सामना भने गर्न सक्ने स्थिति देखिदैन । सागै आगलागी नियन्त्रणको लागि भनेर फायर ग्यास प्रतिघर अनिवार्य राख्ने सरोकारवालाले बताएको छ जो ताप्लेजुङ उद्योग वाणिज्यसंघ मार्फत लिनहुन भनेर बाध्यकारी निर्णय गरिएको छ ।
२०७२ साल बैशाक १२ गते आएको विनाशकारी भूकम्पको अंशिक प्रभाव पारेको यस जिल्लाको अधिकांश शैक्षिक संथाहरू भूकम्पका कारण पूर्ण रुपमा प्रभावित छन् । विद्यार्थीलाई पालको टहरामा राखेर पढाउन शिक्षक बाध्य छन् तर सरकार र सम्बन्धित जिल्ला शिक्षा कार्यालय यो समस्या प्रति उदासिन देखिन्छ । हुनत राष्ट्रिय विपत्तिको अवस्थामा मुख्य प्रभावित क्षेत्रमा नै सरकारको उपस्थिति सक्रिय नदेखिएको अवस्थामा यस्तो गुनासो गर्नु युक्तिसंगत नहोला तर तुलनात्मक रुपले सरकार र स्थानीय प्रशासन अनि सरोकारवाला निकायहरूको भूमिका ताप्लेजुङ जिल्लामा सन्तोषजनक छैन ।
२०७१ चैत्र ९ गते बेलुकीको आगलागी र बैशाक १२,१३ र २९ गते गएको विनाशकारी भुकम्पको पराकम्पन नसेलाउादै भरी वर्षाका कारण २०७२ साल जेष्ठ २७ गते बुधबार राती भिषण वर्षासागै खसेको हिरोपछि आएको बाढीपहिरोले बगाएर थूकिमा, खोक्लिङ, लिबाङ, सान्थाक्रा, लिङ्तेप र थिङ्लाबुमा ज्यान गुमाउने संख्याको प्ररम्भिक यकिन तथ्याङ्क समेत समयमा दिन नसक्ने स्थानीय प्रशासन र सरकारसाग राहतको आशा त के उद्धारको न्यूनतम सहयोगको आशामा तुसारापात भएको छ । एकापटि स्थानीय प्रशासन र प्रहरीरीसाग यकिन तथ्याङ्क नहुनु अर्को तर्फ उद्धार, शव उत्खनन् र पुर्नवासको कार्यमा सक्रिय सामाजिक संस्था, स्थानीयबसीको तथ्याङ्कलाई लिएर सर्वसाधारण समक्ष सूचानाको हकको प्रत्याभूती दिलाउने संचार माध्यममा समेत आफ्नो आधिकारीक सूचना वा तथ्याङ्क लाद्न खोज्ने प्रशासनबाट सर्वसाधारणले के अपेक्षा गर्ने ?
सिङ्गो जिल्लाको सुरक्ष संयन्त्र र जिल्ला विपद व्यवस्थापन समितिका सम्पूर्ण अंगलाई सक्रिय बनाउनुपर्नेमा जिल्ला विपद व्यवस्थापन सैद्धान्तिक कुरा र औपचारिकतामा मात्र सिमित छ । केन्द्रीय निर्देशन र प्रणालीको फलो गर्नु आफैमा राम्रो नै हो तर बाढीपहिरोबाट घरवार विहिनलाई प्रारम्भिक राहत र उद्धार गर्नु प्रधानता हो । स्थानीय प्रशासन र जिल्ल विपद व्यवस्थापन समितिले ८ जना घाईतेलाई सदरमुकामसम्म झिकाउने र वी.पी कोईराला स्वास्थ्य प्रतिष्ठान, धरानमा ३ जनालाई रिफर गर्न बाहेक प्रतिकुल मौषमको बाहानामा सम्बन्धित निकायले बाढिपहिरो गए लगत्तै केही पनि गर्न सकेन ।
प्रारम्भिक राहत दिनपछि मात्र वितरण गरियो 
वर्षायामको अवस्थामा घरबारबिहिनलाई पाल वितरण गरेको छ तन पुर्नवासको व्यवस्था नै बल्ला आज (२०७२साल जेठ ३० गते, शनिबार) बाढिपहिरो गएको ३ दिनपछि काठमाण्डौबाट आएको नेपाली सेनाको हेलिकप्टरले पाल, चामल, चिउरा र दाल लगायतको प्रारम्भिक राहत पुर्‍याएको छ तर त्यो पनि अपर्याप्त मात्रामा । राहत वितरण गर्नु आफैमा सही भएपनि घरै नभएको अवस्थामा त्यो वितरण गरिएको राहत केमा बसेर खाने ? यथेष्टमात्रामा पालको व्यवस्था छ न त सुरक्षित स्थान न त राहत सामाग्री पर्याप्त नै छ । सरकारले आफ्नो ध्यान प्रधान समस्याको प्राथमिकीकरण गर्न नसक्दा, ज्यान गुमाउनेले त गुमाईहाले तर बााच्नेलाई ठूलो पीडा भएको छ । यस विषयमा नेपाल सरकार, स्थानीय प्रसाशन र सिङ्गो सरोकारवाला निकाय र राजनीतिक दलले ध्यान पुर्‍याउन आवश्यक छ, अन्यथा समस्याको निदान कठिन छ । यसले ताप्लेजुङ जिल्लाको मात्र होईन सिङ्गो राज्यको व्यवस्था र जनताको राज्य वा सरकारको विश्वासलाई चुनौति दिएको छ ।
     समस्याको समधान कसरी हुन्छ ? 
१. सर्वप्रथम जिल्लामा रहेको विपद व्यवस्थापन समिति नामकोभन्दा कामको समिति हुनु वा सक्रिय हुनु अवश्यक छ, जबकी कुनै विपदको सामना तथा व्यवस्थापन गर्नमा सहज होस् । जसलाई नेतृत्व गर्ने जिल्ला प्रसाशन कार्यालय वा प्रमुख जिल्ला अधिकारीसागको सहकार्य जिल्लमा कार्यरत सम्पूर्ण सरकारी तथा गैह्रसरकारी संघसंस्थासाग सहकार्य गरी अगाडि बढ्दा सजिलो तरिकाले मुभ हुनसक्छ । सम्पूर्ण सुरक्षा संयन्त्र नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई २४ सै घण्टा सर्वसाधारणलाई त्रास उत्पन्न गराउने र विना जानकारी सर्वसाधारणको घरभित्र पसेर विभिन्न बाहानामा सर्वसाधारणलाई दु:ख दिनेभन्दा विपद व्यवस्थापनमा हाई अलर्टमा राख्न आवश्यक हुन्छ । जसले कुनै पनि बेला विपदको सामना गर्न सकोस । सर्वसाधारणलाई सुरक्षाकर्मीबाट असुरक्षाको महशुस नहोस् । यो सागै सम्पूर्ण सुरक्षा संयन्त्रलाई कुनै पनि प्रकारको प्राकृतिक विपदको बेला त्यो बिपदलाई थेग्नको लागि दक्ष जनशक्ति जो तालिम प्राप्त टास्क फोर्सको रुपमा (दमकल,अग्नि नियन्त्रक, दक्ष उद्धार टोली) ईकाइगत फोर्स तयार गर्नु आवश्यक छ । ताकि ती सुरक्षा फोर्ससाग डण्ठीमात्र नहोस् । यसरी आवश्यक्ता अनुसार सामाग्री नभई डण्ठीमात्र बोकी गाउाघर वा घटना स्थलमा सुरक्षा संयन्त्र पुग्ने हुनाले नेपाली सुरक्षा निकायको खिल्ली उडाई डण्ठे सुरक्षा निकाय, पुलिस भन्ने बानीको विकासलाई नेपाल सरकार र सम्बन्धित निकायले निरुत्साहित गर्न आवश्यक छ ।
२. कुनै पनि भूगोललाई कुनै प्राकृतिक प्रकोपबाट उच्च जोखिमबाट जोगाउनको लागि कुन स्थानको माटो कस्तो प्रकारको छ ? कति भारवहन थेग्न सक्छ ? कुन स्थानको माटोले पानी सोस्न सक्छ ? कुन ठाउाको माटो थोरै वर्षामा पनि बहन्छ ? कुन भूगोल वस्ती विस्ताको लागि उपयुक्त हुन्छ ? कुन स्थान शहरीकरणको लागि उपयूक्त हुनछ ? कति भूगोलमा कतिको जनसंख्या बस्न सकिनछ र ति भूगोलमा कस्तो प्रकारका घर निर्माण गर्दा ठिक हुन्छ भन्ने सम्पूर्ण जानकारी वा इन्जिनियरिङ परीक्षणपछि वा भूगर्भविदको सल्लाह र तिनले प्रमाणित गरेको स्थानमा वस्ती तथा बजार विस्तार गर्नु आवश्यक छ । किन भने अहिलेको प्राकृतिक प्रकोपलाई हेर्ने हो भने बैशाक १२ गते आएको महाभूकम्पमा पनि पुराना र मापदण्डभन्दा बाहिर बानाईका घर तथा प्लाजाहरुमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको पाईन्छ । अव्यवस्थित शहर तथा वस्ती विस्तारको कारण आगलागी, बाढीपहिरो र प्राकृतिक प्रकोपबाट धेरै मानवीय तथा भौतिक क्षति भएको र उद्धार तथा नियन्त्रणमा समस्या भएको तथ्य उदाहरणहरु छन् । त्यस प्रकारको शिकार ताप्लेजुङ जिल्लाको सदरमुकाम लगायत हालसालै भिषण वर्षापछि आएको बाढिपहिरोले पारेको ठूलो क्षतिको असरलाई लिन सकिन्छ ।
३.भौतिक सामाग्रीको व्यवस्था गर्नु पनि अर्को प्राकृतिक विपदको सामना गर्नसक्ने एउटा बलियो आधार हो । विभिन्न प्राकृतिक विपत्तिहरु जस्तै: कुनै पनि स्थानमा आगलागी भएको खण्डमा आधारभूत आवश्यक्ता बाटोको अवस्था राम्रो वा फराकिलो वा नगरपालिका वा सडक विभागको मापदण्डमा विस्तार तथा व्यवस्था गर्न आवश्यक छ ताकी कुनै पनि प्राकृतिक विपद तथा आगलागी भैहालेको खण्डमा सजिलैसाग दमकल, एम्बुलेनस, सवारी साधन तथा जनशक्ति पुग्न सजिलो होस् । उद्धार सामाग्रीहरु हेलिकप्टर, सवारी साधन र उत्खनन्को लागि सम्पूर्ण आवश्यक सामाग्रीहरु इथेष्टमात्रामा हुन आवश्यक छ । आगलागीको सामना गर्नलाई हरेक नगरपालिका वा सदरमुकाम वा बजार वा साना बजार वा बाक्लो बस्ती भएको स्थानमा कम्तिमा पनि १ एम्बुलेन्स र १ दमकल र प्रत्येक नागरिकलाई जनचेतना फैलाएर फायर ग्याास खरिद गर्न आव्हान गर्न अति आवश्यक छ ।
४.प्रत्येक संभावनाको पहिचान गरी कुन भूगोलमा कस्तो संभावना बढी छ त्यसको विकासमा नेपाल सरकार र स्थानीय प्रसाशनहरु जुट्नुपर्छ । विकासीय क्षेत्र र सम्भावनाको पहिचान कसरी गर्ने त ? सर्वप्रथम विभिन्न क्षेत्रको पहिचान गर्नको लागि नेपाल सरकारले विभिन्न क्षेत्रलाई समेटेर बनाएको नियमावली, ऐन, तथा व्यवस्थालाई आधार मानी विकास गर्न सकिन्छ । ताप्लेजुङको हकमा पर्यटन विकासमा जोड दिईयो भने यहााको आर्थिक विकासको सम्भावना बढी छ । यहाा पाथीभरा माता, विश्वको तेश्रो शिखर कंचनजंघा हिमाल, फुङ्फुङ्गे झरना र विभिन्न हिमश्रृंखलाहरुको विकासमा जोड दिनुपर्छ जसले भोली बन्ने संविधानको आधारमा प्रदेशलाई अर्थिक रुपमा मुभ हुन सजिलो हुन्छ । जबकी जिल्लाको आर्थिक अवस्था सन्तोषजनक वा सक्षम भयो भने कुनै पनि प्राकृतिक प्रकोपको सामना गर्न सजिलो हुन्छ ।
५.अनुसाशन र कर्तव्य व्यक्तिको पहिलो परिचय हो । हरेक व्यक्ति, परिवार, समाज, संघसंस्था, सर्वसाधारणलाई सुसूचित गराउने संचार गृह, प्रसाशन, सुरक्षा संयन्त्र, सम्बन्धित सरोकारवालाले प्राकृतिक प्रकोपमात्र नभएर जुनसुकै अवस्थामा आफ्नो दायित्व इमान्दारीता बहन गर्न आवश्यक छ र कर्तव्य पनि हो ।
६. र धार्मिक मान्यता, संस्कार संस्कृति र मान्यतालाई आधार मान्ने हो भने, पाथीभरा देवीबाट विगतका वर्षमा भेटी ल्याए वा कसैले लगेमा अनिष्ठ हुने भनाई थियो । तर केहीवर्ष यता पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिद्धारा भेटी संकलन गरिएको छ । कि पाथीभरा देवी माताको सहि तरिकाले पूजा आराधना पो पुगेन की ? सोाच्नु आवश्यक छ ।
यति मात्र होईन बैज्ञानिक बस्ती विस्तार सबै भूगोलको माटो परीक्षणपछि मात्र बजार विस्तार (शहरीकरण) र भौतिक संरचना बलियो, प्राकृतिक प्रकोपको सामना गर्नसक्ने दक्ष जनशक्ति नेपाल सरकारले व्यवस्था गर्न ताप्लेजुङ मात्र नभएर सबै क्षेत्र, जिल्लामा अति आवश्यक छ ।
प्रतिकृयाको लागि : alok_kingkong@yahoo.com , ९८४१५११०९३

                                       लेखक युवा पत्रकार हुन् । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी