भुइाचालो सम्बन्धी साास्कृतिक सचेतना सम्पन्न

भुइाचालो सम्बन्धी साास्कृतिक सचेतना सम्पन्न

  • शनिबार, जेष्ठ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

बुटवल, जेठ ३० ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘भूकम्पसम्बन्धी साास्कृतिक जनचेतना अभियान–२०७२’ अन्तर्गत मुलुकका भूकम्प प्रभावित क्षेत्रमा यो अभियान जारी राखेको छ । यसै क्रममा डा. मुरारि पराजुलीको संयोजकत्वमा लुम्बिनी अञ्चलका गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही र नवलपरासीका विभिन्न स्थानमा यो अभियान सम्पन्न भएको छ ।
कार्यक्रम अन्तर्गत जेठ ३० शनिबार बुटवलको ट्राफिक चोकमा साास्कृतिक अभियानको समापन गरियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति सरुभक्तले भुइाचालोका कारण आमजनतामा सन्त्रास छाएको भन्दै राष्ट्रिय भावना जागृत गरि पुनर्निर्माणका लागि जुट्न सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको बताउनु भयो ।
अभियानका क्रममा बुटवलमा रहेको बागेश्वरी संगीतालयद्धारा भुइाचालो सम्बन्धी सन्देशमूलक गीत तथा नाचहरु प्रस्तुत गरिएको थियो भने साहित्यकार झपेन्द्र जीसीद्धारा लिखित र डा.मुरारि पराजुलीद्धारा निर्देशित “हाम्रो नेपाल घर” सडक नाटक प्रस्तुत गरिएको थियो । उक्त अवसरमा साहित्यकारहरु प्राज्ञ बुाद राना, प्रा.डा. कपिलदेव लामिछाने, देवेन्द्र घिमिरे, झपेन्द्र जीसी, बिजयसागर, रुद्र ज्ञवाली, दिपक ज्ञवाली, सुरेश सेन्चुरी, कविराज पौडेल, सोनु गुरुङ, रामचन्द्र श्रेष्ठ, खोमा तरामु मगर, लक्ष्मी शर्मा, पुरषोत्तम भण्डारी, गंगा अभिलाषी, देवी वाग्ले, लक्ष्मण श्रेष्ठ, विकास केसी, आकांक्षा भण्डारी, सबिता पन्थी, तेजु अर्याल लगायत लेखक साहित्यकार एवं कलाकारहरुले भूकम्पसम्बन्धी कविता, मुक्तक, गजल एवं लोक तथा राष्ट्रिय भावनाका गीतहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुटवल साहित्य परिषद्, रुपन्देही, प्रगतिशील लेखक संघ, रुपन्देही, सिद्धार्थ साहित्य परिषद् भैरहवा, बुटवल कला साहित्य संस्कृति प्रतिष्ठान, बुटवल साहित्य संगम, जीवराज स्मृति प्रतिष्ठान र बागेश्वरी संगीतालय लगायत साहित्यिक संघसंस्थाहरुको सहकार्य रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ