न्यून गुणस्तरको खाद्यान्न उत्पादन गरेको भन्दै ३६ उद्योग विरुद्ध मुद्दा

न्यून गुणस्तरको खाद्यान्न उत्पादन गरेको भन्दै ३६ उद्योग विरुद्ध मुद्दा

  • शनिबार, जेष्ठ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ, ३० जेठ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यून गुणस्तरको खाद्यान्न उत्पादन गरेको भन्दै पूर्वका विभिन्न ३६ उद्योग विरुद्ध मुद्दा चलाइएको छ ।

बजारमा ब्रान्डेड खाद्यान्न उत्पादन गर्ने ठूला उद्योगका उत्पादन समेत गुणस्तरहीन पाइएको भन्दै कार्यालयले ती उद्योगविरुद्ध कानूनी कार्वाही थालको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले बताउनुभयो ।

विभिन्न समयमा खाद्यान्नको नमूना संकलन गरेर क्षेत्रीय प्रयोगशालामा गुणस्तर परीक्षण गर्दा न्युन गुणस्थर फेला परेको कोइरालाको भनाइ छ ।

मुद्दा चलाइएका तीन वटा बिस्कुट उद्योग, दश वटा प्रशोधित पिउने पानी, सात वटा घ्यू तथा तेल उद्योग, प्रशोधित चाउचाउ उद्योगसहित चिया, बेसन, प्रशोधित दूध र स्वीट्स एण्ड स्न्याक्स उद्योग रहेका कार्यालय प्रमुख काइरालाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी