काठमाण्डौ ,२९ जेठ ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर आज बाडँफाँट हुने भएको छ । जेठ १४ गते भित्र बाडिसक्नुपर्ने सेयर कानुनी अड्चनका कारण तोकिएको समय सकिएको १५ दिनपछि मात्र बाँडफाँट गर्न लगाीएको हो ।
कानुनी रुपमा ६० दिनभित्र बाँडफँट गरिसक्नुपर्नेमा नेपाल धितोपत्र बोर्डले अनुमती नदिँदा दिलो भएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
कोषले बाँडफाँट गर्न आश्वासन दिएको समय जेठ १४ गते नै सकिएको हो ।
सेयर बाँडफाँड नहुँदा लगानीकर्तामाक्र कहिले पैसा फिर्ता पाउने भन्ने अन्योल छाएको थियो । बाँडफाँट पछि लगानीकर्ताले नपरेको सेयरको रकम फिर्ता पाउने छन् ।
स्थानीयबासी र क्रण दिने संस्थाका कर्मचारी ,कर्मचारी सन्चय कोषका बचतकर्ता र नेपाल बिद्युत प्राधिकरण तथा आयोजनाका कर्मचारीलाई सेयर निष्कासन गरीएको छ ।
सेयर समानुपातिक रुपमा बाँडफाँट गरीने कोषले जनाएको छ ।
तर आयोजना प्रभावित स्थानीयलाई गरिएको निष्कासन भने स्थगित भएके छ । एउटै आह्वान पत्रमार्फत सेयर दिन खोजिएपनि स्थनीयको लागि स्थगित भएकोले कानुनी जटिलता फुकाउन बोर्ड बैठकमा उक्त एजेण्डा लगीएको जनाईएको छ ।
तामाकोसीको सेयरका लागी रिण लगानीकर्ता संस्थाल र प्राधिकरणका कर्मचारी र सञ्चयकोषका बचतकर्ताले १८ अर्ब ३० करोड ९७ लाख रुपैया बराबरको आवेदन दिएका छन् ।
यो आयोजनाको दुई अर्ब ५५ करोड रुपैयाको सेयर निष्कासन गरिएको हो । दुई लाख १० हजार लगानीकर्ताले आवेदन दिएका छन् ।
