आज बिहान पनि दुई ओटा पराकम्प

आज बिहान पनि दुई ओटा पराकम्प

  • बिहिबार, जेष्ठ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ, २८ जेठ ।  
हालैको विनाशकारी भूकम्पपछि आएका पराकम्पहरु विस्तारै कम हुदै गएपनि अझै रोकिएको भने छैन ।

यसैक्रममा आज विहान १० बजेर २ मिनेटमा पुनः एउटा पराकम्प गएको छ ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि राती १२ बजेर २६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।

त्यस्तै हिजो चार रेक्टर स्केल भन्दा माथिको दुई ओटा पराकम्प गएको थियो । यो सँगै गत बैशाख १२ यता ४ रेकटर भन्दा माथिका ३ सय ७ वटा पराकम्प गएको केन्द्रका प्रमुख लोक विजयी अधिकारीले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी