सो अवसरमा नेपालीको बैंक खाता सञ्चालन, भारु ५०० तथा १००० का नोटसम्बन्धी विषय, भारतमा नेपाली उत्पादनले व्यहोर्दै आएको समीकारक महसुल (काउन्टरभेलिङ ड्युटी), नेपालमा भारतको लगानी तथा दुई पक्षीय व्यापार विस्तारका बारेमा छलफल हुनेछ।
अर्थमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलका नेता महतले भोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटी भूकम्पपछिको नेपाल सहायता सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्टले जानकारी दिए।
सहायता सम्मेलन आगामी असार १० गते काठमाडौँमा आयोजना हुने तय भइसकेको छ। अर्थमन्त्री महत उक्त सहायता सम्मेलनको संयोजक हुन्।
अर्थमन्त्री महतको नेतृत्वमा भारत भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका उपसचिव युगराज पाण्डे सहभागी छन्। उनी शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ।