नेपालमा विक्रम सम्वत १२१८ असार शुक्ल तृतीया सोमबाररका दिन पहिलो विनाशकारी भूकम्प गएको थियो | धैरै घर, मन्दिर र पुरतात्विक सम्पदा ध्वस्त भएका थिए । तर एतिहासिक सम्पदाहरु के कति भात्तकिये भन्ने खासै लेखा जोखा भने छैन | दोस्रो ठूलो भूकम्प विक्रम सम्वत १३१६ को हो | धेरै मानिसको मृत्यु भएको अनुमान गरिए पनि यकिन तथ्यांक छैन । यसको. ठिक १४९ वर्षपछि काठमाण्डुलाई केन्द्रबिन्दु बनाएर विक्रम सम्वत १४६५ मा तेश्रो भूकम्प आएको थियो । जुन भूकम्मले रातो मच्छिन्द्रनाथको मन्दिर जगैदेखि भत्कियो । त्यतिबेला काठमाण्डु उपत्यकाका धेरै मठमिन्दर र घरहरु भत्केका थिए ।बि स १८२४ असार १ गते एकैदिन २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पु¥यायोे । त्यसको कुनै आधिकारिक अभिलेख भेटिएको छैन ।.विक्रम सम्वत १८६७ जेठ १० गते अर्को भूकम्प गयो । भूकम्पबाट काठमाण्डु ललितपुर र भक्तपुरमा घरहरु भत्केका थिए । काठमाण्डु र ललितपुरमा ठूलो मानवीय क्षति भएन ।
यद्यपि मठमन्दिर धेरै भत्किए । भक्तपुरमा निकै मानिसको ज्यान गएको थियो ।
विक्रम सम्वत १८८० यमपञ्चकका दिन भूकम्प गयो जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्यायो । भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए पनि त्यसपछि नेपालमा गएका भूकम्पको तथ्यांक स्पष्ट पाइन्छ ।विक्रम सम्वत् १८९० भदौ १२ गते सोमबार साँझ करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको दोश्रो झड्का महसुस भयो । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु र बनेपा नराम्ररी प्रभावित भएका थिए । । काठमाण्डुमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो ।.नेपालको भूकम्प इतिहासमा सबैभन्दा विनाशकारी भूकम्प १९९० माघ २ गतेकोलाई मानिन्छ । त्यतिबेला काठमाण्डुमा राजा त्रिभुवन विक्रम शाह राजा थिए । संखुवासभाको चैनपुर केन्द्रबिन्दु बनाएर गएको ८ं.४ रेक्टर स्केलको भूकम्पले देशलाई नराम्रो असर पारेको थियो |घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो , तत्कालिन राणा प्रधान मन्त्रि जुद्ध सम्सेर सो समय राजा भन्दा पनि नीति निर्माण कर्ता प्रमुख थिए | करिब ४० प्रतिशत भत्किएका सम्पदा दुरुस्तै नबनी केहि हेरफेर भए भने केहि महत्वो पूर्ण सम्पदा भने राज्य कोष रित्तिएको कारण ले पूर्ण परिवातन गरि शाधारण मात्र बनाए |
..बि स १८०५ मा भिसेना थापाले काठमाडौँ सुनधारा धरहरा रहेको स्थान को दक्षीण पट्टि निर्माण गराएका बाघदरवार को आगाडी दुइ वटा मन्दिर मध्ये गुम्वजा सैलिको सिवालाये भने सामान्य मर्मत भएका थिए भने संगै रहेको ठुलो रामचन्द्र मन्दिर भने भकिये को थियो १९९० सालमा तर पुरानै स्वरुपमा तसविरमा मात्र सिमित रहे | पुराना सम्पदा का नमुना कार तथा कलाकार हरि प्रशाद बैध्य का अनुसार बैसाख १२ को प्रलाये कारी भुकम्प बाट क्षति भएका भत्किएका संरचना लाइ नया प्रविधिबाट बनाउदा भने पुरानै मौलिकता भने कायेमै रहन जरुरि रहेको बताउनु भयो |
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

