सिटी सफारीले गर्दा रिक्सा मजदुरलाई जीवीकोपार्जनमै समस्या

सिटी सफारीले गर्दा रिक्सा मजदुरलाई जीवीकोपार्जनमै समस्या

  • बुधबार, जेष्ठ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

झापामा केही समय अघिदेखि भित्रीएको सिटी सफारीले गर्दा पाईडल रिक्सा चलाएर जिबिकोपार्जन गर्दै आएकालाई समस्यामा पारेको छ । सिटी भित्रिएसागै रिक्सावालले भन्दा अन्यले खरिद गरी त्यसलाई नै ब्यवसाय बनाएपछि उनीहरु मारमा परेका हुन् । बिर्तामोड नगरपालिका–५ का कुसुमलाल राजबंशी सिटी भित्रिनु भन्दा अगाडी पाइडल रिक्सा चलाएर दैनिक १ हजार ५ सयदेखि २ हजारसम्म कमाउथे । तर, अहिले दिनको १ सय ५० देखि २ सय मात्र कमाई हुने साथै कहिलेकााही त चिया खाने पैसा समेत नहुने उनले बताए । उनले भने ‘ सिटी सफारी किन्नलाई पैसा छैन, यो रिक्सामा यात्रु नै चढ्न छाडे ।’ ३० बर्ष यता बिर्तामोडको सडकमा रिक्सा कुदाउदै आएका ६० बर्षिय उनले पाइडल रिक्साबाट अहिलेसम्मकै कम भाडा संकलन हुन थालेको बताए । भद्रपुर घर भई बिर्तामोड नगरपालिका ९ बिर्ताबजार बस्दै आएका गणेश रायको पनि भनाई उस्तै छ ।


बिर्तामोड–९ का चन्द्रसिंह राजबंशीले सिटी खरिद गरेको ७ महिना भएको बताए । उनले शुरु–शुरुमा दैनिक ३ देखि ४ हजार कमाएपनि अहिले १ हजारदेखि १ हजार ५ सय जती मात्र संकलन हुन थालेको जानकारी दिए । उनले भने ‘सिटी सफारी नगद खरिद गर्दा २ लाख ८० हजारमा दिन्छ तर, नगद नभएकाले किस्तामा खरिद गर्दा ३ लाख पर्न जान्छ ।’ उनले सिटी सफारी लिनका लागि १ लाख दिएका छन् । बााकी दैनिक १ हजार किस्ता तिर्दै आएको उनले बताए । ३० बर्षिय राजबंशीले पहिले १० बर्ष पाइडल रिक्सा नै चलाएको बताए । त्यस्तै बिर्तामोड–७ का अर्का सिटी सफारी चालक ३७ बर्षिय सन्जय माझीले पाइडल रिक्सा चलाएको २५ बर्ष भएको बताए । उनले भने–‘ म १० बर्षदेखि बुबासागै रिक्सा कुदाउन थालेको हुा ।’ उनले पाईडल रिक्सा र सिटी रिक्सामा शुरुमा हैन अहिले कमाई उस्तै हुने बताए । माझीले भने ‘ अहिले सिटी सफारीबाट दैनिक १ हजार ५ सय कमाई हुन्छ, त्यसमा किस्ता तिरेर बच्ने भनेको त्यहि ५/६ सय नै हो, तर, सिटीबाट शरिरलाई आराम हुन्छ ।’
यता ट्याक्सी चालक रामबहादुर लिम्बु भन्छन् ‘यो सिटी सफारीले गर्दा लोकल यात्रीहरु त्यती ट्याक्सी चड्न छोडे ।’ त्यसरी झापामा सिटी सफारी खरिद गर्ने बढेपछि पाइडल रिक्साबाला बिकल्प खोज्न बाध्य भएका छन् । उनीहरु कमाइमा भएको परिबर्तनसागै अन्य पेशामा पलायन हुने क्रम बढेको छ ।
सिटी सफारी संघ झापाका अध्यक्ष धनसिंह राजबंशीका अनुसार बिर्तामोडमा मात्र ३ सय बढी सिटी सफारी छन् । त्यसमध्ये यातायात ब्वस्था कार्यालयमा आधा मात्र दर्ता छन् भने संघमा १ सय ३४ वटा दर्ता रहेका छन् । संघले सिटी चालकबाट दैनिक २० रुपैयाा लेबी उठाउदै आएको छ । त्यसरी उठाएको लेबीबाट सिटीमा ५ हजार भन्दा बढीको खर्च लाग्ने भएमा संघको निर्णय अनुसार सहयोग गर्ने उदेश्य राखेको छ । एउटा सिटी सफारी यातायात ब्वस्था कार्यालयमा दर्ता गर्दा ११ हजार ७ सय २० रुपैयाा कार्यालयले लिने गरेको अध्यक्ष राजबंशीले बताए । राजबंशीले भने‘ बिर्तामोडमा १०/११ वटा, चारपानेमा २ वटा, सुरुङ्गामा २ वटा, केरखामा १ वटा, दमकमा ५/६ वटा सिटी सफारीका सोरुमहरु छन् साथै बिर्तामोडबाटै गएका १०/१२ वटा सिटी सफारी भद्रपुरमा सञ्चालनमा छन् ।’ यातायात ब्वस्था कार्यालयमा लाग्ने रकमका बिषयमा केन्द्रमा फोन गरेर बुझ्दा स्थानीय निकायमै बुझ्न भन्ने जवाफ आएको अध्यक्ष राजबंशीले बताए । नगदमा एउटा सिटी सफारी खरिद गर्दा न्युनतम २ लाख २० हजारदेखि अधिकतम २ लाख ८० हजारसम्म पर्ने गरेको राजबंशीले बताए । अध्यक्ष राजबंशीले भने ‘ सिटी सफारीलाई पार्किङ्गको ब्यवस्था गर्नु पर्ने हो त्यो अहिलेसम्म छैन र हामी सिटीको लागि बिधान लेख्ने क्रममा छौ ।’ यता यातायात ब्वस्था कार्यालयका प्रमुख जयकुमार घिमिरेले यस सिटी रिक्साको पनि दर्ता प्रक्रिया अन्य सवारी जस्तै भएको बताए । उनले सिटी सफारीको लाइसेन्नस २/३ महिनामा खुल्ने जानकारी दिए । यतायात ब्वस्था कार्यालयका कर्मचारी देबी फुयालले निजिको रातो प्लेटमा दर्ता शुल्क ४ सय ५० र नबिकरण एकसय लाग्ने बताए । १५ दिन भित्रमा दर्ता गरे १ हजार ५० रुपैयाा लाग्ने र त्यसपछि १६ दिनदेखि १ हजार ५० देखि ५ हजार रुपैयासम्म लाग्ने उनले बताए । उनले भने‘ हामीले अवधि हेरेर १ हजार ५ सय देखि २ हजारसम्म लिएका छौ ।’ फुयालले सडक सुधार दस्तुर बापत भञ्सार प्रज्ञापनपत्रमा उल्लेखित मूल्य र भ्याटको २.५ प्रतिशत लिने बताए । उनले भने ‘ निजिबाट भाडामा दर्ता गर्दा ७ सय ५० लाग्ने र नामसारीबापत ३ सय ८० रुपैयाा लाग्छ । ’ उनले यातायात ब्वस्था कार्यालयमा ३ सय २६ वटा सिटी सफारी दर्ता रहेको र १५/२० वटा कागजात नमिलेका कारण दर्ता प्रक्रियामा रहेको बताए । उनले स्थानीय निकायमा दर्ता गर्ने प्रावधान रहेकोले नगरपालिका तथा गाबिसमा समेत दर्ता भएको बताए । सिटी सफारीको तेस्रोपक्ष बिमा समेत गर्नुपर्ने फुयालको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी