मनहरु टाढा टाढा पनि थिए होलान् , जात पातको भेदभाव पनि थियो होला । राई लिम्बु, क्षेत्री बाहुन , दलित आदि भनेर विभेद छुट्याउने चलन थियो पनि । दलगत स्वार्थहरु पनि थिए होलान । तर बैशाख १२ को महाभूकम्प पछि आखिर भिन्नताहरु बोक्ने सबैका मनहरु उत्तिकै पीडामा थिए ।
महाभूकम्पले त्यसरी प्रभाव पारेका जिल्ला मध्य ओखलढुंगा पनि एक हो । यस जिल्लामा पनि बैशाख २९ गतेको भूकम्प पछि धेरै बस्ती र स्कुलहरु एवं श्वास्थ्यचौकीहरु भत्किएर नाश भएका थिए ।
त्यस पछि हामीले लिम्वुवान वाट किरात बाहुल्य रहेको ओखलढुगा जिल्लामा पुननिमार्णको काम गर्ने अवसर पायौं । यो अवसर जुराएको थियो हाम्रो पार्टी एकीकृत नेकपा माओवादी केन्द्रीय समितिले ।
पार्टीको आदेश अनुसार यसरी भत्किएर तहस नहस भएका १७ जिल्ला मध्य लिम्वुवान राज्य समितिका ईन्चार्ज टंक आङबोहाङको नेतृत्वमा सबै जवस, युवा र पार्टीकर्ताहरु गरी ६० जना जेष्ठ दोस्रो साता बसको यात्रा मार्फत सिन्धुली मन्थली ढॉडे हुदै हाम्रो टिम ओखलढुंगाको रगनी गाविसमा पुग्यो ।
त्यसमा हामीले हाम्रो टिमलाई अलग अलग साना समुहमा बॉडी रगनी गाविसको नर्मदेश्वर मावि चपेटी , चण्डेश्वर निमावी रगनी , त्यसै गरी पोकली मा रहेको जनजीवन उच्च मा.वि. , टारकेराबारीमा रहेको कालिका निमा.वि., त्याहाकै श्वास्थ्य चौकी , आदिको निमार्णमा हामी अहोरात्र खटियो ।
हाम्रो टिमको नेतृत्व गर्नु भएको थियो लिम्वुवान राज्यका ईन्चार्ज एवं नेपाल क्रिकेट संघ क्यानका निवर्तमान अध्यक्ष टंक आङबोहाङ प्रभावले ।
लिम्वु समुदायको संस्कार अनुसार मिजासिलो, सहयोगी अरु दुखीहरुलाई सहयोग गर्ने भावनाले लैस देखिएका आङबोहाङको टिममा अखिल क्रान्तिकारीको लिम्वुवान संयोजकको हैसियतमा यो पङितकार सहित, ईलाम जिल्ला ईन्चार्ज रमण, पाचथर जिल्ला अध्यक्ष सूर्यमान जबेगु , ताप्लेजुङका अध्यक्ष खेल प्रसाद बुढाथोकी , धनकुटा अध्यक्ष एवं पूर्व अर्थराज्य मन्त्री हरी खेवा, तेह्रथुमका अध्यक्ष दुर्गा प्रसाद चापागाई सचिन सहित तमाम लिम्वु तथा गैर लिम्बु कमरेडहरु एउटै मन एउटै भावना र एकै साथ हामी किरात राज्यको ओखलढुगाका समुदायको दुख:मा सहयोग गर्न पुगेका थियौं ।
रगनी सहित केही गाविसमा सत्ताधारी काग्रेसका जिम्मेवार कार्यकर्ता, शिक्षक कर्मचारीहरुले कतिपय ठाउमा पुननिमार्णमा सहयोग पुऱ्याउनुको सट्टा असहयोग गरेको देखियो ।
हामीले स्कुल बनाउन कोदालो माग्दा समेत शिक्षकले समेत माओवादी भन्दै कोदालो दिन नमानेको देख्दा अचम्म पनि लाग्यो त्यही ठाउहरुमा हामीलाई स्कुल र श्वास्थ्य चौकी निमार्ण गरे पछि गाउलेहरुले फुलमाला र धन्यवाद पत्र सहित विदाई गर्दा अझ बढी देशप्रति जिम्मेवारी बोधको अनूभूति हाम्रो पार्टी र टिमले गऱ्यो ।
सोही समयमा हामीले युद्धका समयमा एक अर्कालाई शत्रु ठानेर लडाई लडे पनि हामीले द्धन्द विर्सेर नेपाली सेनाका साथीहरुसग‘ समेत मिलेर पुननिमार्णको काम गऱ्यौं ।
- पुननिमार्ण पछि माओवादी कार्यकर्ता र नेपाली सेनाको टिम सामुहिक तस्वीर खिचाउदै ।
हामीले जब स्कुल, श्वास्थ्यचौकी बनाउने जनताको घरमा उनीहरुसगै खोले ढिडो खॉदै बास फुटाउने, ओसार्ने , ढुगा बोक्ने, रुख काटेर मुडा बोक्ने काम गरे पछि जनताहरुको मन मात्र हामीले जितेनौं हामीले आफैले लगेका बन्दोबस्तका सामानहरु कुकर, थाल, त्रिपाल, चामल, लगायतका सामाग्री आफू बास बसेकै घरमा सहयोग स्वरुप हामीले जिम्मा दियौं ।
यसले हामीलाई लिम्वुानको पहिचान सहयोग र दुख:को साथी पनि हो भन्ने बनाउन मद्धत पुऱ्यायो ।
यसरी जात, क्षेत्र, संस्कृतिका आधारमा एउटै मुलबाट उदाएको देखिने लिम्वुान र किरातको सम्बन्ध हामीले भूकम्प पछिको पीडिाका साथै न्यानो सहयोगको भावनाद्धार जोड्न सफल भएकोमा निकै हामी गौरावान्वीत छौं ।
- तस्वीर / सुबास नाल्वो
यसरी नै हामी सबै नेपालीको तन, मन एकै साथ लगाएर जुट्ने हो भने भूकम्पले ध्वस्त पारेको हाम्रो देशको पुननिमार्ण सुन्दर र तीव्र गतिमा गर्न सकिन्थ्यो ।
साथै हामीले त्याहा भूकम्प पीडित जनताकोमा राज्य पुगेको अनुभूति गरिएन । राज्यले राहतका नाममा कति सम्म दुख: दिएको छ भने एक पोका चाउ चाउ र एउटा चोलो लिन दुई दिनको बाटो समेत धाएर हिडेको आमा दिदी बहिनीहरु देख्दा हाम्रो मन निकै कुडिएको थियो तर पनि हामी विवस थियौ हामी सग हाम्रा हात बाहेक सहयोग गर्ने अरु विकल्प थिएनन् ।
मेरो निष्कर्ष के हो भने राज्य नभएको अनूभूति जनतालाई छ आफ्नो पुननिमार्णका लागि सबै जनता एकसाथ अघि बढ्नु पर्छ , राज्यको स्वेच्छाचारी , विभेद र उपेक्षाको विरुद्ध पनि आवाज उठाउनु उत्तिकै खाचो किरात मैदानको पीडिाबाट देखियो ।
( लेखक, अखिल क्रान्तिकारीका लिम्वुवान राज्य संयोजक हुन् )





