काठमाडौ, २६ जेठ ।
खोटाङलाई लोडसेडिङमुक्त बनाउने लक्ष्यका साथ उत्पादन गर्न लागिएको मेवाखोला हाईड्रोपावरको ८० प्रतिशत काम सम्पन्न भएको छ ।
मंसिरदेखि निर्माणको काम थालिएको मेवाखोलास्थित हाईड्रोपावरको काम तीब्र गतिमा भइरहेकोले आगामी असोजसम्ममा सञ्चालनमा आउनेछ ।
साप्सु कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाडौंको प्रवद्र्धनमा उत्पादन हुन लागेको एक मेगावाट क्षमताको हाईड्रोपावरको ८० प्रतिशत काम सम्पन्न भएको कम्पनीका मेनेजिङ डाईरेक्टर अर्जुन राईले जानकारी दिनुभयो ।
७० प्रतिशत बैंक लगानी तथा ३० प्रतिशत उपभोक्ताको शेयरबाट सञ्चालन गर्न लागिएको हाईड्रोपावर १९ करोड रुपैयाँको लागतमा सम्पन्न हुन लागेको हो ।
हाईड्रोपवरको कामलाई महाभुकम्पले कुनै प्रभाव नपारेकोले पनि समयमै काम सम्पन्न हुने विश्वास गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline