पृष्ठभूमि
काठमाण्डु उपत्यकामा मंगोल मूलका आदिबासी मूलबासी डोने जाति डोनेवार हुदै लिच्छबी शासनकालमा डनुवार बनेका थिए । यस डोने जातिमा कथ्य किंबदन्तीहरु अझ्m पनि श्रद्धयभावमा भेटिन्छ । यो मूलबासीले रातो/सेतो दुबै मछिन्द्रनाथलाई (नागदेब) कूल देबता ठान्छन् र प्रकृतिको पुजा बिषेश रुपमा गर्दै आएका प्रकृति पुजक जाति हुन् । उपत्यका खाल्डोमा मच्छिन्द्रनाथ प्रकृतिदेब बालक मानिसको भेषमा प्रकट भई आएका बेलामा काठमाण्डुका मूलाबासी ज्यापूले चिनेर समात्ने सिलसिलामा डोने मि:झार (तान्त्रिक गुरु) ले चिनेर आश्रय दिएका थिए भन्ने पौराणिक कथा आजकाल(बर्तमान)को नयाा पुस्तामा समेत लोकप्रिय रहेको छ । मच्छिन्द्रनाथलाई डोने मि:झारले बचाएको हुनाले यो जातिका पूर्खालाई खुसीले उपहार स्वरुप “भोटो उपहार” दिएको कथाहरु निकै प्रचलित सुन्न समेत पाईन्छ । तर,ज्यापुहरुका दलबलले डोने मि:झार बुढोसंग भएको भोटो खोसेर लगेका भनाईको पनि यो जातिमा एैतिहासिक किंबदन्ती रहेको छ । तर,डोने मि:झाारेलाई उपहार दिएको भोटो जोगाई रक्षा गर्न नसकेकोले यो जातिका पुर्खाहरु डरपोक भएको भन्ने कथनहरु समेत रहेको पाईन्छ । त्यस पछि यो डोने जातिलाई आफ्नो रक्षा गर्न नसकेको समुदाय भनि नेवा:खाल्डो(नेपाल खाल्डो)उपत्यकाका ज्यापु समुदायको मानिस तथा छलछामको खेती गर्ने क्षेत्री र बाहुनहरुले समेत कालान्तार पश्चात हेय तथा उपहास गर्दै आएको भेटिन्छ । त्यसैले यी नेवा: जातिले समेत आफूहरु थिचोमिचोमा पर्दै आएको र राज्य संचालन तहतप्काका शासकको दमनकारी तथा बिभेदपूर्ण कदमहरु भोग्न बाध्यता रहेको यो जातिले स्वीकार गरेको देखिन्छ । यस समुदायलाई हेयको भावमा हेरी ब्यबहार गरेकाले यो जातिको मानवीय बिकास हुन नसकेको हो । जातीय बिकासमा निकै पछि ढकेलिएको यो जाति सोह्रसय बर्षपछि समाज रुपान्तरण गर्ने अगुवा पूर्खाहरुले हेयको भावबाट मुक्त र बिकास गर्न आफ्ूmहरुलाई बहादुरी देखाउनका लागि यो समुदायको अग्रज पुस्ताहरुले किराती राई जस्तो झ्वााकी रहेछ भनि ब्यक्ति बिशेष दिएको उपनामका कारणबाट नै राईडोने भनिन थालेको हो । त्यसैले आज यो जातिको सन्तानहरुले राईडोने स्वीकार गर्दै आएको पाईन्छ । अर्कातिर डोनेले किरााती राईको छोरीसित बैबाहिक संम्बन्धबाट जन्मिएको सन्तानलाई राईडोने भनिएको हो भन्ने एैतिहासिक कथन पनि रहदै आएको छ ।
आदिम पृथक मौलिकता पहिचान रहदा रहदै पनि मैथिली रजपुत समुदायको जातीय बौद्धिक अपाङ्गता भएको ब्यतिmहरुबाट डोनेको बास्तबिक पहिचानको चीरहरण गर्ने कार्यको थालनी भएको छ । द्रोर्णाचार्य ऋषिको सन्तान भनाउादा लठयैतहरुको आर्य हिन्दुसंस्कृतिको कर्नाटक बंशी तथा सिम्रोनगढको राजा सिंहदेवहरुको सन्तान स्वीकार गर्ने र हरिसिंह देबको सन्तान हौ भनि एैतिहासिक बिरासतलाई मान्दै आएको सिंह जातिले डोनेबाट अपभ्रश भई दनुवार भएको प्रकृति पुजक मंगोलियन दनुवार समुदायको इतिहास खरानी बनाउने अभियानमा लागेको देखिन्छ । जयस्थिति मल्लकालिन तथा नेपालको मध्ययुगिन स्वीकार गरेका डोने जातिलाई आदिमबासी भनि मानवशास्त्री तथा समाजशास्त्री एंव संस्कतिबिद्हरुले तराईको मैथिली दनुवार भन्दा अलग नस्ल हो भनि स्वीकार गरि सकेका छन् ।
डोनेको पहिचान संकट
मैथिली राजपुत वा रजपुतहरुका मधेसी संस्कृतिका रजहन,रझहन,राजन र सिंह समुदायको एक थरीदनुवार लेखाउन अभियान संचालन गर्ने रजहन सिंहहरु दनुवार जागरण समितिलाई आदिबासी जनजाति महासंघ र आदिबासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले दनुवार लेखेकै आधारमा एककै हुन् भनेर दमनकारी नीति अबलम्बन नगरियोस । डोनेको फरक पहिचान एैतिहासिक जन्म, मृत्यु र बिबाहको संस्कृति,भेषभूषा,खानपान तथा भाषाको र सयौ सताब्दीऔ बसोबासको थातथलोको आधारमा आदिबासी जनजाति डोनेको सुचिकरण हुनुपर्छ । एउटै नश्ल स्वीकारेका किरााती समुदायलाई भाषिक आधार मानेर सुचिकरणको सुचिमा राख्ने,मार्फाली थकली , बाह्र गाउाले थकाली हुुने र आठ पहरिया राई पनि फरक हुने तर डोने/दनुवार तथा उपत्काली एैतिहासिक पहिचान बोकेका तथा पहाडी दनुवार वा डोने जाति चाहि नहुने ?
दनुवार जागरण संस्थाको नामबाट डोने जातिको पहिचान माटोमा मिलाउने हर्कत भएको देखिन्छ । यो जातीय संस्थाले नेपालको सबै प्रकारको दनुवार समुदायका इतिहास लोप गरि मिथिला संस्कृतिको रजहन दनुवारको पृष्ठपोषणको काम गर्दै आएको छ । आफूहरुलाई दनुवार भन्ने गरेको पाईन्छ । डोने समुदायको मानिसहरुले आफ्नो समुदायलाई अपभं्रश हुदै दनुवार भएको हो भन्ने बिश्वास मान्दै आएका छन् । तर मधेशी समुदायको हिन्दु आर्य मैथिल सस्कृतिलाई सांस्कृतिक पहिचानको धरोहर मानी आएका सिंह तथा रजहन दनुवार भन्दा फरक सांस्कृतिक पहिचान भएको डोने जातिलाई भारतेली आयातित पहिचान स्वीकार गर्न उर्दी गरेको छ ।
मैथिल तथा कर्नाटकबंशी जनैधारी (रजहन,रझहन रजुवार,राजन वा राजपुत) दनुवारको कित्तामा सुचिकरण गर्ने आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई तथा आदिबासी जनजाति महासंघको केन्द्रिय संस्थामा आबद्ध भई एउटै जातीय शब्द “दनुवार” लेखेकै कारणले डोने जातिको आदिबासी जनजाति पहिचान लिलाम गर्न उद्धत्त देखिएको “दनुवार जागरण समिति” जस्ता जातीय संस्थाले डोने जाति तथा समुदायको पौराणिक एैतिहासिक डोनेली सांस्कृतिक पहिचानमाथि ताण्डबनृत्य देखाएको पाईन्छ ।
डोने जातिको संकटापन्न तथा लोपोन्मुख मौलिक पहिचानको सम्मान गर भन्दै यो समुदायको बुद्धिजीबिहरु संघर्ष गरिरहेका छन् । पहिचान स्थापित गर्न डोने बिकास समाज एकल जातीय संस्था तथा यस समुदायको अग्रज तथा बुद्धिजीवि र जातीय संस्कृतिका डोने बिज्ञहरु एंव नयाा पुस्ताका युवाहरु आफ्ना जातीय पहिचान स्थापितका हिमायतीहरु निरन्तर रुपमा लागि पर्दै आएका छन् ।
अस्तित्व लोपोन्मुखतर्फ
भारतका बैशाली तथा बिभिन्न ठाउाबाट आएका फिरन्ते ब्राह्मण समुदाय मानिस आज मधेसी बाहुन र पहाडे बाहुन भएको छ । त्यसैगरी पहाडीया दलित र मधेसी दलितको कित्ताकात भएको छ । यी समुदायको सामाजिक अध्ययन अनुुसन्धान गर्दा पानी बाराबार भएको देखिन्छ । तर, भिन्न भिन्न दिशाबाट आएका सिंह,कछारे र डोने समुदाय कसरी एक हुन्छ ? दनुवार लेखेकै आधारमा मौलिक संस्कृतिको पहिचान डोने दनुवारको कहिल्यै एक हुन सक्छ ? यो अब्यबहारिक तथा अबैज्ञानिक अध्ययनले मौलिक पहिचानको भएको डोनेको हत्या गर्दै आएको छ । दनुवारका बारेमा लेख्ने लेखकहरुको अबैज्ञानिक लेखबाट र आदिबासी जनजातिका डलर भजाऔं लेखकहरुबाट लेखिएका पुस्तकहरु भ्रमित र मिथ्या काल्पनिक कोरा इतिहासहरुको खोस्टा सो सहरका छन् ।
यसमा कुनै बिस्वासीलो आधार पाईदैन । डोने जातिका समुदायहरुको सचेतक,चिन्तकहरुले अस्वीकार गर्दै आएका पाईन्छन् । मधेसी तथा मैथिल समाजको दनुवार र पहाडीया वा डुन(दुन)का डोनेबाट दनुवार स्वीकार गरेको दनुवारबीच आदिबासी जनजाति महासंघले एउटै दनुवारको परिभाषाबाट ब्याख्या गर्ने संस्कार त्याग्नु पर्छ । पहाडीया डोनेको पहिचान मेटिने र मैथिल रजहन दनुवारको इतिहास बन्ने सुनिश्चित रहेको छ । खरो चुनौतीका साथ भन्नै पर्छ । मरेको मधेसीले ज्यूदो पहाडेलाई ठग्छ भन्ने लोकोक्तिको सार यहाा पुष्टि भएको छ । मधेसी मैथिल रजहन दनुवार भनेर इतिहासको कोरा कल्पना गरि उदयमान हुने नौटंकी गरेको तराई क्षेत्र सिराहा, सप्तरी धनुषा, महोत्तरी ,सर्लाही,बारा,रौतहट र पर्सा जिल्लाको टोटल जनैधारी मैथिली रजहन तथा सिंह समुदायको दनुवारहरु आज असली डोने/राईदनुवार वा राई मात्र लेखाउने मकवानपुर,धादिङ,नुवाकोट,गोर्खा,चितवन, रसुवाका आदिबासी भनेर स्थापित भएको पहिचानलाई मधेसीबासी जनजाति भनेर बर्गिकरण राखिएकोमा ठूलो आपत्ति रहेको डोने बिकास समाज र देबास राई समाजको रहेको छ । मधेसी जनैधारी ंिसंह तथा रजहनहरुको दनुवार जागरण समितिले पहाड तथा काठमाण्डौ उपत्यकाबासी राई भन्ने दनुवार, डोने भन्ने दनुवार,देबास भन्ने दनुवार हाम्रै पुर्खाको सन्तान हुन् भनेर जातीय आत्मनिर्णयको अधिकार हजारौ हजार बर्षको जाति तथा समुदायको संस्कारलाई हस्तक्षेप गर्ने पिशाचननीति अबलम्बन गरेको अभियानप्रति डोने/राईडोने बिध्यार्थी संघले जागरण समितिको भण्डाफोर अभियान संचालन गर्दै आएको छ । सांस्कृतिक अधिकारमाथि ठाडो हस्तक्षेप गर्ने मैथिली रजहन जनैधारी दनुवारको हर्कत आजउ राष्ट्रिय प्रतिष्ठान र आज महासंघ केन्द्रिय समितिले दुधको दुध पानीको पानी छुट्यानु नितान्त आवाश्यक रहेको छ ।
दनुवार भनेकै आधार मानेर लेखिएको ईतिहासलाई डोने जातिका समुदायलाई अमान्य बनेका छ । र, मान्नु पनि कुनै आधार छैन । मधेसी सिंह जातिसंग डोनेबाट अपभ्रंश बनेका जात तथा समुदायलाई एक पहिचान र अस्तित्वको एउटै पगरी गुथाउने कार्य आज मान्य छैन् । दनुवार जातिका बारेका लेखिएका जति पनि पुस्तकहरु छन् । तीनीहरुमा कूनै एक मत छैन । त्यसैले पनि कााचो इतिहासको मान्यता यहाा मान्नु पर्ने बाध्यता र कर छैन । डोने समुदायको बारेमा लेख्ने र बोल्ने हो भने डोने समुदायकै लेखकको जन्म हुनु आवाश्यक छ । अरुले लेखेका इतिहासमा गहन गर्ब गर्ने तुक भेटिएको छैन ? त्यो भन्दा त अलिखित किंबदन्तीका भनाईमा बैज्ञानिक र गर्बको बिषय हुन सक्छ । डोनेको पहिचान हत्यारा लेखकका किताबहरु हाम्रा डोने समुदायलाई मान्य हुने छैन ।
डोने र पुस्तको भ्रम :–
उपत्यका काठमाण्डु तथा आसपासको धादिङ, नुवाकोट, काभ्रे,सिन्धुपाल्चोक ,मकानपुर लगायतका जिल्लालाई डोने,डोनेवार हुदै राईडोने , राईदनुवार भएका आदिबासी जनजाति प्रागएैतिहासि थात थलो स्वीकार गर्दै आएका डोने/राईदनुवार जाति कछाडे दनुवार र मधेसी सिंह दनुवार भन्दा अलग्गै समुदायको डोने दनुवार आदिम जनजाति समुदाय हो । यसमा कुनै दुईमत छैन । सत्रौ सताब्दीतिरको सिम्रौनगढको इतिहास डोनेवारबाट भएका दनुवार जातिको पूर्खौली पहिचान होईन तर कर्नाटक बंशीय सिंह देबहरु अर्थात ऋषि द्रोर्णचार्य तथा राजा हरिसिंह देबका सिंह दनुवारका हुन् । नथुनी सिंहले लेखेको “आदिबासी दनुवार” एक परिचय किताब एक मधेसी जनैधारी रजहन उर्फ सिंह समुदायको दनुवारको प्रतिनिधि मुलक किताब हो । तर नेपाल खाल्डोबाट इतिहास खोज्ने डोनेवार (दनुवार)को इतिहासलाई मौलिक पहिचान मेट्ने किताब नथनीले लेखेका किताबलाई आधार मानी लेख्ने डोनेको इतिहासमा मिथ्या साबित भईसकेको छ । त्यस्तै अर्का जातीय लेखक रामदेब राय दनुवारले लेखेको “दनुवार जातिको एैतिहासिक रुपरेखा” नामक पुस्तकमा लेखिएको भ्रामक लेखले तथा अपरिक्क लेखक तथा सिकारु बिद्यार्थीले अनुसन्धान गरि लेखेको राई डोने जातिको मौलिकतालाई माटोमा मिलाएको छ । भौगोलिक आधारमा मात्र फरक होईन भाषा फरक, संस्कृति फरक,भेषभूषा फरक र प्रागऐतिहासिक अस्तित्व र हजारौ हजार बर्ष अधि समेत एउटै पूर्खा नस्वीकारेको डोने समुदायका दनुवार जातिले ती पुस्तक डोनेको लागि,राईडोनेका लागि, देवासका लागि घोर आपत्ति र निन्दनीय मिथ्या रहेको छ । नेपालमा तीन प्रजातिका दनुवार समुदायको घना बस्ती छ । यसलाई आदिबासी जनजाति महासंघले अभिब्यक्त गरिसकेको छ ।
१.डोनेबाट डोनेवार हुदै राईडोने,राईदनुवार तथा डोने देवास भएकाहरु ।
२.कछाडे दलुबारबाट कछारिया दलुवार हुदै कछाडीया दनुवार भएकाहरु ।
३.ऋषि द्रोर्णाचार्यको सन्तान तथा कर्नाटकबंशी राजपरिवारका हरिसिंहदेबको असली सन्तान सिंह देबबाट भएका मधेसी जनैधारी रझहन,राजन रजुवार,रझुवार , रजहन सिंह दनुवार भएकाहरु ।
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यी तीनै समुदायलाई दनुवारको पहिचानको नाममा एउटै टोकरीमा राखिएको छ । आदिबासी जनजाति राष्ट्रिय प्रतिष्ठानले ठूलो पहिचानको संकटमा यो तीनै जातिलाई पारेको छ ।यहाा आदिम भूमिपुत्रको हत्या भएको छ । मूलबासीको खिल्ली उडाएको छ । जनजातिको परिभाषालाई अस्वीकार गरि डोने जातिलाई मार्ने कार्य भएको छ । दनुवार सुचिकरणको उर्दीमा यी तीनै जातिका समुदायलाई बिबादित बनाउदै एक हुन भन्ने आशा राख्नु विश्व आदिबासी नीति तथा परिभाषा एंब जनजातिको परिभाषामा र मानब बिकास सुचाङ्कको बैज्ञानिक आधारहरुलाई नमानी आजउ राष्ट्रिय प्रतिष्ठान यो समुदायको जातजातिको पहिचान हत्यारा हुनुको अर्को बिकल्प छैन ।
तर,यसको मूल्य एक दिन प्रतिष्ठानले चुकाउनु अबस्य पर्नेछ । अल्प संख्यकको नारा बोकई , सिमान्तकृतको संज्ञा दिई तराई ,पहाड र हिमालको आडम्बरी बिश्वासमा बााधि मिलेर पहिचान खोजौ भन्ने उर्दीले आज यी फ्mरक–फ्mरक जाति समुदायको भाषा,संस्कृति धर्म ,रीतिरिवाज तथा प्रागैतिहाकि पूर्खाज्का मौलिक नैशर्गिक जातीय पहिचानको अस्तित्व एउटै जात भनेर परिचय दिन खोजेका छन् । आदिबासी जनजाति राष्ट्रिय प्रतिष्ठानले । तर यस्तो पहिचानलाईको कदर गरिनु पर्ने भन्ने कुनै अर्थ छैन ।
संस्कार संस्कृतिलाई हत्याउने दुस्साहसको सस्तो लोकप्रियताको स्नात्तोक्तर तहको सोधपत्रको लागि अध्ययन तथा खोज अनुशन्धानात्मक नामको पुस्तक दनुवार जातिको बजारीकरण भएका छन् । ती सबै खालका दनुवार जातिका पूरक मौलिक,सांस्कृतिक आर्थिक,सामाजिक,धार्मिक,शैक्षिक,राजनैतिक र न्यायिक तवरको पहिचान होईन । एउटै जाति समुदायका लोक जनजीवनको अध्ययन गर्दा त भाषिक भिन्नताहरु भ्ेटिएका छन् भने डोनेबाट डोनेवार हुदै दनुवार अपभ्रंशीय जातिको र कछाडबाट कछारे हुदै कछारे दलुबारमा मौलिक पहिचान बोकेको हालका कछाडे दनुवार जातिलाई एकै जाति हौ भनेर दर्ज गरिनु यो भन्दा ठूलो अन्याय अर्को हुन सक्दैन । यो कुनै दुई तीन सय बर्ष अघाडिका घटना होइन । चौधो सय तिरका मल्लकालिन नेपाल सभ्यताको जातिय पहिचान पनि होईन भन्ने पुष्टि भईसकेको इतिहासमा जुन आज सूचिकरण गर्ने नाममा अध्ययन गरेका प्रोजेक्टियजात जातिका जातीय पहिचानमाथि खोज अनुसन्धानमूलक तथ्य भनि दाबि गर्दै आएका “डलर भजाऔ” लेखकहरुका अपुष्ट खोजमाथिका किताबाकारहरुलाई पहाडे अर्थात नेपाल खाल्डोको इतिहासमा रमाएका डोने अर्थात डोनेवार जातिका दनुवार समुदायलाई मिश्रित पुर्खाको सन्तान भनेर गौरब छैन । आदिबासी जनजातिका बारेमा लेखिने गैरआदिबासी जनजाति लेखकहरुका मिथ्याङ्क किताबलाई आधार मानि हचुवाको तालमा आदिबासी जनजाति राष्ट्रिय प्रतिष्ठानले स्वीकारोक्ती गरि लाल मोहर लगाउने काम प्रति डोने बिकास समाज नियमापति जनाउदछ । यसरी मौन बनेका जातिय संगठनहरुले आ आफ्ना मौलिक संस्कार सस्कृतिका अझ्m धज्जी उडाउने काम गरेका छन् ।
कुनै पनि एैतिहासिक काल खण्ड र सांस्कृतिक पहिचान मिल्दै नमिलेका यी तीन जातिहरुबीच दनुवार लेखिएकै शब्दमा एकै भन्न पाईदैन । जनगणना तथ्याङ्कीय आधारमा न्यून भएकै सबालमा थोरै छं, एउटै हुनु पर्छ भन्ने आदिबासी जनजातिको बिश्वब्यापी घोषणा पत्रमा लेखिएको छैन । तर,थोरै अल्प संख्यक, सिमान्तकृत,अति सिमान्तकृत र लोपोन्मुख आदि आदिबासी जनजातिको लागि राष्ट्रिय अन्तराष्ट्रिय रुपमै संरक्षण संबद्र्धन गरिनु पहिलो प्राथमिकता हो भनेर चाहि उल्लेख गरिएका छन् । उदाहरणका लागि मानौ , अधिकांस मात्रामा भारत भूमीमा बस्नेम भारती जात जातिका थर र नेपालमा बसोबास गर्ने नेपालीको थर एउटै छ , तर कीन ती समुदायका मानिसका पहिचान अलग भयो त ?
फरक कीन ?
बाहुन क्षेत्री समुदायका थर र दलितका थर एउटै छ । तर,कीन यहाा पानी बाराबार हुन्छ ? दलित र बाहुन क्षेत्रीको कर्मकाण्डका संस्कार संस्कृतिका ढााचा लगभग एउटै–एउटै हुन्छ । तर कीन यो दुई जातिबीच मिल्न सकेका छैन । जन्म–मृत्यु प्रर्यान्तका कर्मकाण्ड मिल्ने समुदाय त एक भनेर ब्यबहार चलाउदैन यहाा । मोटो शा को शाह रोयल (राजपरिवार)खान्दनी हुने अनि पातलो सा लेख्ने जाति चाहि मधेसी अर्थात मैथिली समुदायको नेपालको तराईबासी भनेर निचिने परम्परा छ ।
झन फरक फरक कित्ताबाट आएका यी तीन जातका दनुवार समुदायमा कतै मिल्ने आधार हुनसक्छ त ? यो सम्भब छैन । प्रागएैतिहासिक मौलिक पहिचानको धरोहरमा मिल्न कठिन बिषय बस्तु हो । “मेरो नेपाल मेरो गौरब मेरो र पहिचान” कायममा सधै अग्रचेत जातीय मुद्धामा सचेत बन्दै ढेड दशक अघिदेखि वकालत गदै आएका नेपाल डोने बिकास समाजले जातिय अस्तित्व पहिचानमा निरन्तर बहस चलाउदै आएको छ ।तीन आदिबासी जनजातिका जातिको समुदायलाई एउटै जातको सुत्रापात गर्नै जातिय राजनीतिक गर्ने दनुवार जातका समुदायलाई खबरदार ? आ आफ्नो अस्तित्व र पहिचानका लागि लडौ हामी । तर डोने/राई (दनुवार) , सिह (दनुवार) र कछाडे (दनुवार) एउटै जाति हुन् भनेर कहिल्यै आदिबासी अधिकारको लागि लडाई नलडौं । र, यी आदिबासी जनजातिलाई छुट्टै– छुट्टै पहिचान राज्यले दिलाएर सम्बोधन गरिनुको अर्को बिकल्प छैन । त्यसैले ईसा पूर्ब कालदेखिको छुट्टै भएको पहिचान मिलाउने दुस्प्रयास गरिन्छ भने सारा डोनेका लागि अपमान हुनेछ ।
१. मधेसी बाहुन र पहाडे बाहुन बीच कुनै बैबाहिक संम्बन्ध छैन ।
२. पहाड मुलका दलित र मधेस मूलका दलित बीच कुनै नाता हुदैन ।
३. मधेसी क्षेत्री र पहाडीया क्षेत्री समुदाय बीच पनि अन्तर सम्बन्ध छैन । ती जाति तथा समुदायमा पानी बाराबार भेटिन्छ । कहिल्यै तीनीहरु एउटै जात वा जातिको समुदाय हो भनेर राज्यले कहिल्यै स्वीकार गरेन् र एउटै पहिचान पनि दिएको छ्रैन । तर,किन आकाश र धर्ती बीचका फरक संस्कृतिमा एउटै सम्बन्ध झ्mै गर्छ तीन जातिका दनुवार जातिलाई एकै भनेर ?
४.मैथिल कर्नाटकबंशी रजहन रजुवार हुदै रजहन दनुवार जाति र कछाडिया कछारे दलुवार हुदै दनुवार जातिको थर समान र परम्परागत मौलिक संस्कृतिको समामीप्यता बढी देखिन्छ ।
५.डोने डोनेवारको दनुवार र देवास राई राईदनुवार वा राईडोने जातिको थर र पुर्खाको पहिचान एउटै भएको स्वीकार ।
यी जातिको थर तथा उपथरहरु पहिचानका लागि समाबेश गरिनु पर्ने अत्यावाश्यक भएकोले तल उल्लेख गरिएको छ ।
१. तराई तथा मधेसी जनैधारी रजहन दनुवारका थर तथा उपथरहरु जस्तै –१. सप्तरीया २.पकडिया ३.सतोरिया ४.बहादुि
रया ५.धन्धबिया ६.महथा ७.चौरपैत ८.कमरगमिया ९.धोपी १०.घटिया ११.बुचाई १२.सलपुरिया १३ठाकुर १४.भाडवारिया १५.१६.रगरिया १७.सिहुवार १८.रुपैठा १९. कचरिया २०. सिह २१.खाा २२.राय २३ रैया २४.जेवार २५. चौधरी २६.धनछवयिा २७.सतोटिया २८.रनसिंह २९.डिगरिया ३०.रुपनी ३१.कमर ३२.खड्तिलैया ३३.खुर्सेनीया ३४.घरबालीया ३५. बहारबालीया ३६.धामी ३७.जिधरिया आदि रहेका छन् ।
यो जातिले यी थर तथा उपथर भएकासगं गोत्रोको आधार बनाई बैबाहिक तथा नाता गाास्ने वा नगाास्ने हुन्छ । यो जातिमा बिहे गरेका महिलाले बाह्ैमास घुम्टो ओड्नु पर्ने सांस्कारीक परम्परा रहेको छ । प्रेम बिबाह खासै स्वीकार गरिदैन । नेपालमा रहेको ताघाधारीजनैधारी मैथिल रजहन दनुवार बाहेक सांस्कृतिक परम्परागत अन्य जाति डोने, देबास कछारिया तथा राईदनुवारसंग मागि बिहे गर्दैन् । यी जाति दहिज प्रथामा ग्रसित भएको पाईन्छ ।
२.कछारिया दलुबार,दलुवार हुदै दनुवार भएको जातिको थर तथा उपथरहरु जस्तै – १.अधिकारी २. रावत ३.खप्तरी ४.महत्तो ५.फनेत ६.कुमार ७. कुबर ८.सिंह ९.चौधरी १०.खाा ११.माझी १२. थारु १३. गोराइत १४.फनेर १५. सुसिया १६.कच्चा १७.राउत १८.कचरिया १९ राजन २०.राय २१.ठाकुर २२.गौेरुग२३.कछ्ला २४.नामपुछ्रे आदि हुन । यो जाति बिशेष गरि संख्यात्मक रुपमा अल्प रहेका छन् । यीनीहरु सिन्धुलीमा बढी रहेका छन् ।
सिन्धुलीबाट उदयपुरको हालको कटारी नगरपालिकामा पुरानो बस्तीमा रहेका छ । यो जातिले राईदनुवार वा डाोने जातिसंग पुर्खौ पुर्खादेखि मित परम्परा चलाउदै आएको छ । राईदनुवार वा डोने दनुवारसित हालसम्म पनि मागी बिबाह गरेको नजिरको इतिहास समेत भेट्न सकिदैन । रुपमा प्रेम बिबाह भएको पाईन्छ । यस जातिको मातृभाषा मैथिलीभाषा अन्तर्गतको कछारिया भाषा परिवारभित्र पर्न जान्छ । तराईको रजहन दनुवारसित पनि बैबाहिक मागी बिबाहको सम्बन्ध रहेको छैन । यो जातिले कछारियाको बिभिन्न कुटुम्बेरी नातापरिवारका मानिससित मागी बिबाह चलाउादछ । यो जातिमा पनि घुटो प्रथा कायमै रहेको पाईन्छ । राागा,भैसी तथा सुागुरको मासू तथा जााडरक्सी मर्दापर्दाको संस्कार संस्कृतिमा कुल वा पितृमा समाबेश गराउदैन ।यो जाति तथा समुदायको मौलिक जीवनयापन अरु जातिभन्दा फरक रहेको जाति हो । यो जातिको पनि पुर्खौली सांस्कृतिक अस्तित्वहरु समाप्त हुने खतरा रहेको पाईन्छ । यो जातिले राष्ट्रिय पहिचानको लागि संघर्ष गर्नु आज(बर्तमान)को आवाश्यकताको खााचो रहेको छ । भित्री मधेशका कछाडे दनुवार भन्दा मध्य पहाड तथा उपत्यकामा बसोबास गर्दै आएका डोने (दनुवार) समुदायका इतिहास र पहिचानको बिमेलमा मिलाउने कसरत आदिबासी जनजाति राष्ट्रिय प्रतिष्ठानले गरिरहेको छ । मौलिक पहिचानका लागि लडिरहेको नेपाल डोने बिकास समाज र डोने बिधार्थी संघको सार्बजनिक बहस चलाइ रहेको छ । एउटै नभएको बिभिन्न लेखकहरुले लेखेका दनुवार जातिको लेख बारे । त्यसैले यो जातीय सस्थालाई मिश्रित पहिचान मान्य हुने छैन । पहिचान र अस्तित्वको लडाई जारी नै रहेका जातिय संस्थाले जानकारी दिएको छ ।त्यही सिलसिलामा तयार पारिएको केही तथ्य परक जानकारीका लागि भने–“काठमाण्डु उपत्यका हुदै आसपासपासका जिल्लाहरुलाई प्रागएैतिहासिक थातथलोको रुपमा स्वीकार गर्दै आएका डोने/डोनेवार /राईडोने वा राईदनुवार वा त राई मात्र या त दनुवार मात्र भनेर चिनिएका आदिबासी यी जाति तथा समुदायहरु घना बस्तीका रुपमा रहेका धादिङ्ग,नुवाकोट,काभेपलाञ्चोका, सिन्धुपाल्चोका, गोर्खा र मकानपुर हुदै पूर्बी खण्डमा सिन्धुलीको पश्चिमी भाग मरियान,पीपल थोक ,रातमाटे र उदयपुरको कटारी जहडी ,सिम्ले ,तित्रिबोट हुदै रिस्कू गाबिसको घना बस्ती राईडोने / राईदनुवार र सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका भित्र आदिम बसोबास गरेका मानब बस्ती वा मतवाली पहाडी मूलको जनजाति डोने (दनुवार) समुदायका जातिको यीनै क्षेत्रहरु एैतिहासिक पूखौली भूमि मान्दै आएका छन् । यो डोने जाति तथा समुदायको खाल(कूल) (खसभाषामा थर) को यसरी बर्गिकरण गरिएको छ । जस्तै :–१.कोदारेहाङ्ग २.पाङ्गाल्टारे ३ं.मन्दने ४.सीपाली५.जर्टारे६.तारीगाउाले ८.गोरगाउाले ९ खट्टारे १०.बोकल्टारे ११.डााडागाउाले १२.झिागनपुरे १३.भीमटारे १४.नयाागाउाले १५.पिपल्टारे १६.फेरिगाउाले १७.माथाने १८.राम्पुरे १८.सोराली १९.कोदारे २०.तामाघाारे २१.वीरण्टारे २२.माडीगाउाले २३.शेराली २४.खरिगाउाले २५.अर्नाली २६.खाम्पुरे २७.फर्सेली २८.थामपूरे २९.भीमपूरे ३०.जोगीथरे ३१.कमलटारे ३२.भिमठाने ३३.खरेली ३४.गंैरेली ३५.गरखारे ३६.देउपुरे ३७.सातथरे ३८.झरेली ३९.रन्दने४०.झिम्पुरे ४१.डूमनपाउरे आदि यो जाति तथा समुदायको खाल(थर) हुन् ।
यो जातिको एउटै खालमा समेत बिबाह हुन्छ । तर खालमा खाल वा कूलभित्र मूले र हाङे,बासे र मासे पितृपुस्ताको आधारमा र सातौ पुस्ताको चेली माईतीको मामा निनीका छोराछोरीबीच मागि नै बिहेबारी चलाउने गर्दछन् । प्रेम बिबाह र चोरी बिबाहको कुटुम्बेरी नाता भए एकै खालको खालमा पनि कूल फरकले हुदाा यो जातिले ज्वाई या बुहारी स्वीकार गर्दछन् । तर यो जातिमा हाड फोरा र दुध फोराको सम्बन्धलाई समाजले स्वीकारदैनन् । मामा निनी चेलोचेलीबीच बिबाह गरे पाप लाग्ने ठूलो बिश्वास राख्दै आएको छ । तर भूलबस तथा नियतबस जेसुकै भए पनि बाटो बिराएर गरेको हाड नातामा तथा एउटै बेसी(पिण्ड)मानी आएको खाल(थर)मा बिहेबारीको संम्बन्ध बर्जित रहेको छ । बाटो बिराएर गरेको बिबाहको जोईपोई चलनचल्तीको आदिभूमीबाट सात भन्ज्यााङ पारी भागी बस्ने गरेको पाइन्छ । तर तीनीहरुबाट जन्मिएका सन्तान अकौ हुनेछ । खालको नामाकरण एउटै भए पनि बेषी(पिण्ड) फरक हुने गरेको भेटिन्छ । यो जातले कछारिया र जनेधारी मधेसी रजहन दनुवारसंग मागी बिबाह बर्जित छ ।
४.काठमाण्डौ जिल्लाको आसपासमा जोडिएका मकवानपुर , धादिङ,नुवाकोट,गोर्खा चितवन आदिभूमीमा डोने इतिहास स्वीकार गर्दै आएका देवास राईको खाल(थर)हरु जस्तै – १.डुमनपाउरे राई २.गरखारे राई ३.भीमठाने राई ४.गैरेली राई ५.सिपाली राई ६.जरटार राई ७.खाम राई ८.पिपलटार राई ९. मन्दन राई १०.भानीगाउ राई ११.डाडागाउले राई १२.कोदारहाङ राई १३.पाङाल्टार राई १४.जागी राई १५.भिगान राई आदि खाल रहेका छन् । डोनेहरुको खालमो बिशेष गरि “रे र ली” जोडिएर खाल बा थर बनेको पाईन्छ भने देवासहरुमा चाहि राइर् जोडिएर आएको खाल हुन्छ । डोनेले पनि राई स्वीकार गर्दै आएका छन् । देवासको पनि मूल प्रागएैतिहासिक थालथलो काभ्रे र सिन्धुपाल्चो जिल्ला नै रहेको हो । देवास राई भनेको पूर्वको मााझ किराात, वल्लो किराात र पल्लो किराातको किरााती राई जाति समुदायको राई परिवार समुदायमा पाछा भएको उपपाछा किरााती समुदायको राई नभई डोने समुदायको राई भनेर चिनिएको छ । यो दुबै देवास र डोनेको मातृभाषा मेल खान्छ । र, यी समुदायको खाल काभ्रे र सिन्धुपाल्चोक जिल्लाको र ललितपुरको एैतिहासिक मूलभूमिको नामाकरणले चीरपरिचत रहेको छ । यो जाति तथा समुदायको जातिय खाल (थर)को संरचना जीबित रहेको इहिास पाइन्छ । भाषा र संस्कार सस्कृतिको अतुलनीय धनी रहेका यो क्षेत्रका आदिबासी डोने जाति हो । खस भाषाको अपभ्रंश शब्द दनुवार हो भनी यो जातिको कपाल फुलेका ,दाात झरेका, ढााड कुप्रिएका तथा यो समुदायका समाज चलाउने पढेलेखेका बर्तमान पुस्ताले आफूहरुलाई डोने भनि राष्ट्रिय स्तरमै चिनाउनका लागि लागि परेके छन् । उदयपुरमा दनुवार र ाई बा डोने जे भनेर परिचित भए पनि यहााको औलो बिजेता तथा बाग भालु र खजूरा बिच्छि तथा बिषालु सर्प हरुको काल भैरब नै यहााको डोने दनुवार हुन् । बिद्या हराए काशी जानु न्याय नपाए गोरखा जानु भन्ने खस क्षेत्रीय एकल हैकम बादी राजाको उदीर् लाई नेपाली समाजले सकारात्मक ब्याख्या गरे झै हालको दनुवार भनेर चिनिएको उदयुरृ दनुवार को भाषा संस्कृतिको खोजि गर्न काभ्रे,लतिपुर ,सिन्धुपाल्चोक नै जानु को अर्को बिकल्प छैन । डोने र देवास राई वा राई भनेकाको डोने जातिको दनुवारमा बिबाह माग िबिहेबारी परम्परादेखि चल्दै आएको पाईन्छ ।
राजनीतिक असर र अवसरको ढोका
मंगोल मूलका डोने/डोनेवार तथा राईडोने र राईडोनेवार हुदै राईदनुवार अन्यमा राई पनि कुनै राजामहाराजाको पालामा राई पदवी दिएको शब्द हो भन्दै यो जातिले दनुवार मात्र लेखाउने गरेको प्रमाणहरु भेटिएका छन् । तर दनुवार भन्ने शब्द पनि खस क्षेत्री भाषामा भनिएको भनि सात दश दशक अधिको यो जातिको पूर्खाले भन्दै आएको जीउादो इतिहास भेटिन्छ । एउटै भाषा एउटै भेष प्राण भन्दा प्यारो छ भन्ने खस भाषाको अतिक्रममा डोने भाषा पनि अछुतो रहन सकेन । नेपालको जहानीयाा राजा ठकुरी बंश,जाहानीयाा क्रुर शासक क्षेत्री कुवारहरु राणाको उदयीमान,बाहुनको ब्रम्ह ज्ञानको भ्रममा परि राजगुरुको योजनकारहरुको चंगुलमा फसि नेपाल एकिकरणको नाम पृथ्वी नारायण शाहले चार जातको सुत्रापात ब्राम्हण,क्षेत्री बैश्य र सुद्र गरि कैयन जात जातिको राजकीय बिरासतको इतिहास नामेट बनाई दिएका छन् ।
एकल हिन्दू राज्यको घोषणा, एकल भाषिक तथा एकल धार्मिकको आधारको नियमकानुन शासकले मनुबादी शैलीमा सबै जातजाति आदीबासी जनजातिहरुका भाषाभाषी सांस्कृतिक चाडबाडहरुको हत्या गरी एकल हिन्दु खसभाषा नेपालभूमीको पूर्वमा टिष्टा र पश्चिमा काागाडा सम्म फैलिएको नेपाल राज्य क्षेत्रमा सरकारी कामकाजको भाषा लागू गरे । सन् १९५७ तिरको इष्ट इन्डिया कम्पनी सित सुगौली सन्धि पश्चात नेपालको पूर्वमा मेची र पश्चिमा महाकाली नदीको सिमाना र उत्तरमा चिनको स्वसासीतक्षेत्र तिब्बत र दक्षिणमा भारतको बिहारको भूमी यी चार किल्ला क्षेत्रभित्र २६० बर्षदेखि खस क्षेत्रीभाषा र एकल सांस्कृतिक चाडपर्बलाई राष्ट्रिय पर्बका रुपमा राज्यले सुबिधा दिदै आएको छ । यी हुन् एकल जातिको सर्बोत्तम अब्बल दर्जाको बिशेषता । यसलाई भनिन्छ डेमोक्रेसी मुलुकमा तानाशाह शासकको निरकुंश शासन ब्यबस्था । यी सबै प्रकारको अन्याय अत्याचार शोषण दमकारी नीति नियमको शासन सत्ता ढले पनि अवशेषहरु जीबित रहेको नै छ ।
रोगको औषधी सेवन गरि रोगको नियन्त्रण गरि ज्यानलाई सन्चो भए जस्तो मात्र भएको छ । पुरै निर्मुल हुनका लागि लामो समय कुर्नु र बााच्ने आत्मबलको खााचो रहे जस्तै आज माओबादी आन्दोलन या १०बर्षे जनयुद्धको कारण र दोस्रो जनआन्दोलन ०६२/०६३ को र एक जुगमा एक दिन एक पटक आउछ भने झैं जनताको हातबाट निर्माण हुने पहिलो ०६४को संबिधानसभाको पहिलो संबिधान सभाषद्को् पहिलो निर्यण ०६५ सालको जेठ ११ गतेको बैठकले देश लोकतान्त्रिक संघीय गणतन्त्र र धर्मनिपेक्षता घोषणाले २५० बर्ष अधि खोसिएको अधिकार पुनर जीवित भएको उत्पीडनमा परेका आदिबासी जनजाति महिला दलित मधेसी मुस्लीम र अपाङताहरुको अधिकार संबिधानमा लेख्ने सुनिश्चिता भएको छ । फेरी छलछमको राजनीति गर्ने दल वा पुरानो शासक तथा नयाा उदयीमान ब्राम्हण तथा क्षेत्रीको पुरानै मनुबादी सोचका कारणबाट सारा जनताको सर्बभौम मालिकपन दासमा गुम्ने खतरा छ ।हुदा खाने र हुने खाने बीचको बर्गको लडाई जहिले सम्म रहन्छ । त्यतिबेला सम्म हुदा खाने बर्ग दास नै बनाउन चाहन्छ । यो कुरा बिश्वब्यापी नियम नै हो । राज्यको प्रत्येक तहमा चार जात बाहुन क्षेत्री, ठकुरी र राणाको नै हालीमुहाली देशलाई चुथ्थो पार्ने देशलाई दास बनाउने काम यी समुदायको मानिसहरुबाटै भएको छ । यहाा कुनै दोष छैन आहिबासीजनजातिको महिलाको दलितकोमुस्लीम मधेसी र अपाङको भन्ने कुरा लोपोन्मुख डोने जातिको पढेलेखेका यूवापूस्ताहरको बुझाई रहेको छ ।
पुर्खाको सांस्कृतिक पहिचान
मंगोलियन सोझा सिधा मतवाली जात भनिएर चिनिदै आएका डोने /दनुवार समुदाय हो । यो जाति किराातकालिन ईतिहासको मानव पहिचानदेखि नै अलग्गै पहिचान बोक्दै जातिय संरचना भएको डुन(दुन )तथा मध्य पहाडी दक्षिण क्षेत्र र चुरे पहाडको उत्तरी क्षेत्रको आदिम भूमिपुत्रको नामबाट परिचित छौ भन्ने कुरामा कुनै दुईमत छैन, यो समुदायका मानिसहरुलाई ।
तर तथाकथित रुपबाट डोने/दनुवार जातलाई इतिहासको सुनौलो अवसरबाट ओझ्mेलमा पार्ने अपभ्रंश शब्द दनुवारलाई हेयको भावबाट हेरिदैआएको छ । नेपालको इतिहासमा गोपालवंश, महिशपाल अर्थात आभिरवंश, किरातकालिन, मल्लकालिन हुदै बिभिन्न टुकडे जातिय राज्यहरुको चौबिसे र बाईसे राज्यहरुको अस्तित्वमाथि धाावा गर्दै लिगलिगकोटको घले गुरुङ्गहरुलाई लडाएर खाा इतिहास बोकेको अपभ्रंश शब्द शाा बाट शाह उदयमान भए पछि जित्नेहरुको इतिहास बन्दै गए ।फ्mलत:नेपाल एकिकरणको अभियानले टुकडे राज्यबाट र छिमेकी देश उपनिबेशको सामना गदै पूर्वमा टिष्टा र पश्चिमा काागडासम्म राज्य बिस्तारको शिकारमा कैयन राज्यहरुको इतिहास विलिन हुन पुगे । त्यही विलिन इतिहासको खोजी गर्नै हो भने डुन(दुन)क्षेत्र तथा मध्य पहाडी क्षेत्रको दक्षिणी भू बनाओटका भित्री मधेसको इतिहासमा डोन राज्यको अस्तित्व र पहिचान भेट्न सकिन्छ ।
नेपालको एकिकरण अभियानलाई आफ्नो राज्यको माटो दिएर बिस्तारित राज्यमा रैती र भाइचारा भएर दुनक्षेत्रको रक्षा गर्दै जल,जमिन र जंगलको आाडमा जीबिकोपार्जन गर्दै आदिम पहिचानलाई स्वीकार गर्दै आएको डोने/दनुवार समुदायलाई नेपालका आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले कुनै पनि खेमाको, कुनै कित्ता नभएको कुठाराघात गर्दै आएको देखिन्छ । आदिबासी जनजाति राष्ट्रिय प्रतिष्ठानले डुनक्षेत्रमा बसोबास गरेका डोने समुदाय आदिम कालदेखि धर्म,संस्कृति, रीतिरिवाज ,भेषभूषा, रहन सहन, खानपान ,जन्म मृत्यु पर्यान्तका पुखौली संस्कारलाई तराईका सिंह जातिसंग मिलाउनु घोरआपत्तिको बिषय रहेको छ । आफ्नो समुदायलाई डोने भन्दै आएको भन्ने कुरामा कुनै दुईमत नरहेको डोने/दनुवार समुदायको बुद्धिजीविहरुले बताउदै आएका छन् । नेपालको दुनक्षेको इतिहासमा हेर्ने हो भने आदिबासी जनजाति मध्येको पुरानो जातिमय इतिहास डोने/दनुवार समुदायको भेट्न सकिन्छ ।मध्ये पहाडी प्रदेशको देहात भूमिको मिथिला सभ्यताको मैथीली सिंह दनुवार नथुनी सिंह जस्ता जातिय अर्धचेत भएका पंचायती राजनीतिबाट आफ्नो स्वार्थसिद्ध राजनीतिलाइ खकुलो पर्दै छ्यालिसे सांसद बनेका ब्यक्तिहरुले गर्दा आदिम भूमिपुत्र जनजाति डोने/डोनेवार,राईडोने ,राईडोनेवार हुदै राईदनुवार, दनुवार,देबास राईदनुवार र अर्को फरक पहिचानको कछाडे दलुबार आदिभूमिपुत्र समुदायलाई फ्mरक फ्mरक कित्तामा उभिन बाध्य बनाएको छ ।
नथुनी सिंहले लेखेको “आदिबासी दनुवार” पुस्तकमा असली अपभ्रश भएका डोनेबाट दनुवार भएकाहरुका लागि त्यो पुस्तकको शब्द शब्दहरु कालकुट बिष अर्थात गोमन सर्पको बिष झ्mै बन्न पुगेको छ । दुनक्षेत्रको आदिबासी डोने/दनुवार ,देबास राई, राईदनुवारलाई ,कछाडे दनुवार समुदायलाई भारत कर्नाटक तथा बिहारको झारखण्डका लगायत हिन्दुस्तानको सिंह जातिको पुख्र्याैली पहिचान बोकेको पुस्तकहको सन्दर्भ जोडेर जातिय अपमान गरेको छ । उक्त नथुनी र रामदेब राय तथा सुनिल सिंहले लेखेको ऐतिहासिक पुस्तकमा आफ्नो समुदायलाई देहातको मधेशमा बस्ने जनैधारी सिंहहरु दनुवार जाति भएको पुष्टि गरेको छ । तर दुनक्षेत्रको डोने,देबास गर्खार,कछाडे,राईडोनेको जनघनत्वलाई नेपालको आदिबासी जनजाति अस्तित्व र पहिचानमा धमिलो पानीमा माछा मार्ने कार्य भई रहेको छ । आफ्नो पहिचानको युद्ध लडिरहेको डोनेहरु अन्तिम साससम्म लडिरहने छ भनि यी समुदायको अग्रज तथा बुद्धिजीविहरुले धााबा बोल्दै आएका पाईन्छन् । अस्तित्वको र पहिचानको लडाइमा तराईको सिंहहरुले बास्तबिक डोने/दनुवारलाई ओझ्mेलको शिकार बनाएकोमा ब्यग्र असन्तुष्ट ब्यक्त गर्दै आएका छन् । बि.स.१९६८को नेपालको प्रथम जनगणनादेखि २०५८सम्मको राष्ट्रिय तथ्यांङ्क दर्ज गर्ने हो भने स्वत: सिंह समुदायले हालको डोने दनुवारलाई पगरी गुथाएका छन् । तराईको कर्नाटकबंशी जनैधारी दनुवार जनजातिको कुनै कित्ता नपर्ने समाजशास्त्री तथा सस्कृतिबिद्हरुको भनाईहरु बहसमा नआएको होईन । तर मधेशको मधेशी बन्नु भन्दा अतिसीमान्तकृत समुदायको आदिबासी बनेर बस्नुको अर्थ बुझ्mेर होला सायद ती समुदायको अग्रज तथा बुद्धिजीबीहरु आज मधेशी सिंहहरु डुन अर्थात् दुनका डोने/ दनुवारसंग अर्काको समुदायको पहिचान मेटाउदै जुन गोरुको सिङ छै उसैको नाम तीखे भने झै सिंह जुधाई रहेका छन् ।
मधेशका सिंहहरु डोने दनुवारका इतिहास मेटेर नक्कली बाघ बनि रहेकाछन् । । यसरी नक्कली पहिचानमा नाङ्गो नााच दनुवार जागरण समितिका सिंहहरु दनुवार आदिबासी जनजाती महासंघमा नाचिरहेका पाईन्छ । बास्तबमा डोने/दनुवारको पहिचान गुमेकै छ । यसमा तपाई,हामी र हाम्रो पहिचान गुमेको छ । दिनानु दिनले हाम्रो पहिचान मधेसी शैलीमा स्थापीत हुने निस्चित रेखाहरु कोरि सकेका छन् । यसमा कुनै दुइमत छैन । टोपीको इतिहासलाई धोतीमा लैजानु कतिको उपयोगी होला ? आज सम्म पनि हाम्रो जीउदो इतिहासका लागि नेपालको मध्ये पहाडी क्षेत्र बिशेषत: काठमाण्डौ उपत्यकाको डुकुछाप गाबिसको आदिबासी डोने/दनुवार जीउादो इतिहास छ । त्यसैगरी काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,नुवाककोट,मकवानपुर,धादिङको डोने, राईदनुवारलाई नै भन्दै आएको कुरामा कुनै अर्को बिकल्प भेटिदैन ।
मकवानपुर जिल्लाको राईगाउाको राईडोने/दनुवार,धादिङ्को नौबिसेको राईडोने हुदै सिन्धुली, नुवाकोट, गोर्खा लगायत उदयपुरको कटारी, रिस्कु हुदै सदरमुुकाम गाईघाट र त्रियुगा नगरपालिकाको सबैभन्दा आदिमबासी डोने/दनुवारलाई प्रथम दर्जमा स्विकार गरेका छन् ।
नेपालको आदिबासी/जनजातिको कित्तामा भाषिक लोप हुदै मौलिक संस्कार र संस्कृतिमा परसंस्कृतिले गााज्दै गएको डोने/दनुवारहरु “आफ्नो मौलिक पहिचान बचाऔ, धर्मको खोजी गर, जातिय गुटबन्दी बनाऔ, भाषिक रक्षा गर, भेषभूषाको संरक्षण गर ” भन्ने मूल मुद्धा लिएर जातिय उत्थानको लागि आजभन्दा स्रोह्र बर्ष अगाडि जुरुमुऱ्याएको आवाजहरु केहि तथाकथित ब्यक्तिको षड्यन्त्रमा परी बिहारी संस्कृतिमा मिलान गराउने मतियारहरु समेत डोने/दनुुवार समुदायमा खुलेआम भेटिए । डोने/दनुवारको मौलिक सांस्कृतिक पहिचानको छबिमाथि एन जी ओ लादेर इतिहासमा ताण्डब नृत्य देखाउने सिंहहरु आज डोने इतिहास हैन भनि कराउनु चिहानमाथिको मुर्कुटा जस्तै हुन्छ । मधेशी जनैधारी सिंहहरुले जातिय सगठनमा पद र पैसाको मोह देखाएर डोने संस्कार र पहिचानमाथि लात बजार्नेका लागि डोने/दनुवार सगठनले कालो इतिहासमा लेख्नेछ र काही नभएको जात्रा हाडिगाउाको भने झ्mै तराईको जनैधारी सिह समुदाय जनजाति डोने/दनुवारभित्र पर्न सक्दैन । पर्न सक्छ भने कुन कालखण्डको ऐतिहासिक पहिचानको सम्बन्धले जोड्न सक्छ त ? नेपाल एकिकरण पूर्ब काल खण्डको इतिहासलाई मान्ने हो भने पनि तराईका सिह समुदाय डोने/दनुवारसंग मेल खादैन भने किन एक भएर बस्ने ? भूगोलले सांस्कृतिक पहिचान बिर्सदैन । जनैधारी सिहहरु देबको सन्तानहरुको, पुर्खौली राजा हरिश्चन्द्र सिह देबलाई पुर्खा मान्ने मधेशका सिहहरु दुनक्षेत्रका डोने/दनुवार आदिबासी जनजातिसंग जातिय सम्बन्ध छ भनि लगन गााठोमा बााधिनु भनेको डोने समुदायलाई पहिचान र अस्तित्वमा गुमाईदिनु हो ।
यो तागाधारी मधेशी सिहहरुको जातिय अभियान हो भनि आदिम डोने मतवाली जनजाति नेताहरु दाबी गर्दै आएका छन् । तपाई हामी डोने दनुवार समुदायका मानिसहरुले पुर्खौली इतिहासमा सचेत हुनुपर्ने बेला आएको छ । नत्र प्रत्येक दिन बिश्वबाट दुई वटा मातृ भाषा हराए झै हाम्रो पनि भाषालाई हराईदिन चाहान्छ । दनुवार जागरण समिति । हाम्रा डोने दनुवार पहिचानलाई मुर्दाघाटमा पुर्रयाउने खेल खेलिरहेको दनुवार जागरण समितिलाई नेपाल डोने बिकास समाजले सदाका लागि तिलान्जली दिई सकेको कुरा उद्घोष गरिसकेको छ ।
इतिहासको खोजी
बिगतमा मेटिएका ईतिहास पुनर उत्थानको घडीमा लिलाम बनाउन चाहानेका लागि डोने बिकास समाज यहााहरु बीच उदयपुरमा भाषा संस्कृति तथा समाजका बिधमान कुरीति हटाउने जेठो संस्थाको रुपमा दनुवार/डोने समाज सुधार संघ आधिकारी संस्था हो । यो संस्था चुत्थो भए पनि देश भक्ति नमरेको भने झै २०५२ सालको डोने इतिहासको ऐतिहासिक लिखित एक मात्र पहिचान र अस्तित्वको पहिचानमुखी दस्ताबेज हो भन्ने कुरा नेपाल डोने बिकास समाजको ठहर छ । त्यसैले अधिकार खोजेर नेपालको मूल संबैधानिक कानुनमा लालमोहर लगाउन चाहाने नेपाल डोने बिकास समाज हरतबरमा लडाई लडिरहेको कुरामा बिस्वस्थ छ । मधेसमुलका सिह दनुवारको पहिचान स्थापित गराउदै हिडेका तथा उत्थान गर्ने ठेक्का पाएका ठेकेदार संस्था दनुवार जागरण समितिलाई सदाको लागि अलबिदा डोनेको छ ।
अन्तत : पहिचानबादी सह–अस्तित्वबादी र भाषीक एकताको समाज तथा सांस्कृतिक आन्दोलनका अभियान कर्ताप्रति डोने बिकास समान स्वपहिचान खोज गरिरहेको जानकारी दिन चाहान्छौ । र,एकताबद्ध रुपमा अलग धारको पहिचान स्थापित गर्न खोज्न डोने बिकास समाज पृथक भाषा ,संस्कृति खानपान रहनसहन भेषभूषा गरगहना र बिश्वका आदिबासी जनजातिको फरक पहिचान र अस्तित्वमा गर्ब गर्दछ । डोने जातिको अन्तिम साससम्म आजउराप्रको सुचिकरण अभियानमा साथ संघर्षको ब्यालेट र बुलेटको दुबै अस्त्र प्रयोग गर्ने नयाा तथा पुरानो पुस्ताका पीडिलाई अग्रह गर्दछौ ।
निष्कर्ष
जातिय पहिचानको र अस्तित्वका लागि आदिम्स िजनजाति डोने ,देवासले सुचिकरण अभियानमा संघर्षको चुनौति मोल्दै आएको छ । आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यी जातिमा उठेको सुचिकरण्को मुद्धालाई आदिम पहिचानको आधारमा अध्ययन अनुसन्धान गरि सुचिकरण गर्नु पहिलो दायित्व हो । साझा फूलबारीको नारालाई सार्थक बनाउने हो भने डोने जातिको पनि सुचिकरण हुन्नु आवाश्यक रहेको छ । सुचिकरणको लागि यो जातिमा आफ्नै परम्पारिक संस्कार संस्कृति भाषा धर्म एैतिहासिक औलो पचाएको बिरासत ,तान्त्रिक शक्तिपीठबाट यो समुदाय वा जातिको पुर्खा हाङ(बाघ) भएको ताजा इतिहास रहेको छ ।आफ्नै अलग भेषभूषा, भाषा, संस्कार संस्कृतिको धनी आदिम प्रागएैतिहासिक मानवीय सांस्कृतिक बिकास चरणहरु पाषण युग पूरा गरि आदिमभूमिहरु खोरिया र खनीखोस्री खाने जीवनयापन गदै मध्य पहाडी भूभागको डुन क्षेत्रको बेशी तथा टार बा खोला नदी किनारबाट डोनेली सभ्यतमा प्रबेश गरेको डोने आदिबासी जनजातिको बिश्व आदिबासी जनजातिले दिएको परिभाषामा परिपक्क तथा अगलकिसिमको पृथकता रहेको जातिमा हुनु पर्ने आदिबासी आधारहरुको धनी डोने जाति एक हो । यो जाति प्रकृति पुजक जाति हो । यो जातिको पुर्खामा तान्त्रिक शक्तिको माद्यमबाट अजंगको हाङ(बाघ)बनि जंगली जनावरको शिकार खेल्ने जाति भनेर बिशेषता पाएको छ ।डोनेहरु अलौकिक तान्त्रिक शक्तिको पुजारीलाई मि:झारे हुन् । अलौकिक तान्त्रिक शक्तिको गुरुलाई मि:झार भनिन्छ । यो जातिको मानिस मर्दाको संस्कृतिमा मि:झारे ेले अगुवाईको काम गर्ने गर्छ । बिरामी पर्दा यी मि:झारले तान्त्रिक बिद्याबाट फुकफााक र झारपातको जडिबुटी औषधी सेवन गराई रोगभोग तथा लागो भागो पन्छाउने कार्यमा निपूर्णै तान्त्रिक बिद्यापारङगत भएको मानुसलाई मि:झार भनिदै आएको छ । यसलाई डोने जातिको पुरोहित समेत भनिन्छ । पितृको एकपटक बेषी खाए पछि पुन: मृत्युकर्म दोहोऱ्याएर गर्नु पर्दैन । यो जातिका मानिसहरु पौडिबाज समेत हुन्छ । पानीमा आधा घण्टा समेत डुवेर बस्न सक्ने कला डोने जातिमा रहेको छ ।
यो जातिमाथि उल्लेखित गरेको कछारिया दनुवार र मैथीली जनैधारी रजहन दनुवार भन्दा अलग मौलिक संस्कार संस्कृतिको बोकेको जाति तथा समुदाय हो । डोनेजातिको आफ्नै सामाजिक मूल्य मान्यत रहेको हुन्छ । जातिगत परम्परागत ढााचा आदिबासी अबशेष ताजा रुपको यो जातिमा हाल समेत जीवित रहेको छ । यो जातिलाई मर्दा काजक्रिया गर्दा माछामासु तथा जााडरक्सी नभइ कुनै पनिबिधी पूरा नहुने परम्पराबाट हुर्किएको समुदाय हो । पितृलाई जााडरक्सी मासु माछा चढाई सकेपछिमात्र पितृखुशी हुने बिश्वास राख्ने जाति हो । डोनेको पूखौली जीवनयापन लरी(खोला)तथा जोर(नदी)को माछा मारेर भोजन गर्ने तथा जंगली कन्दमूल खनीखोस्री खाने र पशुपंक्षी/जंगली जनावर शिकार गरि बााच्ने जाति हो । बर्तमानमा यो जातिको प्रमुख पेशा कृषि र पशुपालन ब्यबसायी रहेको छ । पढेलेखेका र शिक्षित मानिसहरु सरकारी जागिरमा रहेको पाईन्छ । पछिल्लो समयमा सेना र प्रहरीको तल्लो दर्जामा सोझासिधा र अब्बल दर्जमा परिचित बनेका जनजाति हुन् ।
यस जातिको जातिय पहिचानका लागि राष्ट्रिय सांस्कृतिक संग्राहलय हुनु आवाश्यक रहेको छ । दसऔं जनगणनामा डोने जातिको नगन्य रुपमा जनसंख्या देखिएको छ । तीस बर्ष अघिको पिाडीमा शैक्षिक स्तर अतिकम भएको समुदायमा बर्तमानको पुस्तामा शैक्षिक चेतनाको आकाशिदो बिकासक्रम रहेको पाईन्छ । सोझा सिधा भएकै कारणले आफूले फडानी गरेको खेतबारी समान्त शोसक तथा भूमाफीया दलालहरुले आफ्नो नाममा जग्गा दर्ता गरि सुकुम्बासी आदिबासी जनजाति भनेर चिनिदा दुुईमत नहोला । बिघौ बिघाको मालिक रहेको डोने जाति नापी आउदा पढेलेखेका जालीझेली फटाहाहरुले आफ्ना नाममा लालपुर्जा बनाई चुसि खाएको जात भनेर समेत चिनिन्छ ।
(लेखक– पत्रकार एंव डोने जातिको खोजकर्ता हुनुहुन्छ । )