नूतन बर्ष र भुइँचालो

नूतन बर्ष र भुइँचालो

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

आयो नूतन बर्षत्यो रहरको भन्ने खुसी के भयो रु
नेपालीजनको दशा बनिदियो सारा खरानी भयो ।
हाम्रो त्यो पहिचान नै टुटिदिँदा विध्वंस सारा भयो
आफ्नो गौरवको निशान सकियो नेपाल खाली भयो ।।

क्या कोलाहल भो अहो १ सबतिरै कस्तो पराकम्पन
पाखा पर्वतमा विनास बहुतै सक्दैन क्वै उम्कन ।
बालो वृद्ध कुनै भनेन उसले आयो टुटायो सब
कालोरात्रि बनी सखाप हुनगो बाँकी रहयो के अब रु।

भत्के गोठ सबै रहेन घर नै कच्ची बनेका जति
गाई वस्तुहरू भए जति सबै चेपेर भै गो खती ।
बाख्रा खोर सबै पुरेर सकिए जोगी भयो पालक
मान्छे नै सकिए अवोध जननी, छन् दीन झैँ बालकः ।

साह्रैकष्ट मयी हुँदा दिनदिनै रोएर पो बाँच्नु के रु
जल्दै चिन्तनले दुखेर मुटु यो बोकेर नै साँच्नु के रु
चिन्ताले निद छैन रात दिनमा डाहा बढी आत्ममा
आयो दुष्ट बनेर याम सहजै सारा पुगे र्स्वर्गमा ।।

भत्के मन्दिर धाम देवलहरू सारा यहाँ भत्किए
पानीघाट टुटे त्यसै बखतमा भत्के जहाँ जे थिए ।
नब्बेसाल समानको अझबढी थर्केर आयो अति
धेरै नष्ट गरी दुसासन सरी सारा बनायो खती ।।

भैँचालो मनमा बिझेर अहिले थर्कन्छ ऐले सबै
कस्तोसाल नयाँ बने छ कसरी बुझदैन आत्मा कवै ।
छाती ढक्क हुने फुलेर किनहो सन्त्रासले थर्थर
बालो वृद्ध सबै बसेर सँगमा गर्छन् बिलौना पर ।।

धेरै मार भयो विनाश सब भो पूर्खाहरूको धन
भत्केका घरमा यि नैन परदा बुझदैन आफ्नै मन ।
र्घका मानिसता मरेर सकिए बाँकी रहेनन् कतै
नाताका पनि हाल त्यै हुनगई मर्का परेको अझै ।।

बाँच्ने चाह हुँदै छ भित्रमनमा आशा छ बाँकी अझै
आफ्नो जीवनगीत गाइरहने भाषा छ बाँकी अझै ।
दैवीखेल बुझेर नै नसकिने आपत्ति आए कति
जेजे दुःखहरू परे परिरहुन गर्नै पर्‍यो उन्नति ।।

टुट्ने टुट्दछ लौन एकछिनमै जोड्ने गरौँ चाहना
हाम्रो यो पहिचान मर्छ र त्यसै बाँकी छ आफ्नो पना ।
मौलाए पनि वेदना जतिसुकै आधार खोजौँ नयाँ
ल्याएको छ कुमार्ग यो समयले सत्मार्ग रोजौँ नयाँ ।।

आईपर्दछ जिन्दगीभरी अहो कैयौँ समस्याहरू
छोड्नै हुन्न तथापि मानिसहरू आफ्ना तपस्याहरू ।
जिर्णोद्धार अवश्य गर्नु छ यहाँ यो पौरखी हातले
पक्कै छाउँछ हर्षो लहर यो प्रत्येकको साथले ।।

शार्दूल विक्रीडित छन्द, म स ज स त त गु
१९ अक्षर (SSS.IIS.ISI.IIS.SSI.SSI.S) १२.७ मा विराम
गोर्ख साइँलो,
गजल कटेरी, विशालमार्ग, नारायणगढ, चितवन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी