खाना हाम्रो जीवनको अनिवार्य तत्व हो । खाना नखाईकन हामी बाच्न मुस्किल हुन्छ । तर कसरी खाने त खाना रु यो निकै महत्वपूर्ण प्रश्न हो । भोक लागे पछि हामी हतारमा जे जसरी पनि खानेतिर लागेका हुन्छौं । तर पुरानो मान्यता अनुसार यसरी खाना खानाले मानिस श्वस्थ्य हुनुका साथै उसको आयु पनि बढ्दछ ।
१. खाना खानु अघि हात मुख खुट्टा मजाले धुनुहोस्
तपाई हामी खाना खान हतार गर्ने क्रममा एउटा हातमा पानी लिएर अर्को हातमा यसो पानी खसाउदै हात हल्लाएर खाना खान बस्छौं तर यो तरीका गलत छ । तपाईले आफ्नो खाना पूर्व पाच अगं दुई वटा हात, दुई वटा खुट्टा र मुख अनिवार्य धुनु पर्दछ ।
परम्परागत मान्यता अनुसार भोजन ग्रहणको समयमा खुट्टा समेत धुनाले शुभ मानिन्छ तर वैज्ञानिक अनुसन्धान अनुसार पनि खाना खानु अघि खुट्टा भिजेमा शरीरको तापमान न्युन गर्न मद्धत पुऱ्याउछ र शरीरको पञ्चतन्त्र सबै उर्जा पाचन क्रियामा लगाउदछ । यसले गर्मी कम गर्नुका साथै एसिडीटी पनि घटाउछ र स्वस्थ्य भए पछि आयु लम्बिन्छ भन्ने विस्वास गरिएको हो ।
२.पूर्व र उत्तरतिर मुख फर्काएर खानु राम्रो
खाना खादा मुखलाई पूर्व र उत्तर तिर पार्नु राम्रो हुन्छ । यसले शरीरलाई खानाबाट प्राप्त हुनु पर्ने सबै उर्जा प्राप्त हुन्छ । दक्षिणतिर मुख फर्काएर खानु अशुभ मानिन्छ भने पश्चिम तिर फर्किएर खाना खानाले रोग बढ्छ भन्ने विस्वास गरीन्छ ।
३. ओछ्यानमा भूलेर पनि खाना नखानुहोस्
तपाई कहिले पनि आफू या अरु कोही सुत्ने ओछ्यानमा बसेर खाना खाने गर्नु भएको छ भने त्यो बानी आजै हटाउनुहोस् , थाल हातमा लिएर पनि नखानुहोस् , उभिएर खाना भरसक नखानुस् । भरसक खानालाई काठबाट भनेको सामाग्री माथि राखेर खार्ने गर्नु राम्रो हुन्छ । सफा प्लेटमा भात खानुस् । फुटेको भाच्चिएको वा चर्किएको भाडामा पनि खाना नखानुहोस् यसले राम्रो गर्दैन ।
४. खाने पकाउने समयमा मन शान्त पार्नुहोस्
तपाई आफै खाना बनाउनु हुन्छ भने पकाउदै गर्दा या खाने बेलामा कसैको ईश्र्या नगर्ने , धेरै गफ नगर्ने , नकारात्मक सोच नराख्ने, लालचा नजगाउने , खाना मिठो भएन भनेर कहिले पनि अरुसग‘ विवाद नगर्ने ।
उपरोक्त प्रकृयाहरुले तपाईको खाना पछि शरीरमा आउनु पर्ने सन्तुलन पैदा हुन्छ र तपाई निरोगी एवं दीर्घायु बन्न सक्नु हुन्छ । त्यसैले आजैबाट यस्ता कुराहरुलाई मनन् गरौं ।