काठमाण्डौ,२१ जेठ ।
जिल्ला कृषि विकास कार्यालय भक्तपुरले भूकम्पले पूर्णरुपमा घर भत्किएर बीउ झिक्न नसकेका पीडित किसानलाई वितरण गरेको धानको बीउ खोसाखोस भएको छ ।
भूकम्पबाट पूर्ण रुपमा घर भत्किएर बीउ झिक्न नपाएका किसानलाई वितरण गर्न लगिएपनि सबै किसानले माग गरेपछि अभावका कारण खोसाखोस भएको हो ।
जिल्लामा १७ हजार ९ सय ३० किलो धानको धानको बीउ किसानलाई वितरण गरिएको छ । काभ्रे र भक्तपुरका किसानबाटै खरिद गरेको चाईनुङ्ग २४२, खुमल ४, खुमल १०, खुमल ११ जातको धानको बीउ किसानलाई वितरण गरेको जिल्ला कृषि विकास कार्यालय भक्तपुरका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिनुभयो ।
धानको बीउको माग अत्याधिक भए पनि किसानको मागलाई पूरा गर्न नसकिएको उहााको भनाई छ । अन्य जिल्लाको दााजोमा भक्तपुरमा रोपाई चााडो हुने भएपनि धानको बीउ अभावले किसानलाई समस्या परेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline