सरकार वा दातृ निकायले सहयोग गरे विद्यार्थीको एक महिनाको शुल्क मिनाह गर्न सकिने

सरकार वा दातृ निकायले सहयोग गरे विद्यार्थीको एक महिनाको शुल्क मिनाह गर्न सकिने

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

भक्तपुर, २१ जेठ ।

निजी विद्यालयका सञ्चालकहरुले भूकम्पले एक महिना बन्द भएको विद्यालयको शुल्कको सरकार वा अन्य दातृ निकायबाट सहयोग प्रदान हुने हो भने विद्यार्थीहरुको एक महिनाको शुःल्क मिनाह गर्न सकिने बताएका छन ।

रफत सञ्चार क्लबले बिहिवार गरेको साक्षतकार कार्यक्रममा सञ्चालकहरुले भूकम्प प्रभावित १४ जिल्लाका विद्यार्थीको शुल्क करिब २४ करोड रुपियाँ हुने उक्त शुल्क कुनै दातृ निकायबाट सहयोग हुने विद्यार्थीहरुका लागि उक्त शुल्क मिनाह गर्न सकिने बताएका हुन ।

निजी तथा आवासीय विद्यालय अगनाइजेशन प्याब्सनका नेपालका अध्यक्ष लक्ष्यबहादुर केसीले सरकार वा दातृ निकायले २४ करोड रुपियाँको व्यवस्था गर्ने हो भने विद्यार्थीको एक महिनाको शुल्क मिनाह गर्न सकिने बताउनुभो ।

उहाँले भन्नुभयो ‘हामीलाई शुल्क लिनु रहर होइन तर सरकार वा अन्य दातृ निकायले २४ करोड रुपियाँको जो गर्ने हो भने मिनाह दिन तयार छौं । भूकम्पले १४ जिल्लामा गरी ११५ विद्यार्थी र कर्मचारी र शिक्षक गरी २९ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

एन प्याब्सनको अध्यक्ष कर्णबहादुर शाहीले भूकम्प गर्दा १० देखि १५ प्रतिशत विद्यार्थी फेरी शहरका विद्यालयमा नर्फने गरी गाउँमा नै बसेको बताउनुभयो । विद्यार्थीहरुसँग एक महिनाको शुल्क लिन हामी बाध्य भएको भन्दै यसलाई ठूलो मुद्दा बनाउनु उपयुक्त नहुने बताउनुभयो ।

नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले आफूहरुले एक महिनासम्म बन्द रहेको विद्यालयको शुल्क नलिन आग्रह गरिसकेको बताउनुभयो । अझै पनि मिनाह गर्न सकिन्छ यसमा सबै पक्ष लचक बन्नुपर्ने उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी