पर्यटनलाई पुरानै अवस्थामा फर्काउन ‘भिजिट लुम्बिनी हेल्प नेपाल’ अभियान सुरु

पर्यटनलाई पुरानै अवस्थामा फर्काउन ‘भिजिट लुम्बिनी हेल्प नेपाल’ अभियान सुरु

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ,२१ जेठ ।
लुम्बिनी क्षेत्रका व्यवसायीहरुले ‘भिजिट लुम्बिनी हेल्प नेपाल’ अभियान सुरु गरेका छन । विनाशकारी भूकम्पपछि सुस्ताएको पर्यटनलाई पुरानै अवस्थामा फर्काउन सो अधियान नै लिएर व्यवसायीहरु थाइल्याण्डमा पर्यटन प्रबर्द्धनका लागि जाने भएका हुन ।

सिद्धार्थ होटल एशोसियसन नेपाल (सान लुम्बिनी)का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको नेतृत्वमा पर्यटन ब्यबसायी तथा संचारकर्मिको ११ सदस्यिय टोली भोली त्यसतर्फ प्रस्थान गर्दै छ ।

टोलीमा सानका बरीष्ठ उपाध्यक्ष बिष्णु गौतम, उपाध्यक्ष किशोर जोशी, कोषाध्यक्ष भोजेन्द्र खत्री सदस्यहरु निर्मल श्रेष्ठ, प्रबिण शाक्य, श्रीचन्द गुप्ता, संचारकर्मी मनोरञ्जन शर्मा, शंकर पाण्डे तथा फोटोग्राफर उमंग पन्त रहेका छन ।
सानले थाइल्यान्डको प्रशिद्ध साकेत बौद्ध बिहारमा आइतबार लुम्बिनी र बौद्ध क्षेत्रहरुको बृहत फोटो प्रदर्शनीको आयोजना गर्ने जनाएको छ । प्रर्दशनीमा सञ्चारकर्मी तथा लुम्बिनीको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रचारक चेतन पन्तद्धारा संग्रहित तस्बिर एबं वृत्तचित्र प्रदर्शनी हुनेछ ।

थाइल्यान्ड रहँदा नेपाली दूताबास, गैरआवासीय नेपाली, नेपाललाई मायाँ गर्ने थाइहरुसँग लुम्बिनीको पर्यटन प्रबर्द्धनमा सघाउन छलफल तथा अन्तरकृया आयोजना गरिने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी