पथरी (मोरङ) , २० जेठ ।
विराटनगर उप महानगर क्षेत्रमा नक्सापास नगरि बनाईएका दुईतले घर भत्काईने भएको छ । दुईतला भन्दा माथि बनाईएका घर विराटनगर उपमहानगरपालिकाले भत्काउने भएको हो ।
विराटनगर उप–महानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीका अनुसार उप महानगर क्षेत्रमा नक्सापास नगरि दुईतला भन्दा माथि घर निर्माण गरेको पाईएमा भत्काउन लागीएको हो ।
सरकारी निर्णय अनुसार विराटनगर क्षेत्रमा दुई तला भन्दा माथिको घर निर्माण वन्द गरिएको जानकारी दिदै रेग्मीले यसवारे वार्ड सचिवहरुको भेला चाँडै डाकीने वताउनु भयो । उपमहानगर क्षेत्रका २२ वटै वार्डका सचिवहरुको भेला वोलाई मापदण्ड विपरित निर्माण गरिएका भौतिक संरचना भत्काउनका लागि निर्देशन दिईने रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुुसार नक्सा पास भए नभएको मूल्यांकन गरि त्यसको जानकारी उपमहानगरलाई सचिवहरुले दिने छन । विराटनगरका अधिकांश घरहरु मापदण्ड विपरीत निर्माण गरेको पाईएको उप–महानगरपालिकाले जनाएको छ ।
कम्पाउण्ड वाल ४ फिटको वनाईनु पर्नेमा शतप्रतिशत वालहरु मापदण्ड वितरित पाईएको विराटनगर उप–महानगरपालीकाका ईन्जिनियर भरत न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्पूर्ण कम्पाउण्ड वालहरु पनि नगरपालिकाले भत्काउनु पर्ने छ । मापदण्ड विपरित वनाईएका भौतिक संरचना निर्माण गरेकालाई पूर्व सूचना दिईने अटेर गरे भौतिक संचरना भत्काउँदा लाग्ने सम्पूर्ण खर्च समेत नगरपालिकाले असुल गर्ने कार्यकारी अधिकृत रेग्मीको भनाई छ ।