ताजा काफल खानुस् कम हुन्छ गर्मी

ताजा काफल खानुस् कम हुन्छ गर्मी

  • बुधबार, जेष्ठ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

काफल पाक्यो , काफल पाक्यो ? अहिले गाउमा कोईलीले संकेत गर्दै होला । हो  गर्मी बढ्न थाले सगै काफल पाक्छ र काफल पाक्न शुरु भए पछि कोईलीले यस्तै शब्द गाउदै हिड्छ ।
अहिले गर्मीले तपाई हामी हैरान भएका छौं । तराई मात्र हैन काठमाण्डौंमै पनि ३४ डिग्री सम्मको तापक्रम हामीले सहनु परेको छ ।
गर्मीको मौसम भनेको उसै पनि धुप, पसिना जस्ता समस्याले सताउने कुरा हो । तर हामीलाई प्रकृतिले यो कटाउन विभिन्न उपहार दिएको छ । जस्तै यो समयमा हामी खरबुजा, तरबुजा, ऑप, बेल जस्ता विभिन्न फलफुलहरु पनि प्रकृतिले उपलव्ध गराएकै छ ।
अहिले हिमाली क्षेत्रमा पाईने काफल पनि मुख्य फल रहेको छ जसले गर्मी कटाउछ । यो चिसो र सेपिलो ठाउमा ठूलो रुखमा फल्ने सानो दाना हो । बेरी जस्तो देखिने काफलमा अनेकौ औषधीय गुण रहेको छ ।
दातुन बनाउने देखि लिएर धेरै चिकित्सकीय कार्यमा यसको प्रयोग भईरहेको छ भने यसको तेल, धुलो अनेकौ औषधीको रुपमा प्रयोग भइ रहेकै छ ।
आयुर्वेदमा कायाफलको रुपमा चिनिने यस काफलले बोक्रामा माईरीसीट्रीन एवं ग्लायकोर्साईड हुन्छ जसले एन्टी अक्सीडेन्टको काम गर्दछ ।
यसले शरीरमा अक्सिडेटिव तनाव कम गर्नुका साथै क्यान्सर, स्ट्रोक जस्ता खतरनाक रोगलाई कम गर्दछ ।
गर्मी कम महसुस गराउनुका साथै विभिन्न रोग प्रतिरोधी क्षमताको वृद्धि पनि काफलले गर्छ ।

काफल खानाले भोक समेत कम हुन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी