कक्षा १२ को परीक्षा सुरु

कक्षा १२ को परीक्षा सुरु

  • बुधबार, जेष्ठ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ, २० जेठ ।

उच्च माध्यामिक शिक्षा परिषदले ६८ जिल्लामा कक्षा १२ को परीक्षा आज देखि सुरु भएको छ । वैशाख १२ को भूकम्पका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा आज २० गतेदेखि जेठ ३१ गतेसम्म र कक्षा ११ को परीक्षा असार १ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने छ ।

यसअघि परिषदले कक्षा १२ को परीक्षा गएको वैशाख २० गतेदेखि ३१ गतेसम्म र कक्षा ११ को परीक्षा जेठ १ गतेदेखि १२ गतेसम्मका लागि तोकेको थियो ।

भूकम्पका कारण परीक्षा एक महिनापछि सारेको हो । कक्षा ११ र १२ को परीक्षामा ३ लाख ३६ हजार ६५६ जना छात्र र ३ लाख ३६ हजार ८८ जना छात्रा गरि कूल ६ लाख ७२ हजार ७ सय ४४ जनाको सहभागीे छन् ।

परीक्षाका लागि ८ सय ४६ वटा परीक्षा केन्द्र, ८ सय ४६ जना केन्द्राध्यक्ष, १ हजार ६९ जना सहायक केन्द्राध्यक्ष, ९ सय १३ जना पर्यवेक्षक, ९ हजार ७ सय ६१ जना निरीक्षक, ८ सय ४६ जना कर्मचारी, १ हजार ६ सय ९२ जना कार्यालय सहयोगी र १० हजार ९ सय ९८ जना सुरक्षाकर्मी खटिने भएका छन् ।

परिषदले भूकम्पबाट अतिप्रभावित ७ जिल्लाहरु गोरखा, धादिङ नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा भने सम्बन्धित जिल्लाका परीक्षा समन्वय समितिसँग छलफल गरी पछि सञ्चालन गरिने नियन्त्रक अर्यालले बताउनुभयो ।

परीक्षा स्थगित गरिएको ७ जिल्लामा कक्षा १२ मा ८ हजार ९ सय ५ जना छात्र, १४ हजार ५४ जना छात्रा गरी २२ हजार ९ सय ५९ जना परीक्षार्थी र कक्षा ११ मा ९ हजार ४ सय ५१ जना छात्र र १४ हजार ३ सय ९ जना छात्रा गरी कूल २३ हजार ७ सय ६० जना परीक्षार्थी रहेका छन् । ती जिल्लाका लागि परिषदले ७६ वटा परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

काठमाडौं उपत्यकामा अध्ययन गर्ने तर प्रभावित जिल्लामा घर भएका परीक्षार्थीलाई छुटेको परीक्षा पछि ७ जिल्लामा सञ्चालन हुने परीक्षाको समयमा दिन पाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी परीक्षामा अमर्या्दित कार्य गर्ने व्यक्तिलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । कम श्रवणशक्ति भएका, दृष्टिबिहिन वा सुस्त मनस्थिति भएका वा अन्य प्रकृतिका अपांगता भएका परीक्षार्थीलाई कक्षा १० सम्म अध्ययन गरेको व्यक्तिबाट परीक्षा दिन सक्ने व्यवस्था गर्नुका साथै एक घण्टा समय थप गर्ने भएको छ ।

परिषदले परीक्षा सञ्चालन हुने अबधीमा परीक्षार्थीको स्वास्थ्यमा आउन सक्ने असरलाई ध्यानमा राख्दै भूकम्प प्रभावित उपत्यकाको तीन जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरका लागि चिकित्सक सहितको एम्बुलेन्स र मोबाइलको व्यवस्था गरेको  छ ।

परिषदका उपाध्यक्ष चैतन्य शर्माका अनुसार २ जना डाक्टर, १ जना नर्स, आवश्यक प्राविधिक सामाग्री र औषधि समेत रहने गरी उपत्यकामा उद्धार मेडिकल टिम सहितको तीन वटा एम्बुलेन्स परिचालन गरिएकोे बताउनुभयो । परीक्षार्थीको स्वास्थ्य समस्या आउने बित्तिकै एम्बुलेन्स मै उपचार गर्ने व्यवस्था गरिएको छ ।

परिषदका सदस्य सचिव डा.कोईरालाले भूकम्पका कारण एक महिना ढिला परीक्षा सुरु भएपनि परीक्षाफल भने निर्धा्रित समयमै प्रकाशित गरिने बताउनुभएको छ ।

विद्यार्थीको एकवर्ष खेर जान नदिने बताउँदै उहाँले अन्तर्रा्ष्ट्रिय शैक्षिक क्यालेण्डरलाई मिल्ने गरी विज्ञानको परीक्षाफल दुई महिना भित्र र अन्य संकायको भने भदौ पहिलो सातासम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी