काठमाडौ, १९ जेठ ।
निजी विद्यालयका संचालकहरुले महाविपत्तिको बेला चर्को शुल्क असुल्न थालेको भन्दै विद्यार्थी संगठनहरुले गम्भिर आपत्ति जनाएका छन् ।
गत बैशाख १७ गते मन्त्रालय र विद्यार्थी संगठनहरुबीच शुल्क बृद्धि रोक्ने लगायतका विषयमा दशबुदे सहमतिको उल्लघंन गर्दै अनेक बहानामा शुल्क अशुल्न थालेको प्रति संगठनहरुले विरोध जनाएका हुन ।
नेवि संघका प्रबक्ता युपी लामिछानेले विद्याथीृहरु आजै संयुक्त रुपमा बैठक बसेर विद्यालय संचालकहरुको क्रियाकलाप विरुद्ध उत्रिने चेतावनी दिनुभएको छ ।
प्रवक्ता लामिछानेका अनुसार महाविपत्तिको फाइदा लिएर निजी विद्यालय संचालकहरुले विद्यार्थीहरुसँग सवारी भाडा, पुस्तकालय, अतिरिक्त क्रियाकलाप, घरबहाल, शिक्षकको तलब लगायतका शिर्षकमा चर्को शुल्क असुल्न थालेका छन् ।
यता विद्यालय संचालकहरुले भने विनाशकारी महाभूकम्प पछि आफूहरुले ठूलो क्षति व्यहोर्नु परेको भन्दै सरकारको ध्यानआकर्षण गराएको जनाएका छन् ।