जेष्ठ १८ काठमाण्डौं ।
काठमाडौमा आज दिनभर तीन वर्ष यताकै सर्वा्धिक गर्मी भएको छ । आज राजधानीमा अधिकतम तापक्रम (३३.५ डिग्री सेल्सियस) रेकर्ड भएको छ । मौसमविद्का अनुसार यो तीन वर्ष यताकै सबैभन्दा बढी हो।
यसअघि सन् २०१४ मा अधिकतम तापक्रम ३३.२ तथा २०१३ मा ३३.४ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। सन् २०१२ मा भने ३५.२, २०११ मा ३२.४ डिग्री सेल्सियस थियो।
नेपाल भित्रिने मनसुन ढिलो हुने भएपछि अझै केही साता गर्मी सहनुपर्ने छ। केही सातादेखि देशैभरी बढेको तापक्रम तत्काल घट्ने कुनै संकेत नभएको मौसमविद् बताउाछन्। वायुमण्डलीय तापमान बढ्ने क्रम नरोकिएका कारण जेठको तेस्रो सातामै समौसमविद्हरूले यो वर्ष अझै तापक्रम माथि उक्लिन सक्ने अनुमान गरेका छन्।
पश्चिम तराईमा तातो हावाका कारण त्यहा‘ाको जनजीवन नै अस्तव्यस्त भएको छ। सर्वसाधारणको दैनिकी समेत गर्मीले प्रभावित भएको छ।