काठमाण्डौ, १८ जेठ ।
काठमाडौंको नाङलेभारे ढकाल बस्तीका बासिन्दाले तत्काल सुरक्षित स्थानमा सारिदिन आग्रह गरेका छन् । वैशाख १२ भूकम्प र त्यसपछिका परकम्पका कारण बस्ती रहेको स्थानमा चिराचिरा परेपछि स्थानीय बासिन्दाले सुरक्षित स्थानमा सारिदिन आग्रह गरेका हुन् ।
हाल शंकरापुर नगरपालिकाको वडा नम्बर १ र २ मा पर्ने ५० भन्दा बढी परिवारको बसोबास रहेको ठाउा नै जोखिममा परेको छ । यसअघि पनि पहिरोको कारण जोखिममा रहेको बस्ती भूकम्पपछि बस्नै नहुने गरी ठाउा ठाउामा चिरिएको छ ।
स्थानीय बासिन्दाले सुरक्षित स्थानको खोजी गरेर अन्यत्र सारिदिन जिल्ला दैविक प्रकोप उद्धार समितिलाई जानकारी गराए पनि ठोस रुपमा काम नभएको पीडितले गुनासो गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline