पुननिर्माण र पुनस्थापनाको कार्यक्रम बजेटमै ल्याउन अर्थविदको सुझाव

पुननिर्माण र पुनस्थापनाको कार्यक्रम बजेटमै ल्याउन अर्थविदको सुझाव

  • सोमवार, जेष्ठ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

जेष्ठ १८ काठमाण्डौं ।

पूर्व अर्थमन्त्री एवं अर्थविदहरुले भूकम्पबाट प्रभावित क्षेत्रको पुननिमार्ण र पुनस्थापनाका लागि बजेटमै संवोधन हुनु पर्नेमा जोड दिएका छन् ।
मिडिया ईन्टरनेस्नलले गरेको नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचीत कार्यसमितिलाई बधाई ज्ञापन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविदहरुले राष्ट्रिय सरकार बनाउने हो भने बजेट भन्दा अघि नै सहमति हुनु पर्ने सुझाव पनि दिएका छन् ।

पूर्व अर्थमन्त्री एवं एमाले नेता भरत मोहन अधिकारीले राष्ट्रिय सहमतिको सरकार बनाएर भूकम्प पीडितको पुनर्वास र पुनस्र्थापनाको काममा अघि बढ्नु पर्ने बताउनु भयो ।

उहाले सरकारले सहमतिमा प्राधिकरण बनाएर फाष्ट ट्रयाक बनाएर काम गर्नु पर्ने बताउनु भयो ।

अधिकारीले भूकम्पले पुऱ्याएको क्षतिको पुर्ण विवरण नै नआई दातृ निकायको सहयोग माग्नु हतारो हुने भन्दै भौतिक संरचनको पुननिमार्णका लागि १० खर्ब रुपैयाको खाचो पर्ने बताउनु भयो ।

पूर्व अर्थमन्त्री शकर कोईरालाले आगामी बजेटमा सीमा नतोकी पुनस्थापना र पुनर्वासको कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउन आवस्यक रहेको बताउनु भयो ।

उहाले स्कुल, सडक, अस्पताल, कृषि, जलविद्युत र पर्यटन क्षेत्रलाई बजेटले महत्व दिएर कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।
साथै चालु योजनाहरुलाई पनि बजेटले छाड्न नहुने कोईरालाको सुझाव छ ।

पूर्व अर्थराज्य मन्त्री एवं एमाओवादी नेता हरी खेवाले सबै दल र नेताहरु एकजुट भएर अघि नबढे सम्म विकास संभव नहुने बताउनु भयो ।

पूर्व गभर्नर डा. तिलक रावलले वैदेशिक सहयोग जति आउछ सबैलाई स्वीकार गरेर भूकम्प पीडितको पुनर्वास र भौतिक संरचनाको पूननिमार्णका लागि खर्च गर्नु पर्ने बताउनु भयो ।

उहाले घर बनाउने मान्छेलाई सहुलियत कर्जा दिने कुरा आवस्यक भए पनि कृषि क्षेत्रलाई पनि सहुलियत कर्जा र क्रृण दिएर अर्थतन्त्र अघि बढाउनु पर्ने बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले लाखौको संख्यामा विदेशिएका युवाहरुलाई स्वदेशमै रोजगारी दिन देशमा उद्योग धन्दाहरु खोलनु पर्ने बताउनु भयो ।
उहाले भूकम्प पीडितको पुनस्थापनाका लागि अस्थायी र स्थायी रुपमा छुट्याएर लैजानु पर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी