चितुवाको हड्डी र छाला सहित एकजना पक्राउ

चितुवाको हड्डी र छाला सहित एकजना पक्राउ

  • सोमवार, जेष्ठ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

बैतडी , १८ जेठ ।

चितुवाको हड्डी र छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायव निरिक्षक बिरेन्द्र जोहारीको नेतृत्वको क्षेत्रिय अनुसन्धान टिम महाकालीले सुचनाको आधारमा सिगास–४ का ४१ बर्षिय दानसिंह धामीलाई पक्राउ गरिएको हो ।

हिजो सिद्धपुर–४ पल्लो हतासमा ७ फिट ९ ईन्च लम्बाई र ४ फिट ११ इन्च चौडाई भएको एक थान छाला र ४ किलो ८ सय ग्राम चितुवाको हड्डी सहित धामीलाई पक्राउ गरिएको प्रहरि नायब निरीक्षक जोहारीले बताउनु भयो ।

बरामद गरिएको छाला र हड्डी सहित धामीलाई आवश्यक कार्वाहीको लागि जिल्ला बन कार्यालयमा बुझाइएको छ ।

पक्राउ परेका धामीलाई राष्ट्यि निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को विरुद्धको अपराध अनुसार कार्वाही गरिने जिल्ला बन कार्यालयका निमिक्त जिल्ला बन अधिकृत अमर बुलनले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी