काठमाण्डौ, १७ जेठ ।
विनाशकारी भूकम्पबाट पर्यटन क्षेत्रमा भएको भौतिक क्षतिपछि पर्यटकको चहलपहल घटेर राजधानीका अधिकांश ठूला तारे होटल रित्तिन थालेका छन् ।
पर्यटकका भरमा चल्दै आएका कतिपय तारे होटललाई भूकम्पपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा आएको कमीले कर्मचारीलाई तलब खुवाउन समेत कठिनाइ भएको छ ।
भूकम्प र त्यसपछिका पराकम्पले पर्यटक आगमनमा कमी आएको छ । तारे होटलमा हुने कार्यक्रम, गोष्ठी, तालिम ठप्प छन् । वैशाख र जेठमा हुने विवाह, व्रतबन्धका भोज पनि बन्द हुादा यस्ता होटल थप मारमा परेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline