काठमाडौं १७ जेठ ।
विनाशकारी भूकम्प पछि करिब एक महिना बन्दा रहेका विद्यालयहरु आजबाट सन्चालनमा आए ।
यद्यपी अधिकांश विद्यालयहरुमा विद्यार्थीहरुको उपस्ििथति न्युन रहेको थियो । बन्द विद्यालय आजबाट सञ्चालन गरिए पनि पठनपाठन हुन भने केही समय लाग्ने भएको छ । बालबालिकामा भूकम्पको त्रासदी कायमै रहेकाले त्यसबाट मुक्त गराउन केही दिन मनोरञ्जनात्मक तथा मनोपरामर्शका कक्षाहरु सञ्चालन गर्ने विद्यालयहरुको योजना छ ।
भूकम्पका कारण बन्द रहेको विद्यालय जेठ १ गतेदेखि सञ्चालन गर्ने तयारी भइरहादा वैशाख २९ को अर्को शक्तिशाली पराकम्पले गर्दा सरकारले थप १५ दिनका लागि विद्यालय बन्दको घोषणा गरेको थियो ।
देशभरका १९ हजार कक्षाकोठा भूकम्पका कारण पूर्ण रूपमा ध्वस्त भएका छन् । भने करिब पााच हजार कक्षाकोठामा आंशिक क्षति पुगेको छ । विद्यालयमा राखेर विद्यार्थीलाई पढाउन सक्ने अवस्था नभए पनि स्थिति सामान्य बनाउन भन्दै विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
यस्तै हरियो स्टिकर लागेको भवनमा मात्र विद्यार्थीहरुलाई राख्न विद्यालय प्रशासनलाई निर्देशन दिएको शिक्षा विभागका निर्देशक खगेन्ऽ नेपालले जानकारी दिनु भयो ।
विद्यालय खुलेपछि अवस्था धेरै सहज बन्दै जाने उहाको भनाई छ । भूकम्पबाट अति प्रभावित गोरखा, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लाका उत्तरी भेगका विद्यालय ध्वस्त भएका छन् ।
बस्ती नै सखाप भएका गाउाका विद्यालय सञ्चालन गर्ने विषयमा भने अन्योलता उत्पन्न भएको छ ।