राजधानीमा सरुवा रोगको प्रकोप बढ्ने खतरा

राजधानीमा सरुवा रोगको प्रकोप बढ्ने खतरा

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

भूकम्पपछि काठमाडौमा सरुवा रोगको प्रकोप बढ्न सक्ने महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बताएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा जापानिज इन्सेफलाईटिस, डेंगु जस्ता रोगको महामारी फैलन सक्ने बताएको हो ।

महाशाखाले भूकम्प पछिको काठमाडौंमा अव्यवस्थित बसोबास र फोहरको कारण जापानिज इन्सेफलाईटिस, डेंगुका भाइरसलाई फैलने पर्याप्त वातावरण बनेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा महाशाखा प्रमुख बाबुराम मरासिनीले काठमाडौंमा जापानिज इन्सेफलाईटिस र डेंगु अनि काठमाडौं वरिपरिका क्षेत्रमा पशुबाट मानिसमा सर्ने रोगको संक्रमण दर बढिरहेको बताउनुभयो ।

काठमाडौं उपत्यका जापानिज इन्सेफलाईटिस उच्च जोखिममा रहेको छ भने डेंगुको संक्रमण पनि उच्च दरमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी