राहतमा भएको अनियमिताबारे जिज्ञासा राख्नेमाथि काग्रेस कार्यकर्ताले गरे कुटपिट

राहतमा भएको अनियमिताबारे जिज्ञासा राख्नेमाथि काग्रेस कार्यकर्ताले गरे कुटपिट

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, १७ जेठ ।
राहत वितरणमा भएको अनियमिताका बिषयमा प्रश्न गर्ने माथि नेपाली काग्रेसका कार्यकर्ताले निर्घात कुटपिट गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन जारी रहेको समयमा नेपालि कांग्रेसका कार्यकर्ताले प्रश्नकर्तालाइ निर्घात कुटपिट गरेका हुन् ।

अर्थमन्त्री डा रामशरण महतका स्वकीय सचिव (पिए) रमेश महतले भूकम्प पीडितका लागी वितरण गर्न लगीएको जस्तापातामा अनियमिता गरेको बिषयमा प्रश्न गर्दा कृष्ण बोहरालाई काग्रेस कार्यकर्ताले प्रश्न गर्दा कुटपिट गरेका हुन् ।

पीडितका लागि नुवाकोट लगिएको जस्तापाता अर्थमन्त्रीका पिए महतले दुरुपयोग गरेकोबारे प्रस्टिकरण दिन पत्रकार सम्मेलनको आयोजना गर्नुभएके थियो ।

अनियमतिाको बिषयमा बोहराले जिज्ञासा राखेपछि बोहोरालाई नेपालि कांग्रेस कार्यकर्ताले कुटपिट गरेका थिए । कार्यकर्ताले बोहरालाई लछारपछार पार्दै कुटपिट गरेपछि पत्रकार सम्मेलन नै स्थगीत भयो ।
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमालाले ‘पत्रकार सम्मेलनमा सहभागीमाथि कुटपिट भएको भन्दै त्यो गलत भएको बताउनु भयो ।
उहाले ‘यस किसिमका घटनाको हामी भत्सर्ना गर्दछौं। कुटपिट हुनु हुँदैन भन्ने हाम्रो मान्य हो ।’ कुटाइ खाने बोहोरा एमाओवादी कविलास गाउँ अध्यक्ष हुन्।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले नुवाकोटका ६ वटा गाविसका भूकम्पप्रभावित विद्यालयलाई बाँड्न पठाएको जस्तापाता सम्बन्धितलाई नदिई बेच्न खोजिएको भन्दै स्थानीयले थानसिङ–१, छहरेमा रोकेका हुन्। नेपाल इन्भेस्टमेन्ट बैंकको छाप लागेको जस्तापाता शुक्रबार रमेश महतको कविलास–७, स्थित घरबाट ट्रिपरमा लोड गरिएको थियो।
लोड गरिएका ती ट्रक काठमाडौं ल्याउन खोजिएको थियो। भूकम्प पीडितका लागि आएको जस्तापाता काठमाडौं फर्काउन लागेको थाहा पाएपछि स्थानीयले ट्रिपर रोकेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी